ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अनुसन्धानमा खटिएका घुमुवा प्रहरी असुली धन्दामा : एउटा कामका लागि परिचालन, अर्कै काम गर्दै, तस्करसँग हप्ता असुल्दै

News Desk by News Desk
३:५९ मध्यान्ह, जेष्ठ २७, २०८१
अनुसन्धानमा खटिएका घुमुवा प्रहरी असुली धन्दामा : एउटा कामका लागि परिचालन, अर्कै काम गर्दै, तस्करसँग हप्ता असुल्दै
790
सेयर
777
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
गृहमन्त्री रवि लामिछाने र प्रहरी प्रधान कार्यालयको निर्देशन विपरित बाँकेमा सादा पोशाकमा घुमुवा प्रहरी परिचालन गरिएको छ । अपराध अनुसन्धानका लागि भन्दै बाँके प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीहरु असुली धन्दामा लागेका छन् । यी घुमुवा प्रहरीहरुका कारण बाँकेमा तस्करी मौलाएको छ । घर खर्चका लागि ल्याउँदै गरेका सर्वसाधारणको सामान खोसेर यी घुमुवा प्रहरीले बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीलाई तस्करीको सामान बरामद गरेको भन्दै झुक्याउने गरेको खुलासा भएको छ ।

थोरै थोरै सामान खोसेर राख्ने र एककठा पारेर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुखलाई बुझाउने गरेको स्रोत बताउँछ । बाँके प्रहरी प्रमुख कार्कीले अरबी खाँ लगायत बाँकेमा भएका ठूला घटनाको अनुसन्धान गर्न परिचालन गरे पनि ति घुमुवा प्रहरीहरु नाकामा जाने र घर खर्चका लागि सर्वसाधारणले ल्याउँदै गरेको सामान खोसेर राख्ने गरेको खुलेको छ ।
ठूला तस्करहरुसँग लाइन लिएर उनीहरुले सर्वसाधारणलाई सास्ती दिँदै आएपछि जनगुनासो बढेको छ । ‘अपराध अनुसन्धानका लागि भनि खटाइएका घुमुवा प्रहरी असुली धन्दामा लागेको देख्दा अचम्म लागेको छ,’ एक प्रत्यक्षदर्शीले भने ।

प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा घुमुवा प्रहरी नराख्न सात वटै प्रदेशका प्रहरी प्रमुखलाई निर्देशन दिए लगतै लुम्विनी प्रदेश प्रहरीले बाँके प्रहरीलाई घुमुवा प्रहरी नराख्न र राख्नै परे सोको कारण खुलाउन र घुमुवा प्रहरीको नाम एक घण्टामा पठाउन निर्देशन समेत दिएको थियो । तर, बाँके प्रहरीले गृहमन्त्री, आइजिपी र प्रदेश प्रहरी प्रमुखको निर्देशनलाई लत्याउँदै घुमुवा प्रहरी परिचालन गरेको छ । अनुसनधानका लागि परिचालन गरिएका घुमुवा प्रहरीले आफ्नो दायित्व विर्सेर अशुली धन्दामा लागेका छन् । यी घुमुवा प्रहरी यसअघि पनि परिचालन भएका थिए । ‘पहिलेदेखि कमाउ धन्दामा लागेकाहरुलाई फेरि परिचालन गर्दा बाँके प्रहरीको बदनाम भइरहेको छ । अनुसन्धानभन्दा घुमुवा प्रहरीहरु नाकामा बसेको देखिन्छ,’ स्थानीयले भने, ‘घुमुवा प्रहरीको काम अशुली धन्दा भएको छ । यसले सर्वसाधारणलाई सास्ती भएको छ नै बाँके प्रहरी प्रमुखको बदनामसमेत भएको छ ।’

दैनिक खर्चका लागि सामान ल्याउनेलाई तर्साउने, सामान खोस्ने र अपशब्द प्रयोग गरि होच्याउने, गिज्याउन समेत यी घुमुवा प्रहरीको दैनिकी बनेको छ । ‘आफ्नो हाकिमलाई खुसी बनाउन साइकलमा ल्याउँदै गरेको सामान खोस्ने र भण्डारण गरि बुझाउने काम बाहेक अरु केहि भएको छैन,’ स्रोतले भन्यो । घुमुवा प्रहरीले सामान हेरेर ५ देखि १० हजार रुपैयाँसम्म लिएर तस्करको सामान छाड्ने गरेका छन् । ‘ती घुमुवा प्रहरीले ठूला तस्करहरुबाट मोटो रकम लिएर छाड्ने र सानालाई सास्ती दिइरहेका छन्,’ एक पीडितले भने ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २१ बिर्ताका अरबी खाँ हत्या घटनाको अनुसन्धान गर्न प्रहरी हवल्दार अतिस खान, प्रहरी सहायक हवल्दार राम सुमन चौधरी, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान बिनोद केसी र प्रहरी जवान वीरबहादुर ताउलेलाई परिचालन गरेको थियो । योे प्रहरी टोली अनुसन्धानका लागि बिर्तामा कहिले काँहीमात्र पुग्ने गरेको पीडित परिवारका सदस्य बताउँछन् । ‘अनुसन्धानका लागि खटिएको प्रहरी टोली हत्या घटनाको अनुसन्धानभन्दा नाकामा पुगेर तस्करसँग मोटो रकम असुल्न ब्यस्त छ,’ परिवारका एक सदस्यले भने, ‘अनुसन्धानमा खटिएको प्रहरीको लापरबाहीले अहिलेसम्म हत्यामा संलग्न फेला पर्न नसकेको हाम्रो ठम्याई छ ।’

अनुुसन्धान टोलीको नाइके अतिस खानले आफू मातहतका प्रहरीलाई नाकामा पठाउने र तस्करबाट रकम असुल्ने काममा लगाउने गरेको स्रोत बताउँछ । खान आफूसँगै रहेका प्रहरीलाई बिर्ताभन्दा नाकामा जान निर्देशन दिने गरेको खुल्नमा आएको छ ।

ADVERTISEMENT
Share324Tweet194SendShare
Previous Post

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

Next Post

मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ

मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ

नक्कली नोटसहित दुई जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ

आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै

आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?