ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

News Desk by News Desk
८:१० बिहान, भदौ २५, २०८१
आत्महत्या र रोकथामका उपायहरु
416
सेयर
383
VIEWS
ShareTweetSendShare

डा. रोजन पोख्रेल
नशा तथा मनोरोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल (धापासी)

कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन् । नेपालमा वर्षेनी यस्ता कारणबाट धेरै मानिसले आत्माहत्या गरेका हुन्छन् । नेपालमा सरदर प्रति वर्ष सात हजार मानिसले वर्षेनी आत्महत्या गरेको देखिन्छ । विस्तृत रुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाईन्छ ।
आ.व. २०७८/०७९ – ६८३०
आ.व. २०७९/०८० – ६९९३
आ.व. २०८०/०८१ – ७२२१
माथिको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आ.व. अर्थात् आ.व. २०८०/०८१ को तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाईन्छ । गत आ.व.को आत्महत्याको दरलाई निम्नअनुसार प्रस्तुत गरिएको छ ।
झुण्डिएर – ८५ प्रतिशत
विष खाएर – १३ प्रतिशत
हाम फालेर – ०.७ प्रतिशत
डुबेर – ०.६६ प्रतिशत
हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत
आगो लगाएर – ०.०९ प्रतिशत
करेन्ट लगाएर – ०.०१ प्रतिशत
महिलाहरुमा आत्महत्याको सोचाई धेरै आएको देखिएपनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ ।

मानिसहरु किन आत्महत्या गर्छन् ?

मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन् । तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुने गर्दछ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ । डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ । अरु लक्षणहरुमा निन्द्रा नलाग्नु, खाना रुची नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन् ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

डिप्रेसन किन हुन्छ ?
१) आर्थिक समस्या
अहिलेको कोभिड पछिको समयमा मानिसको आम्दानी घट्नु, बैँकको ऋण तिर्न नसक्नु, घरखर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाईन्छ ।
२) पारिवारिक कलह
श्रीमान श्रीमती, प्रेमी प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानुपनि डिप्रेसनको कारण हुनसक्छ ।
३) कडा रोगको शिकार हुनु

ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ ।
४) सोचेजस्तो गर्न नसक्नु
परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ ।
स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरुमा पनि आत्महत्या गरेको देखिएको छ ।

कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?
– कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाँही हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ ।
– यदी कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रुपमा लिनुहुँदैन । उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोशिष गर्नुपर्छ ।
– कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ ।
– कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरु राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ ।
– हालसालै कठिन परिस्थितीबाट गुज्रिएको छ भने जस्तै, नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए ।
– आफूलाई मनपर्ने कुराहरु पनि अरुलाई दिएको, पुराना कुराहरुमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविश्यको बारेमा कुनैपनि योजना नबनाएको छ भनेपनि याद गर्नुपर्ने हुन्छ ।
के आत्महत्या रोक्न सकिन्छ ?
माथिका संकेतहरु बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ ।
मनोचिकित्सक संग भेट र मनोपरामर्श :
मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै: डिप्रसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सहि पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले विरामीको समस्याको बारेमा बुझेर आवश्यक औषधीहरु र उचित परामर्श दिने काम गर्दछन् ।
मनोविद्ले पनि साईकोथेरापीको माध्यामबाट विरामीको मनोवल उच्च गर्ने काम गर्दछन् । नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।
मानसिक रोगहरुमा मानिसहरु अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले पनि ईन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्नसक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुनसक्छ ।
(लेखक डा पोख्रेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ ।)

ADVERTISEMENT
Share186Tweet96SendShare
Previous Post

कुखुरा पालनबाट १ करोडको कारोबार

Next Post

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

लुम्बिनीका वन मन्त्री कुर्मीद्वारा राजीनामा

लुम्बिनीका वन मन्त्री कुर्मीद्वारा राजीनामा

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?