ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित

News Desk by News Desk
१०:५७ मध्यान्ह, कार्तिक २९, २०८१
बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३० गते ।
पछिल्लो समय बाँके र बर्दियामा भटमास खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ । परम्परागत बाली लगाउन छाडेर किसान भटमास खेतीप्रति आकर्षित भएका छन् । थोरै लगानीमा मनग्ये आम्दानी हुने भएपछि किसानहरू अरू खेती छाडेर भटमास खेतीमा लागेका छन् ।

दालजन्य बालीहरूको अध्ययन, अनुसन्धान र विकासका लागि किसानहरूलाई प्राविधिक सहयोग गरेर प्रोत्साहन गरिरहेको कोशेबाली अनुसन्धान कार्यक्रमको प्रत्यक्ष निगरानीमा किसानहरू लाभान्वित समेत भएका छन् । बर्दियाको गुलरिया र बाँकेको खजुरामा किसानले व्यावसायिक भटमास खेती गरिरहेका छन् ।

गुलरिया–३ का किसान रामचन्द्र यादवले २ विगाह १५ कट्ठामा भटमास खेती गरेका छन् । कोशेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेले सिफारिस गरेको बीउ लगाएका यादवको खेतबारीमा भटमास राम्रो फलेको छ । धान भन्दा आधा कम खर्चमा उत्पादन हुने र मूल्य धान भन्दा कयौँ गुणा बढी पाउने भएपछि रामचन्द्र भटमास खेतीमा लागेका छन् । यादव एक बिगाह जग्गामा पहिला धान खेती गर्दा ९० हजार मात्र फाइदा हुने र त्यसमा खर्च पनि आधी जस्तो हुने गरेकोमा अहिले सोही एक बिगाह जग्गामा भटमास खेती गर्दा १ लाख २० हजार फाइदा भइरहेको बताउँछन् ।

गुलरियाका किसानले २०० हेक्टर क्षेत्रफलमा भटमास खेती गरेका छन् । खजुरामा पनि किसानहरू बिस्तारै भटमास खेतीमा लागिसकेका छन् । धान खेतीलाई नै विस्थापित गरेर किसान भटमास खेतीतिर आकर्षित भइरहेका छन् । धान सँगसँगै पनि भटमास लगाउन सकिने भएका कारण पनि किसानलाई सहज भएको छ । लगानी कम, ज्यामी र कामदार कम, दुख कम तथा मल प्रयोग गर्न नपर्ने भएपछि किसानको रोजाई भटमास खेती भइरहेको छ ।

सम्बन्धित समाचार

बाँकेमा ४४ प्रतिशत रोपाइँ

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

एक बिगाहा खेतमा व्यावसायिक भटमास खेती गरिरहनुभएका खजुरा–२ पुलचोकका किसान मोहनप्रसाद रिजाल आफू सन्तुष्ट भएको बताउनुहुन्छ । कोशेबाली अनुसन्धान कार्यक्रमको प्राविधिक सहयोग र सल्लाहमा उनले खेती गरिरहेका छन् । कोशेबाली कार्यक्रमकै सिफारिस अनुसारको बीउ रिजालले प्रयोग गरेका छन् । कोशेबाली अनुसन्धान कार्यक्रम खजुराले किसानलाई दालजन्य बाली उत्पादनमा प्राविधिक सहयोग र सल्लाह प्रदान गर्दै आएको छ ।

दालजन्य बालीको अध्ययन, अनुसन्धान, जातीय विकास, प्रविधि विकास, बीउको सहज उपलब्धताका लागि प्रथम पुस्ताको प्रजनन बीउ उत्पादनदेखि लिएर कोशेबालीका विभिन्न स्थानीय जातहरूको संरक्षण र संवर्द्धन गर्दै आएको यो कार्यक्रमले किसानलाई सैद्धान्तिक ज्ञानसँगै क्षेत्र अवलोकन भ्रमणमार्फत व्यवहारिक ज्ञान दिई दालजन्य खेतीका लागि प्रोत्साहन गरिरहेको कार्यक्रम संयोजक डा. अनिल पोखरेल बताउँछन् ।

कोशेबाली अनुसन्धान कार्यक्रमले पछिल्लो पटक पनि किसानलाई भटमास सम्बन्धि कृषक स्तरीय तालिम दिएको जनाएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराको सहयोगमा तालिम दिइएको डा. पोखरेलले बताए । कृषकलाई भटमास खेतीसम्बन्धी प्रयोगात्मक ज्ञानका लागि पकेट क्षेत्रमा अवलोकन भ्रमण समेत गराइएको छ । तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा करिब २००० हेक्टर क्षेत्रफलमा भटमास खेती गर्ने गरिएको छ । त्यसमा करिब २५०० मेट्रिक टन भटमास उत्पादन हुन्छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बाँकेमा योजनाको काम कार्यान्वयनमा

Next Post

देशका केही भू–भागमा वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
कृषि

बाँकेमा ४४ प्रतिशत रोपाइँ

९:५४ बिहान, असार २०, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

७:४१ बिहान, असार ३, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
कृषि

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

१२:०० बिहान, जेष्ठ १९, २०८२
Next Post
यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

देशका केही भू–भागमा वर्षाको सम्भावना

बाँकेमा डिएपी मलको माग उच्च

बाँकेमा डिएपी मलको माग उच्च

६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain Shower
5:27 am7:19 pm +0545
Feels like: 33°C
Wind: 18km/h ESE
Humidity: 85%
Pressure: 1001.36mbar
UV index: 5
ThuFriSat
32/27°C
34/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?