ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई

News Desk by News Desk
४:२१ मध्यान्ह, जेष्ठ १०, २०८१
पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई
418
सेयर
402
VIEWS
ShareTweetSendShare

काठमाडौँ जेठ १० गते ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले पार्टीको कुनै पनि गतिविधि नरोकिने बताएका छन् । बिहीबार महासचिव राईले एक विज्ञप्ति जारी गरी पार्टीका कुनै पनि गतिविधि नरोकिने बताएका हुन् ।

सर्वोच्च अदालतबाट अर्को आदेश नआएसम्म निर्वाचित जनप्रतिनिधिको बाँकी सनाखत गर्ने काम अल्पकालीन अन्तरिम आदेशबाट तत्काललाई रोकिएको बताउँदै राईले बाँकी काम गर्न सकिने बताए ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘जनता समाजवादी पार्टीले दलको सङ्गठन गर्ने, भेला हुने, दलमा आबद्ध हुने, राजनीतिक दलका तर्फबाट शान्तिपूर्ण सभा सम्मेलन गर्ने जनताको संवैधानिक हकको प्रचलनमा कुनै बाधा नपर्ने हुँदा यस राजनीतिक दलका सम्पूर्ण कार्यहरू सुचारु गरिरहन सबैमा जानकारीका लागि अनुरोध गर्दछु ।’

जसपामा समर्थन गरी सनाखत गरेका जनप्रतिनिधिहरूको पक्षधरता यथावत् कायम हुने समेत सो पार्टीले दाबी गरेको छ । महासचिव राईले रातोपाटीसँग कुरा गर्दै भने, ‘सर्वोच्च अदालतले दल दर्ताको थप प्रक्रिया अगाडि नबढाई पार्टीलाई यथास्थितिमा राख्न भनेको छ तर त्यो पार्टीबाट कुनै पनि गतिविधि नगर्नु नगराउनु भनेको छैन, त्यही भएर हामीले पार्टीका गतिविधिहरू अगाडि बढाएका छौँ ।’

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को मुद्दा दायर गरेर जनतामा भ्रम छर्ने काम गरेको समेत उनले बताएका छन् । राईले सातजना सांसद जसपाको होइन भने कुरा सर्वोच्च अदालतको अल्पकालीन आदेशमा नभएको र पुनः त्यसले विश्वासको मत दिन नपाउने भनी कसरी र किन रिट दायर गरेको भन्दै प्रश्न समेत गरेका छन् ।

जनता समाजवादी पार्टी संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगले नै सोसम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।

सोहीअनुसार निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई जसपा गठन हुनुभन्दा अघि जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यहरूलाई नयाँ दल गठन भएको एक्काइस दिनभित्र सनाखत गराउन पनि भनेको छ ।

ADVERTISEMENT

त्यस्तै सर्वोच्च अदालतले पार्टीलाई यथावत् अवस्थामा राखी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । यी सबै कुरालाई प्रभावित पार्ने गरी जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेकोप्रति महासचिव राईले आपत्ति समेत जनाएका छन् ।

सङ्घीय संसद् सदस्यलाई संसदीय गतिविधि सञ्चालन गर्न कुनै रोक अदालतले कुनै नलगाएको बताउँदै उनले अदालतमा विचाराधीन रहेको यस अघिको रिट संयुक्त इजलासमा बसेको र समय अभावका कारण इजलास नबसेकाले सुनवाइ हुन नसकेको उनले बताए ।

Share177Tweet101SendShare
Previous Post

सिक्टा सिंचाइ आयोजना निर्माणको काम कछुवा गति

Next Post

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

प्रेस युनियन स्थापना दिवस : शिविर र फुटसल गरिदैं

प्रेस युनियन स्थापना दिवस : शिविर र फुटसल गरिदैं

बालविवाह अन्त्यका लागि बरघरहरुसँग साझेदारी

बालविवाह अन्त्यका लागि बरघरहरुसँग साझेदारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?