ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

News Desk by News Desk
११:१० मध्यान्ह, अशोज २०, २०८१
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
388
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके असोज २१ गते ।
सरकारले खारेज गरेको राष्ट्रिय भूमि आयोग नबन्दा बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा परेको छ । सत्ता गठबन्धन फेरबदल भएसँगै तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत चैतमा आयोग खारेज गरेको थियो । कांग्रेससँगको गठबन्धनबाट अलग भएर माओवादी अध्यक्ष दाहाल एमालेसहित दलको संयुक्त सरकारको नेतृत्वमा थिए ।

आयोग नै नहुँदा पुस्तौंदेखी जमिन पाउने आशामा बसेका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोवासीहरुमा अन्यौलता सिर्जना भएको छ । लालपुर्जा बाँड्ने तयारी अवस्थामा पुगेको आयोग एक्कासी खारेज भएपछि बाँकेमा सबै काम बीचमै रोकिएको थियो । खारेज भएको ६ महिना पुगिसक्दा पनि सरकारले आयोग नबनाउँदा भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरु अन्यौलमा परेका हुन् ।

‘जहिले पनि आयोग गठन हुन्छ, हामीलाई फाराम मात्रै भर्न लगाउँछ, लालपुर्जा पाउने बेलामा आयोग खारेज हुन्छ,’ बाँके बैजनाथका रामशरण थारुले भने ‘हामीलाई यसरी कहिले सम्म सरकारले बेकुप बनाईराख्ने हो ?’ तत्कालिन समयमा आयोगले बाँकेका ८ वटै स्थानीय तहमा विभिन्न चरणको काम थालेको थियो । सबै स्थानीय तहमा चरणवद्ध रुपले काम अगाडी बढाइरहेका बेला एक्कासी आयोग खारेज भएपछि काम रोकिएको थियो ।

अहिले सबै काम अलपत्र अवस्थामा पुगेको आयोग बाँकेका निर्वतमान अध्यक्ष सर्बणकुमार यादवले बताए । ‘हामीले बाँकेको कोहलपुर, बैजनाथ, राप्ती सोनारी र खजुरामा नापजाँचको काम गरिरहेका थियौं, बाँकी पालिकामा पनि काम अगाडी बढ्दै थियो, त्यही बेलामा गत चैत दोस्रो सातातिर आयोग खारेज भयो,’ यादवले भने ‘अहिले पुरै काम अलपत्र अवस्थामा छ, आयोग खारेज नभएको भए अहिलेसम्म बाँकेको ८० प्रतिशत काम सम्पन्न हुन्थ्यो ।’

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

नापजाँच भइसकेको कतिपय ठाउँमा सूचना निकालेर पुर्जा बाँड्ने काम मात्रै बाँकी रहेको उनले सुनाए । आयोग खारेज भएपछि जग्गा पाउने आशामा बसेका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोवासीहरुले फोन गरेर हैरान पारेको अध्यक्ष यादवले सुनाए ।

बाँकेमा सबैभन्दा बढी कोहलपुरमा १६ हजार ५ सय २, राप्ती सोनारी गाउँपालिकामा १३ हजार २ सय ५८, बैजनाथमा १० हजार ८४, खजुरामा ५ हजार १ सय १४, नेपालगन्ज उपमहानगरपालिकामा ३ हजार ८२, जानकी गाउँपालिकामा २ हजार ४ सय ९१, नरैनापुरमा २ हजार ४ सय ३४ घरधुरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासी रहेका छन् । डुडुवा गाउँपालिकामा सम्झौता भएपनि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको थिएन ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले झण्डै सात पुस्तादेखी जग्गा उपभोग गर्दै आएपनि लालपुर्जा पाउन नसकेका गरिब, भूमिहिन किसान अहिले निराश अवस्थामा रहेको बताए । ‘लालपुर्जा चाडै पाउने विश्वासमा उनीहरु थिए, पटक–पटक सरकार आएर बाचा गर्ने, चुनावी नारा लगाउने, पटक–पटक आयोग बन्ने, काम निस्कर्ष विहिन हुने अवस्था थियो,’ अध्यक्ष शाहीले भने ‘बैजनाथ स्थानीय सरकारले जिरोबाट काम सुरु गरेको हो, हामी नाप जाँचको अन्तिम चरणको प्रक्रियामा थियौं, आयोग खारेज भएपछि त्यहीबाट काम रोकियो ।’

ADVERTISEMENT

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोगले थालेको सबै काम बीचमै रोकिएको बताए । ‘आयोग खारेज भएपछि गाउँपालिका क्षेत्रभित्र भएको तयारी सबै रोकियो,’ उनले भने । तत्कालिन सरकारले नयाँ आयोग गठन गर्न खोजेपनि सर्वोच्च अदालतले रोक लगाएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दियो ।

अदालतले अर्को भूमि आयोग वा जिल्ला समिति गठन नगर्न÷नगराउन तथा आयोग र समितिका स्रोत साधन, भौतिक सम्पत्ति र कागजातहरू सुरक्षित रूपमा यथास्थितिमा राख्न, राख्न लगाउन आदेश दियो । गत ८ चैत गते बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्दै अर्को बनाउने निर्णय गरेको थियो । स्रोतका अनुसार अहिलेसम्म मुलुकमा १८ वटा आयोग गठन भईसकेका छन् ।

तर, सरकार फेरबदल भएसँगै खारेज गर्ने र आफ्नो नेता तथा कार्यकर्ताका लागि आयोगलाई भर्तीकेन्द्र बनाउने प्रवृत्ति रहेको छ । पछिल्लो पटक तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले निकट देवी ज्ञवाली केन्द्रिय अध्यक्ष रहेको आयोग खारेज गर्दै २०७८ भदौं ३० गते कांग्रेस निकट केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको थियो ।

Share158Tweet96SendShare
Previous Post

नवरात्रमा दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज

Next Post

नेपालगन्जमा रामलीला हेर्नेको घुइँचो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
नेपालगन्जमा रामलीला हेर्नेको घुइँचो

नेपालगन्जमा रामलीला हेर्नेको घुइँचो

हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै रकम लिने गुप्ता पक्राउ

हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै रकम लिने गुप्ता पक्राउ

आइसिपी एक महिनाभित्र सञ्चालन हुँदै

आइसिपीमा शुल्क घटाउन माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?