ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

सरकारको प्राथमिकतामा परेन थालेसिमिया रोग

News Desk by News Desk
१०:५८ मध्यान्ह, अशोज ३०, २०८१
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
378
सेयर
373
VIEWS
ShareTweetSendShare

बर्दिया कात्तिक १ गते ।
राजापुर नगरपालिका– ६ का सत्यनारायण चौधरी नौ वर्षीय छोरा राजीव चौधरीको उपचार गर्न बर्दिया अस्पताल आउँछन्। छोरालाई थालेसिमिया रोग लागेपछि छोराको नियमित चेकजाँच गर्न, रगत चढाउन र औषधि दिन आउनुपर्ने बाध्यतामा उनी छन्। आर्थिक अवस्था कमजोर भएका चौधरी जीविकोपार्जन गर्न खेतीपाती र ज्याला–मजदुरी गर्छन्।

घरमा छोरालाई थालेसिमिया रोग र श्रीमतीलाई सिकलसेल रोग छ। दुवैजनालाई नियमित चेकजाँच गर्नुपर्ने चौधरी बताउँछन्। ‘छोरालाई हरेक महिना चेकजाँच गर्न लैजानुपर्छ । चेकजाँच गर्दा शरीरमा रगतको कमी देखिएपछि रगत चढाउनुपर्छ। छोरालाई उपचार गर्न ल्याउँदा परिवारले आर्थिक समस्या भोग्नुपर्छ । कहिलेकाहीँ औषधि सकिएको समयमा किन्नुपर्ने हुन्छ,’ उनले भने । गुलरिया नगरपालिका–४ की विपतकुमारी चौधरीको आठ वर्षीय छोरा युसुव दहितलाई पनि थालेसिमिया लागेको छ ।

उनी पनि नियमित रूपमा छोराको औषधि गर्न अस्पताल जान्छिन् । उनी भन्छिन्, ‘औषधि पनि महँगो मूल्यमा किन्नुपर्दा साह्रै समस्या पर्छ ।’ बर्दिया अस्पतालमा थालेसिमिया रोगको औषधि निःशुल्क पाइने भएकाले केही राहत भएको उनको भनाइ छ । ‘थालेसिमिया रोगको उपचार गर्न मासिक करिब १५ हजार रुपैयाँ खर्च हुन्छ ।

यो रोगको पनि अन्य रोगका बिरामीलाई झैँ निःशुल्क उपचार गर्ने नीति ल्याएर सरकारले बिरामीलाई राहत दिनुपर्छ,’ चौधरीले भनिन् । थालेसिमिया वंशाणुगत रूपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग हो । बुबा, आमा वा दुवैकोे रगत र जिनमा हुने गडबडीका कारण यो रोग लाग्ने गर्छ । थालेसिमिया पनि जीवनभर उपचार गर्नुपर्ने रोग हो । यो रोगका रोगीले नियमित चेक जाँच गर्नुपर्ने रगत चढाउनुपर्ने र मासिक करिब नौ हजारबराबरको औषधि खानुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

सामान्यतया, रगत दुई किसिमका प्रोटिनबाट निर्माण हुने गर्छ, अल्फा र बिटा ग्लोबिन । यीमध्ये कुनै एक प्रोटिन निर्माण गर्ने जिनको गडबडीले थालेसिमिया हुने मेडिकल अधिकृत डा. मनोजकुमार तिमल्सिनाले बताए । रोगका कारण शरीरमा हेमोग्लोबिन (रातो रक्तकोषिका) निर्माण हुन गाह्रो हुने तथा निर्माण भएको कोषिका पनि लामो समय जीवित नरहने उनले बताए । यो रोग बालबालिकामा बढी देखिने र रोग लागेपछि बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने, समयमा रगत नचढाएका बालबालिकाको मृत्युसमेत हुन सक्ने मेडिकल अधिकृत तिमल्सिना बताउँछन् ।

स्वास्थ्य कार्यालय बर्दियाले सिकलसेल तथा थालेसिमिया स्क्रिनिङ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०८०÷८१ मा चार सय आठजनाको चेकजाँच गर्दा २४ जना थालेसिमिया वाहक देखिएको थियो । आव ०७९÷८० मा तीन हजार एक सय ६ जनाको रगत परीक्षण गर्दा एकजना थालेसिमियाका रोगी र एक सय ३९ जना थालेसिमियाका वाहक फेला परेका थिए । आव ०७८÷७९ मा एक हजार नौ सय ९६ जनाको रगत परिक्षण गर्दा ७७ जना थालेसिमियाका वाहक फेला परेका स्वास्थ्य कार्यालय बर्दियाका ल्याब टेक्निसियन जीवन रजौरेले जानकारी दिए ।

सरकारले विपन्न नागरिकको उपचार गर्न नागरिक उपचार कोषमार्फत निःशुल्क मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया उपचार गर्ने व्यवस्थापन गरेको छ । तर, सिकलसेलजस्तै दीर्घरोग थालेसिमिया सरकारको प्राथमिकता परेको छैन । रोग फरक भए पनि समस्या र पीडा उस्तै छ, तर सरकारले यो रोगलाई प्राथमिकतामा राखेको छैन ।

ADVERTISEMENT

 

Share154Tweet93SendShare
Previous Post

किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार, पाँच जना पक्राउ

Next Post

अख्तियारको नेपालगन्ज कार्यालयमा दुई महिनामा भ्रष्टाचारका १२२ उजुरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post
इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

अख्तियारको नेपालगन्ज कार्यालयमा दुई महिनामा भ्रष्टाचारका १२२ उजुरी

बाँकेमा बाख्रापालनतर्फ किसान आकर्षित

बाँकेमा बाख्रापालनतर्फ किसान आकर्षित

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?