ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

गाईपालनमा रमाउँदै कोहलपुरकी शारदा शर्मा

News Desk by News Desk
१२:३१ मध्यान्ह, असार २१, २०८१
गाईपालनमा रमाउँदै कोहलपुरकी शारदा शर्मा
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असार २१ गते ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी बाँकेकी किसान शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आउनुभएको छ । गाईपालन व्यवसायमा रम्दै उहाँले मनग्गे आम्दानी गर्दै आउनुभएको हो ।

बुवा आमासँगै परिवारमा बस्दै आउनुभएकी ३८ वर्षीय शर्माले गाईपालनसँगै ८१ वर्षीय वृद्ध बुवा र ७६ वर्षीया वृद्धा आमासहित अन्य सदस्यको सेवासमेत गर्दै आउनुभएको छ । शारदाले स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

“हाम्रो समाजमा अझै पनि छोरीचेलीले केही काम गर्न सक्दैनन् भन्ने मानसिकता छ, बुवा आमा पाल्ने घरको जिम्मेवारी बहन गर्ने छोराले नै हो भन्ने परम्परागत सोंच अझै हाम्रो समाजबाट निर्मूल हुन सकेको छैन,” शारदाले भन्नुभयो, “म छोरी भएर पनि बुवा आमासँगै बसेर उहाँलगायत परिवारलाई पालनपोषण र रेखदेख गर्दै आएको छु, मैले स्नाकोत्तरसम्मको पढाइ पूरा गरेको छु, पढेर जागिर नै खानुपर्छ भन्ने छैन, मैले किसानी पेशा नै रोजेँ र गाईपालन व्यवसायमार्फत मनग्गे आम्दानी गरिरहेकी छु ।”

शारदाले गाईपालन सुरु गर्नुभएको २३ वर्ष पुग्यो । “२०५८ सालमा १५ हजार रुपियाँको लगानीमा एउटा गाई किनेर गाईपालन सुरु गरेँ, पारिवारिक पृष्ठभूमि किसान नै भएको हुँदा र बुवा आमाले पशुपालन गरेको देखेर यही पेशा व्यवसाय गर्न प्रोत्साहित भएँ,” शारदा भन्नुहुन्छ, “त्यही एउटा गाईको सन्तानबाट विस्तारै सङ्ख्या थपिँदै गयो, सातवटा गाई पुगे र २०६८ सालबाट शारदा सिर्जनशील गाई फार्म दर्ता गरेर व्यावसायिक रुपमै गाईपालन व्यवसायलाई अगाडि बढाएँ ।”

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

शारदाको गोठमा अहिले जर्सी, होलस्टाइन तथा साहीवाल जातका २४ वटा गाई छन् । “अहिले सात वटा गाईले दूध दिँदै आएका छन्, ११ वटा गाई ब्याउने अवस्थामा छन् र बाँकी बाच्छा बाच्छी छन् । शारदाले भन्नुभयो, “हाल दैनिक ६५ देखि ७० लिटर दूध उत्पादन हुँदै आएको छ, उत्पादन भएको दूध गाउँमै रहेको सहकारीमा बिक्री गर्छौ, मासिक करिब डेढ लाख रुपियाँ जति आम्दानी हुँदै आएको छ।”

व्यवसाय सुरु गरेदेखि हालसम्म शारदाले ७६ वटा गाई, बाच्छा, बाच्छी तथा बहर गोरु बिक्री गरेको उहाँले बताउनुभयो । उहाँले ७६ वटा वस्तु बिक्रीबाट ७२ लाखभन्दा बढी रुपियाँ प्राप्त भएको बताउनुभयो। पछिल्लो समयमा बाच्छी बिक्री भइहाल्ने तर बाच्छो तथा बहर बिक्री हुन गाह्रो भएको उहाँ बताउनुहुन्छ ।

“पहिला पहिला बाच्छा तथा बहर पनि सजिलै बिक्री हुन्थ्यो, पछिल्लो समयमा किसानहरुले खेत जोत्नका लागि ट्र्याक्टर लगायत प्रविधिको प्रयोग गर्न थालेसँगै बाच्छा र बहर बिक्री हुन छाडेको छ, बुढो गाई पनि बिक्री हुँदैन,” उहाँले भन्नुभयो, ।

ADVERTISEMENT

शारदाले गाईको घाँस व्यवस्थापन गर्नका लागि घर नजिकै १० कट्ठा जमिन भाडामा लिएर मौसम अनुसारका विभिन्न जातका घाँस लगाउनुभएको छ । त्यसैगरी गाईको मल बिक्रीबाट पराल लगायतका गाईका लागि आवश्यक वस्तुहरु खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

सरकारले वास्तविक किसानलाई केही सहयोग नगरेकोमा उहाँको गुनासो छ । “नेताका आसेपासेले कागजी फार्ममार्फत नक्कली किसान बनेर राज्यको लाखौँ रुपियाँ स्वाहा बनाएका छन्, वास्तविक किसानको राज्यका कुनै पनि अङ्गसँग पहुँच नै पुग्दैन,” उहाँले भन्नुभयो, “सानातिना तथा मझौला पेशा व्यवसाय गर्ने किसान राज्यको पहुँचसम्म पुग्न नसक्दा ठगिएर बस्नुपरेको छ, राज्यले वास्तवमा वास्तविक किसानको पहिचान गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने हो ।”

वास्तविक किसानको पहिचान गरी सरकारले किसानलाई नगदमा अनुदान नभएर आवश्यक दाना, मल, घाँसका बिउ, औषधि उपचार, आवश्यक पर्ने प्रविधि तथा सामग्री निःशुल्क वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।

Share153Tweet95SendShare
Previous Post

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

Next Post

सरकारबारे अशोक राई नेतृत्वको जसपाले आज निर्णय लिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post
सरकारबारे अशोक राई नेतृत्वको जसपाले आज निर्णय लिने

सरकारबारे अशोक राई नेतृत्वको जसपाले आज निर्णय लिने

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

नयाँ सरकार गठनका लागि लुम्बिनीमा एमालेले लियो अग्रसरता

मनसुन थप सक्रिय हुने, ३० जिल्ला ‘रेड जोन’मा

मनसुन थप सक्रिय हुने, ३० जिल्ला 'रेड जोन'मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?