ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डुबानकाे त्रासमा तराई : कतिवेला वास उठ्छ थाहा छैन

News Desk by News Desk
३:३९ मध्यान्ह, असार १६, २०८१
डुबानकाे त्रासमा तराई : कतिवेला वास उठ्छ थाहा छैन
435
सेयर
417
VIEWS
ShareTweetSendShare

महोत्तरी असार १६ गते ।
देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै खोला र नदीहरूमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन्। चुरे शृंखलाबाट निस्कने खोलाहरूमा बालुवा र गेग्य्रान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका बासिन्दा डुबान र कटानबाट हुन सक्ने सम्भावित क्षतिबाट त्रसित बनेका हुन्।

‘ऊ हेर्नोस् न, खोलामा बालुवा थुप्रिएर पुल बराबरजस्तो भइसक्यो,’ पूर्व–पश्चिम राजमार्गको जिल्लामा पर्ने जंघा खोलाको पुलनजिक देखाउँदै बर्दिबास– ८ खजुरियाटोलका विश्वराज आले भन्छन्, ‘यही अवस्था रहे त हाम्रो बस्तीमा पानी पस्न ठूलो बाढी पनि चाहिँदैन । यस वर्ष भारी वर्षा हुने मौसमविद्हरूको भनाइ सुन्दा ठूलै बाढी आई कतिवेला बस्ती नै उठ्ने हो थाहा छैन।’ बर्खामा आउने खोलाको बाढीले चुरे पहाड र खोल्साखोल्सीको गेग्य्रान नदी सतहमा थुप्रिँदै जाँदा अहिले कैयौँ बस्ती खोलाको सतहभन्दा गहिरोमा परेका छन्।

जिल्लाका जंघा, बेलगाछी, मरहा, टुटेश्वर, ढोलनखोला र खयरमारासहितका खोला अहिले बालुवा थुप्रिएर उँचा हुँदै गएपछि बस्ती डुबानको जोखिममा परेका सर्वसाधारणको चिन्ता बढेको हो। ‘हेर्दाहर्दै  खोला माथि देखिन थाल्यो, कसैलाई चिन्ता छैन,’ राजमार्ग क्षेत्रमै बेलगाछी, मरहा र ढोलन खोलामा थुप्रिएको बालुवा देखाउँदै गौशाला– ८ बेलगाछीका मीन रहपाल भन्छन्, ‘हामीकहाँ नपरी नचेत्ने बानी परेको छ, क्षति हुन थालेपछि दौडधुप गर्ने।’

यी नदीहरूको व्यवस्थापन गर्नु जरुरी भएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको निष्कर्ष छ । प्रजिअ गेलाल भन्छन्, ‘धेरैजसो नदी नजिकका बस्तीभन्दा उँचो भएका छन्, राजमार्गनजिक खोलामा बालुवा र गेग्रान थुप्रिँदै गएको छ, यसको समुचित व्यवस्थापन आवश्यक देखिन्छ।’ राजमार्ग दायाँबायाँको पाँच सय मिटर क्षेत्रको संरक्षणको मुख्य जिम्मा भएको सडक विभाग, वनसम्बद्ध कार्यालय र सम्बद्ध स्थानीय तहको निर्णायक पहल हुनुपर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

कतिपय खोलामा पूर्व–पश्चिम राजमार्गका पुल बराबरजस्तो बालुवा, गेग्रानको थुप्रो छ, कैयन बस्ती अहिलेको खोला सतहभन्दा तल रहेका छन् । जिल्लामा कतिपय ठाउँमा मापदण्डको अटेर गर्दै उत्खनन गरिएको र कतिपय नदीमा थुप्रिएको बालुवा, गेग्रानको उचित व्यवस्थापन नगरिँदा जोखिम बढेको छ । गेलाल भन्छन्, ‘नदीसहितका प्राकृतिक सम्पदाको संरक्षण र उपयोगको नीति अवलम्बन गर्ने मुख्य जिम्मेवारी स्थानीय तहको हो भने वनसम्बद्ध कार्यालय र सडक विभागले यस कार्यमा तदारुकता देखाउन आवश्यक छ ।’ खासमा बालुवा, गेग्रान थुप्रिएको ठाउँमा उत्खननका स्थापित नियम, कार्यविधि, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विज्ञहरूको सुझावको पालना गर्दै यसको व्यवस्थापन जिम्मेवार निकायले गर्नुपर्ने हुन्छ।

रातु नदीमा अनियन्त्रित उत्खननले तटबन्ध, सडक, पुलपुलेसा, जलाधार क्षेत्र र बस्तीहरू बाढीको जोखिममा परेका छन् । रातु नदीमा बढेको अनियन्त्रित उत्खननविरुद्ध बर्दिबासका अधिकांश राजनीतिक दलले सर्वोच्च अदालतमै रिट दायर गरेका छन् । अनियन्त्रित उत्खनन रोकेर यसलाई प्रचलित कानुन, विधि, प्रक्रिया र यसका लागि निर्धारित मापदण्डको पूर्ण परिपालना गर्न–गराउन रिटमार्फत माग गरिएको निवेदकमध्येका नेपाली कांग्रेस महासमिति सदस्य बर्दिबास– १४ का बासिन्दा चिरञ्जीवी हमाल बताउँछन्। दलहरूको सो रिट अहिले अदालतमा विचाराधीन छ । यद्यपि, अन्तिम निर्णय नआउन्जेल रातु नदीको उत्खनन हाललाई रोक्न अदालतले प्रारम्भिक आदेश दिएको निवेदकमध्येका नेकपा ९एमाले० मधेस प्रदेश कमिटी सदस्य शंकर महतोले बताए। जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि यस्तो आदेश आएको पुष्टि गरेको छ।

