
बाँके कार्तिक २७ गते । नेपालगञ्जमा एकजना कटवा पेस्तोलसहित पक्राउ परेका छन् । नेपालगञ्जको गणेशपुर नजिकै अटो रिक्सामा लैजाँदै गरेको अवस्थामा प्रहरीले डुडुवा गाउँपालिका – ४ बस्ने मेराज अलि सैयदलाई प्रहरीले पक्राउ गरकाे छ ।
सैयद ले चलाउँदै गरेको भे १ स ८३२६ नम्बरको रिक्सामा कटवा पेस्तोलसहित जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले पक्राउ गरेको हो । ३२ वर्षीय सैयदको रिक्सामा भेटिएको कटवा पेस्तोलबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
पक्राउ परेका मेराज सैयद जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओलीले बताउनुभयो । अहिले सन्दीप जङ्ग शाही लगायतका ३ जनामाथि कानुनी कारबाही अनुसार कारबाही भइरहेका प्रहरीले जनाए ।









Discussion about this post