ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय

News Desk by News Desk
१:१६ बिहान, बैशाख १३, २०८२
बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १३ गते ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन तथा पर्यटकलाई निकुञ्जभित्र घुमफिरमा सहज बनाउनका लागि नेचर गाइड (प्रकृति पथ प्रदर्शक) एसोसिएसनको सम्पर्क कार्यालय बाँकेको कोहलपुरमा स्थापना गरिएको छ ।

पर्यटकलाई घुमाउनका लागि मध्यवर्ती क्षेत्रका अहिले १५ जना लाइसन्स प्राप्त नेचर गाइड रहेका छन् । जंगल तथा वन्यजन्तु तथा वनस्पतिका बारेमा ११ दिनको पूर्व तालिम दिएर १५ जना नेचरगाइड तयार पारिएको हो । बाँके राष्ट्रिय निकुञ्ज तथा जेडएसएलले नेचरगाइड एसोसिएसन बाँकेलाई चार वटा दुरबिन प्रदान गरेको छ ।

नेचरगाइड एसोसिएसन बाँकेका अध्यक्ष भीमबहादुर डागीले स्वदेशी तथा विदेशी पाहनालाई सरक्षित तरिकाले निकुञ्ज घुमाउन तथा निकुञ्जको प्रचारप्रसार बढाउन नेचर गाइडको प्रमुख भूमिकामा रहने बताए । ‘पाहुनालाई कसरी स्वागत गर्ने निकुञ्जको प्रचारप्रसार कसरी बढाउने मुख्य जिम्मेवारी नेचर गाइडको हो ,’ उनले भने, ‘एउटा घुमेर गएको पाहुनाले अरुलाई घुम्न ल्याउन भन्ने वातावरण निर्माण गराउन जरुरी छ ।’

निकुञ्जमा घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको छ । निकुञ्जमा घुम्न जीप सफारी, हात्ती सफारीको व्यवसथा गरिएको छ । निकुञ्जमा स्वदेशीलाई प्रतिव्यक्ति १०० रुपैयाँ सार्क राष्टकालाई ७५० रुपैयाँ, विदेशी नागरिकलाई १५ सय प्रवेश रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जमा सजिलै वन्यजन्तु देख्न सकिने, निकुञ्जमा जीप सफारीका लागि सबै नाका खुल्ला भइसकेको बताए । ‘वन्यजन्तुका लागि बासस्थान व्यवस्थापन भएसँगै बाघ, चौका, जरायो लगायका वन्यजन्तुको अवलोकन सहज भएको छ । त्यसैले निकुञ्जले पर्यटकको सहजताका लागि कार्यालय स्थापना गरिएको हो,’ उनले भने, ‘सबै पक्षले पर्यटक भित्राउनेतर्फ ध्यान पु¥याउन सक्यौँ भने संरक्षणलाई सम्वृद्धितर्फ जोडन सम्भव छ ।’

निकुञ्जमा स्थापनाको छोटो समयै संरक्षणमा रहेका साझेदार संस्थाको सक्रियताले गर्दा मानव वन्यजन्तुबीचको द्वन्द्वसमेत घट्दै गएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताए । पछिल्लो समय मध्यवर्ती क्षेत्रका नागरिक वनजंगलको परनिर्भरतालाई घटाउँदै गएका छन् । जसकारण मध्यवर्ती क्षेत्रका नागरिक आयआर्जनमासमेत जोडिन थालेका छन ।

नेचरगाइडहरुले आफ्नो क्षमतालाई अब्बल बनाउनुपर्ने र निकुञ्जको प्रचार प्रसारका लागि एम्बास्डरको रुपमा आफूलाई स्थापित गर्नुपर्ने तराई भूपरिधि परियोजनाका प्रबन्धक रामकिशोर यादवले बताए । जेडएसएल नेपाल कोहलपुर कार्यालयका प्रमुख सन्जय कँडेलले नेचरगाइहरुलाई चाहिने प्रविधिक सहयोग गरिरहेको सुनाए ।

ADVERTISEMENT

नेचरगाइड एसोसिएसनका सल्लाहकार कृष्ण चौधरी बाँके राष्ट्रिय निकुञ्ज छ भनेर सबैले प्रचारप्रसार बढाएमा पर्यटकको कुनै दिन कमी नहुने बताए । कार्यक्रममा एनटिएनसी बर्दिया प्रमुख अजित तुम्बाहाम्फे, रण बम गण गणपति प्रमुख सेनानी प्रवीन थापा, नेचरगाइड र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षको सहभागिता रहेको थियो ।

निकुञ्जभित्र बाघको संख्या चारबाट बढेर अहिले पच्चिस पुगेको छ । आहारा प्रजातिको संख्या पनि बढेको छ । पर्यटनलाई केन्द्र बिन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसे–मैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

Share154Tweet96SendShare
Previous Post

बाँके र बर्दियामा विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा

Next Post

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना हुँदा ३६ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना हुँदा ३६ जनाको मृत्यु

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

कश्मीरमा आतंकी हमलापछि जमुनाहा नाकामा कडाइ

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रचण्ड आज बाँके आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?