खासगरी बर्दिबासमा रातु नदी उत्खननको विषय सधैँजसो विवादित रहँदै आएको छ । रातुको अनियन्त्रित उत्खनन नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीकै जोडबल र राजनीतिक हैसियतको दुरुपयोगबाट हुने गरेको दलका प्रतिनिधिको कडा आरोप छ । अहिले नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, रास्वपा, जनमत, लोसपा नेपाल र जसपा नेपालसहित बर्दिबासका राजनीतिक दलका प्रतिनिधिले नगर क्षेत्र हुँदै बग्ने नदीहरूको कुशल व्यवस्थापनको सट्टा रातु खोलामा ठूला खाल्डा बनाएर नदी क्षेत्र कुरूप बनाउँदै लगिएको आरोप लगाउँदै आएका छन्।

ADVERTISEMENT

नदीजन्य वस्तु उत्खननका स्थापित नियम र विधि भए पनि त्यसको पालना नभएपछि समस्या बढेको नेकपा ९माओवादी केन्द्र०का जिल्ला इन्चार्ज बर्दिबास–१ का बासिन्दा राजु खड्काको गुनासो छ । बर्सेनि खोलामा थुप्रिने बालुवा, गेग्रान दुवै किनारतर्फ निश्चित नाप छाडेर बहाव क्षेत्रमा तीन फिट गहिरोसम्म खनेर निकाल्न सकिने व्यवस्था छ । उत्खनन गर्नुपूर्व अनिवार्य रूपमा विज्ञको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अध्ययन गरेर त्यसको परिपालना गर्दै अघि बढे कतै समस्या नआउने नेता खड्का बताउँछन् । उत्खनन गरिँदा ससाना यान्त्रिक उपकरणसम्म प्रयोग गर्न सकिने व्यवस्था भए पनि रातु नदीमा ठूला–ठूला उपकरण प्रयोग हुँदै आएका खड्काको भनाइ छ।

यता बर्दिबासका नगर प्रमुख क्षेत्री नगर क्षेत्रका नदीमा भएका उत्खनन अनियन्त्रित वा मापदण्डविपरीत नभएको दाबी गर्छन्। केही व्यक्तिहरू नगर क्षेत्रमा भइरहेका विकास प्रयत्नमा राजनीतिक आग्रह सााध्न रोक्न चाहिरहेका क्षेत्रीको भनाइ छ । उत्खननका लागि सबै कानुनी प्रक्रिया पुर्‍याएर ठेक्का बन्दोबस्त गरिएको, उत्खनन कार्य मापदण्डअनुसार छ–छैन नियमित अनुगमन गरिएको उनको भनाइ छ । अहिले उत्खननविरुद्ध भएका कामकारबाहीले यहाँका विकास कार्यहरू अवरुद्ध भएको र ठाउँठाउँमा बालुवा, गेग्रान थुप्रिएर नदीको सतह बस्ती र सडकभन्दा उँचो हुँदा बर्खामा डुबानसँगै उर्वर जग्गामा बालुवा पुरिएर मरुभूमि बन्ने जोखिम बढेको क्षेत्रीको स्वीकारोक्ति छ।

रातुबाहेकका अन्य केही नदीमा बालुवा, गेग्रान थुप्रिँदै गएर सतह उठ्दै जाँदा कैयन बस्ती, वन क्षेत्र, राजमार्ग र अन्य कैयन संरचना होचिँदै गएका छन् । पूर्व–पश्चिम राजमार्गकै खयरमारा, ढोलन खोला, टुटेश्वर, ढुङ्ग्रे र गढन्ता खोलाका पुलनजिक राजमार्ग छुइने गरी बालु, गेग्रान थुप्रिँदै गएको छ । यसले नजिकका बस्ती, सघन वन क्षेत्र, पुल र सडकसहितका संरचना बर्खाकालको बाढीको जोखिममा परेका छन्।

यता उत्खनन गर्नेहरू रातुमा केन्द्रित हुँदा यहाँ खनिएका ठूला–ठूला खाल्डाले जमिनमुनिको पानीको सतह गहिरिँदै गएको, नदी क्षेत्र कुरूप बनेको, जथाभावी खनिएका खाडलमा बर्खामा जम्ने पानीमा परेर बर्सेनि मानवीय क्षति बढाएको र माथिल्लो भेगमा कटान र मध्य र तल्लो भेगमा डुबान समस्या बढेको चुरे तथा जलाधारविज्ञ बताउँछन् । ‘नदी क्षेत्रमा बर्सेनि उत्खनन गरिनुपर्छ, तर यसका निश्चित मापदण्ड छन् । यो मापदण्ड पालना नहुँदा उत्खनन गरिँदा वा नगरिँदा समस्या बढ्ने हो,’ जिल्लाकै भंगाहा– ७ का बासिन्दा चुरेविज्ञ डा। विजयकुमार सिंह भन्छन्, ‘सम्बद्ध स्थानीय तह यसको मुख्य जिम्मेवार हो।’

