ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

News Desk by News Desk
११:४५ बिहान, असार १७, २०८१
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
379
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १७ गते।
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र सोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो ।

कैदमा रहेकामध्ये कागजपत्रसम्बन्धी ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका आठ प्रतिशत र आपराधिक गतिविधिसम्बन्धी कारणले तीन प्रतिशत श्रमिक पक्राउ परेका अध्ययनले देखाएको छ ।

पिएनसीसीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी ‘मलेसियामा ठगी, गिरफ्तारी र थुनामा रहेका नेपाली आप्रवासी श्रमिक’ बारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । अध्ययनले पिएनसीसीमा सन् २०२० देखि २०२३ सम्म दर्ता भएका सात सय ५८ व्यक्तिका मुद्दाको विश्लेषण गरेको थियो । मलेसियामा नेपाली श्रमिकलाई आप्रवासनको यात्रा अझै पनि जोखिमपूर्ण र शोषणपूर्ण हुने गरेको अध्ययनले देखाएको छ ।

सम्बन्धित समाचार

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

कैदमा पर्नुका कारण 
रोजगारीका लागि मलेसिया पुगेका नेपाली मुख्यतया कागजातसम्बन्धी समस्या रहेको छ । कैदमा पर्ने ६१ प्रतिशत आवश्यक कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशत श्रमिक अनुमतिपत्र बाँधिएको रोजगारदाताकहाँबाट भागेको र त्यस कारण वैध भिसा वा काम गर्ने अनुमतिपत्र नभएकाले नौ प्रतिशत श्रमिक कैद परेका हुन् । नेपालका एजेन्ट वा भर्ना एजेन्सीबाट ठगिएर कागजपत्रविहीन भएर कैद पर्ने तीन प्रतिशत थिए । यस्तै राहदानी वा परिचयपत्र नभएकाले कैदमा पर्नेको सङ्ख्या एक प्रतिशत रहेको थियो । कतिपय अवस्थामा रोजगारदाताले राहदानी कागजपत्र नवीकरण नगर्दा श्रमिकलाई सास्ती हुने गरेको छ ।

सार्वजनिक स्थानमा हिँडडुल गर्दा केही कारण प्रहरीले पक्राउ गरे आवश्यक परिचयपत्र र राहदानी देखाउन नसक्ने श्रमिकसमेत कैद परेका छन् । रोजगारदातालाई पक्राउबारे जानकारी नहुँदा लामो समय श्रमिक कैदमा परेका मुद्दा पनि छन् ।

ADVERTISEMENT

यस्तै, आफ्ना सहकर्मी वा रोजगारदातासँग झगडा गरेर कैद पर्ने नेपाली आप्रवासी श्रमिक आठ, आपराधिक गतिविधिका कारण तीन, हत्या, चोरी, अवैध लागूऔषध बेच्ने, सेवन गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरणको मुद्दामा कैदमा पर्ने नेपाली श्रमिक धेरै सङ्ख्यामा रहेका अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार कैदभित्र पनि नेपाली आप्रवासी ठगीमा पर्छन् । न्यायका लागि सञ्चारसम्म पहुँच नहुने र सहयोग कहाँबाट लिने भन्ने जानकारी नहुने धेरैले कैदमुक्त गर्ने आश्वासनमा ठगिएका छन् ।

अध्ययनका क्रममा पिएनसीसीमा सन् २०२० देखि २०२३ सम्म दर्ता भएका सात सय ५८ जना कैदमा परेका श्रमिकको तथ्याङ्क विश्लेषण र त्यसमध्ये १३ जनासँग अन्तर्वार्ता गरिएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार सन् २०२२÷२३ मा मलेसियाका लागि दुई लाख १९ हजार तीन सय ५७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । मलेसिया जाने श्रमिकमध्ये अधिकांश मधेश, लुम्बिनी र कोशी प्रदेशका रहेका छन् । त्यहाँ उत्पादन क्षेत्रमा सबैभन्दा बढी ६६ दशमलव छ प्रतिशत, प्राथमिक पेशा, कृषि, चालक, मेसिन अप्रेटरलगायत क्षेत्रमा श्रम गर्दै आएका छन् ।

सन् २००८ देखि २०२२ सम्म मलेसियामा तीन हजार पाँच सय १९ जना नेपाली श्रमिकको मृत्यु भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

