ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिक्टा सिँचाई आयोजना ४१ प्रतिशत काम सकियो

News Desk by News Desk
१२:४९ बिहान, चैत्र १६, २०८१
सिक्टा सिँचाई आयोजना ४१ प्रतिशत काम सकियो
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके चैत १६ गते ।
बाँकेमा ४३ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउने उद्देश्यका साथ अघि बढेको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको ४१ प्रतिशत काम पूरा भएको छ । आर्थिक बर्ष २०६२÷६३ देखि सिक्टा सिँचाई आयोजनाको काम सुरु भएको थियो । पहिलो पटक १२ अर्बको गुरुयोजना स्वीकृत भएर काम अघि बढेको थियो ।

उक्त गुरुयोजनामा राप्तीसोनारी–२ अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने कार्य योजना मात्रै थियो । बिस्तारै आयोजनाको कार्य क्षेत्र बढ्दै गयो । पूर्वी नहर पनि थपियो । त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा÷प्रशाखाहरू थप हुँदै गए । राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका कामहरू पनि थपिँदै गए । दोस्रो पटक २०७४ सालमा २५ अर्बको गुरुयोजना स्वीकृत भयो ।

पछिल्लो पटक फेरि २०७९ सालमा ५२ अर्बको गुरुयोजना स्वीकृत भएको छ । त्यसै अनुसार अहिले सिक्टा सिँचाई आयोजनाले काम गरिरहेको आयोजना निर्देशक राजु आचार्यले बताए । “अहिलेसम्म २१ अर्ब बराबरको ४१ प्रतिशत काम भइसकेको छ । तर, यसैलाई सुरुको लागतसँग तुलना गर्दा भने शतप्रतिशत भन्दा बढी काम भएको छ । दोस्रो गुरुयोजनासँग तुलना गर्दा पनि करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ,” निर्देशक आचार्यले भने– “कार्य क्षेत्र बढ्दै जाँदा यसको प्रगति घटेको देखिन्छ, त्यसकारण जनमानसमा आयोजनाको प्रगति न्यून भयो भन्ने गुनासो छ, तर वास्तविकता फरक छ ।” अहिले पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेको छ ।

किसानले सिँचाई सुविधा पाएका छन् । पूर्वी नहर पूरै ५२ किलोमिटर बन्न बाँकी भए पनि ४२ किलोमिटर निर्माण भएर पानी पुगिसकेको छ । किसानले पानी पाइरहेका छन् । पश्चिम नहर पनि ५० किलोमिटर निर्माण भइसकेको छ । “सिधनिया शाखामा फुल फ्लेजमा पानी चलिरहेको छ, अकलघरुवामा पानी चलेको छ,” आचार्यले भने–“डुडुवा खोलाबाट पानी आउने पुरानो प्रणाली छ । त्यसमा सिक्टाले मूल नहरको पानी दिने योजना अनुसार पानी चलिरहेको छ तर त्यो जीर्ण र पुरानो भएकाले आधुनिकीकरण र पुनःस्थापना गर्न भर्खरै टेण्डर गरेका छौँ । पश्चिम क्षेत्रमा सबैभन्दा ठूलो कमाण्ड डुडुवाकै छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

पश्चिमको कमाण्ड एरिया ३२ हजार हेक्टर मध्ये १६ हजार डुडुवाकै छ ।” कतिपय ठाउँमा किसानहरुले पम्पसेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैँले पनि चार वटा लिफ्ट सिँचाई बनाइदिएको छ । नहरको पानी नपुग्ने अग्लो ठाउँमा बनाउन थालिएको लिफ्टको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पूर्वी नहरमा पनि फत्तेपुर कमाण्ड एरियामा २००० हेक्टरका लागि पानी दिइसकेको छ । पुरानो राजकुलोमा पनि पानी चलिरहेको छ । त्यहाँ पनि आधुनिकीकरण र पुनःस्थापनाको काम भइरहेको छ ।

४३ हजार हेक्टरमा सिँचाई सुविधा पु¥याउने उद्देश्य रहेकोमा अहिले २१ हजार हेक्टरमा आंशिकरुपमा सिँचाई भइरहेको छ, आयोजना निर्देशक आचार्य भन्छन्, सिक्टाप्रतिको नकारात्मक धारणा हटाउनु अहिले ठूलो चुनौती छ, बस्ती विकासको प्रवृत्तिलाई व्यवस्थित गरेर सिञ्चित क्षेत्र जोगाउन पनि चुनौती नै छ, निकुञ्ज क्षेत्रमा वातावरणमैत्री काम गर्नुपर्नेछ । मुआब्जा पनि आयोजनाको प्रमुख चुनौतीकै रुपमा देखिएको छ । आचार्यका अनुसार गुरुयोजनामा करिब ४४० हेक्टरमा मुआब्जा दिने उल्लेख छ । करिब १७० हेक्टरको मुआब्जा वितरण पनि भइसकेको छ ।

तर, मुआब्जालाई पनि क्रमशः न्यूनीकरण गर्दै जाने नीति आयोजनाको छ । “बाँध र मूल नहरमा हामीले मुआब्जा दिइसक्यौँ, अब शाखा÷प्रशाखाहरू जहाँ सानो÷सानो नहर बन्छ त्यस्तो ठाउँमा मुआब्जा हटाउने नीति छ,” आचार्यले भने–“निश्चित मापदण्ड बनाएर खेतीयोग्य र धेरै जमिन जानेको हकमा मुआब्जा दिने तर अन्यको हकमा निरुत्साहित गर्ने लक्ष्य छ ।” स्वीकृत पछिल्लो गुरुयोजना अनुसार आर्थिक बर्ष २०८९÷९० मा सिक्टा सिँचाई आयोजनाको काम सक्ने लक्ष्य छ ।

ADVERTISEMENT

तीन चरणमा काम बाँडिएकोमा अहिले दोस्रो चरण चलिरहेको छ । आयोजना निर्देशक आचार्यका अनुसार आर्थिक बर्ष २०८२÷८३ सम्म दोस्रो चरण चल्छ । त्यसपछि बाँकी ५ वर्षको तेस्रो चरण हुन्छ । तेस्रो चरणमा पश्चिम नहरको विस्तार गर्ने काम, पूर्वी नहर अन्तर्गत नरैनापुर क्षेत्रको पूरै काम बाँकी छ । बजेट पनि चुनौतीकै रुपमा छ । चालू आर्थिक वर्षमा १ अर्ब ५५ करोड विनियोजन भएको छ । तर, गुरुयोजना अनुसार ३ अर्ब हुनुपर्ने हो ।

यसले पनि वार्षिक लक्ष्य हासिल गर्न चुनौती थपिदिएको उनको भनाइ छ । आकाशे खेतीको भर पर्नुपर्ने बाँकेवासीका लागि बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माणाधीन सिक्टा सिँचाई आयोजना यस क्षेत्रका लागि बरदान साबित हुने विश्वास लिइएको छ ।

Share159Tweet99SendShare
Previous Post

रविन्द्र मिश्र, धवलशमशेर जबरा र स्वागत नेपाल पक्राउ

Next Post

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने पुष्कर खतिवडा पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने पुष्कर खतिवडा पक्राउ

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने पुष्कर खतिवडा पक्राउ

पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना

पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?