ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा बाख्रापालनतर्फ किसान आकर्षित

News Desk by News Desk
५:०३ बिहान, कार्तिक १, २०८१
बाँकेमा बाख्रापालनतर्फ किसान आकर्षित
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १ गते ।
बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका छन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् ।

दसैँ अवधिभर बाँके जिल्लाबाट मात्रै तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् । दसैँ सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् ।

जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् तीन करोड ४६ हजार ४९६ रुपियाँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् । दसैँमा सबैभन्दा बढी राप्तीसोनारी –२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले ४९ लाख ४६ हजार ५४० रुपियाँ बराबरका ९ हजार १४६ किलो तौल भएका २८१ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

त्यसैगरी राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरको ७ हजार २०१ किलो तौल भएका १९६ वटा खसीबोका बिक्री गरेको छ । त्यसपछि बैजनाथ गाउँपालिका –८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा खसीबोका बिक्री गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

देशभर धमाधम रोपाइँ जारी

जननीका प्रबन्धक गणेश खत्रीका अनुसार बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले नौ लाख ९५ हजार ६६५ रुपियाँ बराबरका १ हजार ८७९ किलो तौल भएका ५७ वटा खसीबोका बिक्री गरेको छ । अप्सरा साउमससंले १० लाख ४१ हजार ३३० रुपियाँ बराबरका १ हजार ९२३ किलो तौल भएका ६९ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसैगरी कुसुम साउमससंले १८ लाख ३५ हजार ४३० रुपियाँ बराबरका ३ हजार ३६० किलो तौल भएका ९८ वटा, सुनकोशी साउमससंले १७ लाख आठ हजार २८५ रुपियाँ बराबरका ३ हजार २०१ किलो तौल भएका ९६ वटा र सङ्गिनी साउमसंसले १५ लाख ७५ हजार २०५ रुपियाँ बराबरका २ हजार ९६० किलो तौल भएका ९२ वटा खसीबोका बिक्री गरेको प्रबन्धक खत्रीले जानकारी दिए । राप्तीसोनारी –९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार सो सहकारीले २६ लाख ५९ हजार २९५ रुपियाँ बराबरका ४ हजार ९७० किलो तौल भएका १९५ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसैगरी उपहार साउमससंले छ लाख ६३ हजार ७०५ रुपियाँ बराबरका १२६० किलो तौल भएका ४० वटा खसीबोका बिक्री गरेको छ । प्रबन्धक खड्काका अनुसार सशक्तीकरण साउमससंले ११ लाख ३१ हजार ५५० रुपियाँ बराबरका २ हजार १३५ किलो तौल भएका ७० वटा खसीबोका बिक्री गरेको छ ।

ADVERTISEMENT

बैजनाथ साउमससंले आठ लाख ४७ हजार रुपियाँ बराबरका १ हजार ५४० किलो तौल भएका ४७ वटा खसीबोका बिक्री गरेको खड्काले जानकारी दिए । राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले ३३ लाख दुई हजार २१० रुपियाँ बराबरका ६ हजार २७८ किलो तौल भएका २२२ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताइन् ।

उनका अनुसार दीपलगन साउमससंले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा, रोशनी साउमससंले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरका ७ हजार २०१ किलो तौल भएका १९६ वटा र परिवर्तन साउमससंले १९ लाख ९३ हजार ८७२ रुपियाँ बराबरका ३ हजार ७५५ किलो तौल भएका १३० वटा खसीबोका बिक्री गरेका छन् ।

किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपियाँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ ।

Share151Tweet94SendShare
Previous Post

अख्तियारको नेपालगन्ज कार्यालयमा दुई महिनामा भ्रष्टाचारका १२२ उजुरी

Next Post

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

७:४१ बिहान, असार ३, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
कृषि

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

१२:०० बिहान, जेष्ठ १९, २०८२
रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’
कृषि

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

१२:०० बिहान, जेष्ठ १८, २०८२
Next Post
बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

बाँकेका होमस्टेमा पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

मनसुन बाहिरिएसँगै किसानलाई धान काट्ने चटारो

विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Light Rain
5:25 am7:20 pm +0545
Feels like: 35°C
Wind: 18km/h ESE
Humidity: 82%
Pressure: 1000.68mbar
UV index: 8
FriSatSun
34/28°C
35/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?