नेपाली श्रमिकले किन छाड्छन् कम्पनी ?
धेरैजसो आप्रवासी श्रमिकले शोषणकारी रोजगार र रोजगार करारसँग सम्बन्धित समस्याका कारण रोजगारदाता एवम् कम्पनी छोड्ने गरेका छन् । सम्झौताअनुसार काम र सुविधा उपलब्ध नहुँदा रोजगारदाता वा कम्पनी छोड्ने श्रमिक ५७ प्रतिशत छन् । उनीहरूले सम्झौताभन्दा कम ज्याला र ज्याला चोरीका कारण कम्पनी छोड्ने गरेको देखिएको छ । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाडने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भर्ना प्रक्रियामा समस्या 
पिएनसीसीले गुनासो दर्ताको समयमा ७२ दशमलव पाँच प्रतिशत श्रम स्वीकृति नभएको देखिएको उल्लेख गरेको छ । कुल ९७ दशमलव छ प्रतिशतसँग गन्तव्य देशको कागजात अर्थात् रोजगार स्वीकृति, भिसा र बसोबास परमिट नभएको पाइएको थियो ।

यस अध्ययनले श्रमिकले अझै पनि अत्यधिक भर्ना शुल्क तिर्दै आइरहेको देखाएको छ । पिएनसीसीमा सन् २०२० र २०२३ का बीच मुद्दा दर्ता गर्ने मलेसिया गएका ५० प्रतिशत नेपाली आप्रवासी श्रमिकले रु एक लाखदेखि दुई लाखसम्म भर्ना शुल्कबापत तिरेको पाइएको छ ।

अध्ययनअनुसार झण्डै ८४ प्रतिशत आप्रवासी श्रमिक मलेसिया आप्रवासनका लागि वैदेशिक रोजगार व्यवसायीमा (म्यानपावर कम्पनी) भरपर्ने गरेको देखाएको छ । त्यसका साथै करिब १५ प्रतिशत आप्रवासी श्रमिक व्यक्तिगत रूपमा वा आफन्त वा एजेन्टमार्फत मलेसिया पुगेका छन् ।

प्रतिवेदनको सुझाव 
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीको घर फिर्तीमा सहजीकरणका लागि गर्दै आएको प्रयास पर्याप्त नभएको अध्ययनले देखाएको छ । त्यसैले सरकारले अप्ठ्यारामा परेका, कागजपत्र, जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्ययोजनासहित काम गर्न सुझाव दिएको छ । नेपाली आप्रवासी श्रमिकको सफ्ट सीपमा अभिवृद्धि र स्वदेश फिर्ता भएका आप्रवासी श्रमिकलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनसमेत प्रतिवेदनले सुझाएको छ । रासस

Share158Tweet92SendShare
Previous Post

उपचारका लागि शिविरै कुर्नुपर्ने बाध्यता

Next Post

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र
समाचार

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

७:३४ बिहान, बैशाख ३०, २०८२
सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय
समाचार

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

१२:०० बिहान, बैशाख ३०, २०८२
पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान
समाचार

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

१२:०० बिहान, बैशाख ३०, २०८२
सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास
समाचार

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

४:५८ बिहान, बैशाख २९, २०८२
मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा
समाचार

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

११:४० मध्यान्ह, बैशाख २८, २०८२
बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास
समाचार

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

११:३७ मध्यान्ह, बैशाख २८, २०८२
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

५:२६ बिहान, बैशाख २८, २०८२
डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु
समाचार

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

१२:४० मध्यान्ह, बैशाख २७, २०८२
Next Post
६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

किसानलाई सिँचाइका लागि अनुदानमा मोटर बोरिङ

किसानलाई सिँचाइका लागि अनुदानमा मोटर बोरिङ

नेपालगन्जमा भन्सार छलेर ल्याएका ३८ लाख बढीको कपडा बरामद

नेपालगन्जमा भन्सार छलेर ल्याएका ३८ लाख बढीको कपडा बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
32°
Clear
5:28 am7:01 pm +0545
Feels like: 33°C
Wind: 10km/h W
Humidity: 42%
Pressure: 1000mbar
UV index: 0
WedThuFri
41/25°C
41/26°C
39/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?