चुरे र जलाधार क्षेत्र संरक्षणका क्षेत्रमा लामो अनुभव सँगालेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव राजमार्ग नजिक आएर यसको व्यवस्थापन सोचिनु अवैज्ञानिक हुने बताउँछन्। जिल्लामा राजमार्ग छिचोल्दै तलतिर झर्ने खोलाहरूमा पाँच सयभन्दा माथि संख्याका खोल्साखोल्सी पहाडी शृंखला वरपर मिसिएका छन् । यी खोल्साखोल्सीले बर्खामा बगाएर ल्याउने गेग्रानको माथि नै व्यवस्थापन गरिनुपर्ने यादवको भनाइ छ । खोलामा मिसिनुअघि नै खोल्साखोल्सी बाँधेर गेग्रान माथि नै थुन्नु वैज्ञानिक हुने यादवले बताए।

‘हामीले रातु नदी क्षेत्रमा राजमार्गमाथि काम गरेका छौँ, रातुमा मात्रै एक सय आठवटा खोल्साखोल्सी मिसिएका छन्,’ उनले भने, ‘रातुमा मिसनुअघि नै हामीले ६७ वटा खोल्साखोल्सीमा छड्के बाँध बनाएर त्यसको व्यवस्थापन गरेका छौँ, ती बाँधिएका खोल्साखोल्सीबाट बाढीमा बग्ने गेग्रानमाथि नै रोकिन्छ, खोलामा झर्न पाउँदैन।’ यसले नदी प्रणाली व्यवस्थापनमा निकै सहज भएको यादवको भनाइ छ । जिल्लाका सबै खोल्साखोल्सीमा यस्तो छड्के बाँध बनाउन सकिए बर्सेनि तलतिरका उर्वर जग्गामा बालुवा थुप्रिने क्रम नियन्त्रण हुँदै जाने उनी बताउँछन्। यस्ता छड्के बाँधले छानिएर तल झर्ने पानी चुरे क्षेत्रमै जम्मा गर्न सके यसले तल्लो भेगसम्म पानी पुनर्भरणमा सघाउने उनको भनाइ छ।

विज्ञहरूले नदी प्रणाली व्यवस्थापन र नदीजन्य पदार्थको वैज्ञानिक उपयोग नीति अवलम्बनको कुरा उप्काए पनि यहाँ भने त्यसतिर ध्यान कम पुगेको सामाजिक क्षेत्रका अगुवा बताउँछन् । ‘विज्ञहरूले चुरे क्षेत्रमै खोल्साखोल्सी व्यवस्थापन गर्न सुझाउँछन्, तर यहाँ मुद्दा उत्खननको मात्र बन्छ,’ बर्दिबास– १४ का सामाजिक कार्यकर्ता हरि दाहाल भन्छन्। चुरे संरक्षणका क्षेत्रमा प्रभावकारी काम गर्न तीनै तहका सरकारले समन्वय गर्नसके ठूलो उपलब्धि हासिल हुने उनको धारणा छ।

नदीहरूमा उत्खननका लागि नदीजन्य पदार्थको निकासी ठेक्का बन्दोबस्त समयमा हुन नसक्दा नगरपालिकाले संकलन गर्ने राजस्व गुमेको छ । कैयौँ सरकारी योजनाका निर्माण कार्य समयमा बालुवा, गिट्टी र ढुंगा आपूर्ति नहुँदा अलपत्र परेका छन् । यसबाहेक सर्वसाधारणका निजी निर्माण काम पनि बालुवा, गिट्टीको अभावमा रोकिएका छन् । नदी उत्खननको वैधानिक बाटो नचालिँदा नदीजन्य पदार्थ मनपरी मूल्यमा तस्करले बेचिरहेका छन् । नदी उत्खननसँग जोडिएर देखिने विरोध र विवादको वैज्ञानिक समाधान नखोजिँदा समस्या झन् बल्झने गरेको बर्दिबास– १४ का पूर्ववडाध्यक्ष भरतबहादुर हमाल बताउँछन्। अब चाहेर पनि यसपालि असोजअघि बालुवा थुप्रिएका ठाउँको उत्खनन गर्न सकिन्न । असार १ गतेदेखि भदौ मसान्तसम्म नदी उत्खनन कानुनले नै वर्जित रहेको हुँदा यो समस्या यथावत् नै रहन्छ। रासस

Share185Tweet104SendShare
Previous Post

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

Next Post

लेन मिच्ने सरकारी गाडीका चालक कारबाहीमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
लेन मिच्ने सरकारी गाडीका चालक कारबाहीमा

लेन मिच्ने सरकारी गाडीका चालक कारबाहीमा

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?