ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कार्यान्वयनमा नआउँदै ऐन संशोधनको तयारी

News Desk by News Desk
१२:०१ बिहान, फाल्गुन ३, २०८१
कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा
387
सेयर
383
VIEWS
ShareTweetSendShare

सुर्खेत फागुन ३ गते ।
कार्यान्वयनमा नआउँदै कर्णाली प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको हो । ऐन विभेदकारी भएको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएपछि सरकार संशोधनको निर्णयमा पुगेको हो ।

मन्त्रीपरिषद्को बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । उनका अनुसार परिमार्जित विधेयकलाई पेस गर्ने र परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाइने छ । प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको ऐन प्रदेश सरकारले २०८१ असोज २९ गते जारी गरेको थियो । ‘स्थानीय सेवाको गठन, सञ्चालन र सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०८१’ राजपत्रमा प्रकाशित भएपछि कर्णालीका स्थानीय तहमा कार्यरत कर्मचारीले विरोध जनाएका थिए ।

कर्मचारीको वृत्तिविकास रोक्ने गरी बनेको ऐन विभेदकारी रहेको भन्दै उनीहरू आन्दोलनमै उत्रिएका हुन् । कर्मचारीले राखेको पहिलो समस्या साबिक घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला विकास समितिका मुखिया पदमा कार्यरत रही समायोजन भएका कर्मचारीमाथि विभेद भएको जनाइएको छ । ऐनले यी कर्मचारीलाई वृत्तिविकासको प्रक्रियामा अवरोध पु¥याएको उनीहरूको ठहर छ । ऐनको स्तरवृद्धिसम्बन्धी व्यवस्था संघीय स्वास्थ्य ऐनसँग बाँझिएको छ ।

संघीय ऐनमा ८० प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्तरवृद्धि हुने व्यवस्था पनि कर्णाली ऐनले ९५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कन अनिवार्य बनाएको छ । जसले संविधानको मर्मलाई उल्लङ्घन गरेको आरोप लगाइएको छ । ऐनको दफा २९ ले स्वतः स्तरवृद्धिको व्यवस्था हटाएर भौगोलिक आधारमा २३३ दिन हाजिर अनिवार्य गरेको छ । यो व्यवस्थाले कर्मचारीको वृत्तिविकासमा बाधा पु¥याएको भन्दै आपत्ति जनाइएको हो ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

जारी गरिएको ऐनले प्रदेश सरकारका कर्मचारीका लागि भत्ताको व्यवस्था गरे पनि स्थानीय तहका कर्मचारीलाई यो सुविधा उपलब्ध नगराएको उनीहरूको भनाइ छ । यसले समान हैसियतमा रहेका कर्मचारीबिच विभेद गरेको उनीहरूले बताएका छन् । ऐनको दफा ९ को उपदफा १० मा कम्प्युटर अपरेटर पदका लागि स्पष्ट व्यवस्था नगर्दा कर्मचारीहरू अन्यायमा परेको जनाइएको छ ।

संघीय ऐन अनुसार कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीको पदोन्नति र वृत्तिविकास प्रशासन सेवामा हुने व्यवस्था अन्य प्रदेशमा पनि छ कर्णालीमा भने यसलाई स्पष्ट रूपमा सम्बोधन नगरिएको कर्मचारीको गुनासो छ । विशेष गरी चौथो तहका असिस्टेन्ट सबइन्जिनियर पद गायब हुँदा ती पदमा कार्यरत कर्मचारीले आफूहरूलाई पदविहीन बनाइएको गुनासो गरेका छन् ।

ADVERTISEMENT
Share157Tweet96SendShare
Previous Post

सञ्चालनमा आउँदैनन् ‘फायर हाइड्रेन्ट’

Next Post

फरार अभियोगी २० वर्षपछि पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
फरार अभियोगी २० वर्षपछि पक्राउ

फरार अभियोगी २० वर्षपछि पक्राउ

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

कार्यसम्पादन मूल्यांकनमा राप्तीसोनारी पहिलो

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशसभाको नवौं बैठक आज बस्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?