ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रविधिको प्रयोगले हराउँदै जाँतो र सिलौटो

News Desk by News Desk
६:३६ बिहान, फाल्गुन २, २०८१
प्रविधिको प्रयोगले हराउँदै जाँतो र सिलौटो
403
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते ।
परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जाँतो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो । भारतबाट नेपालमा तीन पुस्तादेखि सिलौटो, जाँतो र ओखल बिक्री गरेर परिवार पाल्दै आएका रमेश पथरकट्टाको परिवार अहिले पनि सोही काममा व्यस्त छन् ।

तर मिहिनेत र परिश्रमअनुसार बिक्री वितरण हुन छोडेको उनको ४१ वर्षीय नाती रोहन पथरकट्टको गुनासो छ । भारतमा घर भएपनि बाँकेलगायत आसपासका जिल्लामा जाँतो र सिलौटोको व्यापार आफ्नो हजुरबुबाको पालादेखिनै चलिएआएको उनले बताए । जाँतो, सिलौटो बनाउन अहिले तेस्रो पुस्ता हामी नातिहरूले निरन्तरता दिँदै आएको रोहनले बताए । उनका अनुसार हजुरबुवा र बुवाको पालामा यसको व्यापार एकदमै राम्रो भए पनि अहिले सर्वसाधारणले कहिलेकाहीँ मात्र यसको प्रयोग गर्नाले एक पटक किनेपछि पुस्तौं पुस्तासम्म प्रयोग हुने हुनाले बिक्री घटेको हो ।

पहिले दिनहुँ जाँतो, सिलौटो गरी ४ देखि ७–८ वटासम्म बिक्ने अहिले कहिलेकाहीँ एउटा बेच्न पनि समस्या भएको उनको अनुभव छ । सहरमा यसको बिक्री ह्वात्तै घटेको छ । गाउँघरमा अहिले पनि बिक्री हुँदै आएकोले अहिलेसम्म यो पेशामा टिक्न सकेको उनको भनाइ छ । साइकलमा सिलौटो र जाँतो बोकाएर बाँकेका विभिन्न गाउँ जाने र दिनभरीमा बिक्री गरेर फर्किने गरेको उनको भनाइ छ । उनी थप्छन्, “बनाएको ठाउँमा बेच्न गाह्रो भएकोले गाउँगाउँमा गएर बेच्नुपर्ने बाध्यता छ ।“ उनका अनुसार परिवारका १ दर्जन सदस्य यस पेशामा निरन्तर लागिरहेका छन् ।

उनका बुवा सागर पथरकट्टा जाँतो, सिलौटो बनाएर जीविकोपार्जन गर्दै आएका छन् । पाँच सयदेखि १० हजार रूपैयाँसम्म सिलौटो र ५ सयदेखि १५ हजारसम्ममा एक जोडी जाँतो तथा ३ सयदेखि १५ सयसम्ममा ओखल बिक्री गर्दै आएको रोहनको भनाइ छ । ग्राहकको चाहना अनुसार जति राम्रो बुट्टा बनाउन सकियो । जति धेरै समय दिन सकियो । त्यति रूपैयाँ लिएर बेच्दै आएपनि यस्ता अर्डर कहिलेकाँही मात्र आउने गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ लालापुर्वाकी ज्ञानमता कुर्मीले शरूशुरूमा मसला, अचार पिस्न सिलौटोको प्रयोग र दाल, चामल लगायत पिस्न जाँतोको प्रयोग गर्दै आएपनि विगत पन्ध्र वर्षदेखि यस कामको लागि मिल र घरमै भएको मिक्सर प्रयोग गर्दै आएको जानकारी दिइन् । समयको माग अनुसार महिलाको घरभित्र र बाहिर दोहोरो जिम्मेवारी निर्वाह गर्ने क्रममा घरभित्रको सम्पूर्ण कामको जिम्मेवारीका कारण समयको अभावमा जाँतो र सिलौटो प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै घटेको उनको धारणा छ । “यो पेशाले बल्लतल्ल खान पुगेको छ । अरू केही गर्न सकिएको छैन ।

हाम्रो पुस्तौली पेशा हामीले छोडे कसले गर्ने ? नचाहेर पनि हामी गर्न बाध्य छौं तर समय परिस्थिति अनुसार यसबाट जीविकोपार्जन गर्न कठिनाइ भएको छ“, रोहनका बाबु सागर पथकरकट्टाले भने । उनका तीन छोरा ९–१० वर्षको उमेरदेखि जाँतो र सिलौटो बनाउँदै आएका छन् ।

तीनै दाजुभाई सामान्य लेखपढ गर्न सक्छन् । पुर्खौली पेशालाई निरन्तरता दिन यही पेशामा समर्पित रहेको उनको भनाइ छ । तीन पुस्तादेखि यो पेशालाई निरन्तरता दिएपनि यसको प्रयोग घटेपछि यस पेशाको विकल्पमा आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिने योजना रहेको रमेशले बताए । उनले एक दिनमा एक जनाले १ देखि पाँच वटासम्म सिलौटो र एकदेखि दुई जोडी जाँतो बनाउँदै आएको जानकारी दिए ।

ADVERTISEMENT
Share167Tweet98SendShare
Previous Post

बर्दियामा समस्याग्रस्त बाघ नियन्त्रणमा

Next Post

भारतले जमुनाहा नाकाबाट पूर्वी क्षेत्रमा लगायो काँडेतार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
भारतले जमुनाहा नाकाबाट पूर्वी क्षेत्रमा लगायो काँडेतार

भारतले जमुनाहा नाकाबाट पूर्वी क्षेत्रमा लगायो काँडेतार

सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’

सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’

कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा

कार्यान्वयनमा नआउँदै ऐन संशोधनको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?