
बाँके कार्तिक २७ गते । आफ्नै गाउँ ठाउँमा उपचार पाउँदा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीका स्थानियवासीहरु हर्षित भएका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड नेपालगन्ज पुरैनीको आयोजना र लायन्स क्लव भेरी बाँकेको सहकार्यमा भएको निशुल्क मधुमेह र रक्तचाप परिक्षण कार्यक्रममा स्थानियहरु उपचार गराउन पाउँदा हर्षित भएको अध्यक्ष विद्याराम बर्माले बताउनुभयो । उक्त शिबीरमा करिव तीनसय स्थानीयबासीले सेवा लिएका थिए। वडामा स्थानिय जनप्रतिनिधि आएपछि विभिन्न खालका सेवा सुविधा जनतालाई प्रदान गर्दै आएको वडा अध्यक्ष बर्माले जानकारी गराउनुभयो । वडाका नागरिकलाई स्वास्थ्य राख्न वडाको पहिलो प्रथामिकता रहेको हुनाले यस्तै खालको स्वास्थ्य परिक्षण निरन्तर गरिने उहाँले जानकारी गराउनुभयो । वडाका नागरिकलाई कसरी सुरक्षित र स्वास्थ्य राख्न सकिन्छ भनेर समय समयमा निशुल्क प्रथामिक उपचार गराउदै आएको समेत उहाँले बताउनुभयो । वडावासीको लागि स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य उपचार गराउने गरेको वडा अध्यक्ष वर्माले जानकारी गराउनुभयो ।









Discussion about this post