बाँके जेठ ७ गते ।
वडा प्रहरी कार्यालय नेपालगन्जले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँ नजिकबाट ४ लाख ९७ हजार ५०० सय रुपैयाँ मूल्य पर्ने मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
वडा प्रहरी कार्यालयकाबाट खटिएको गस्ती टोलीले मंगलबार राती ९ बजे भारतबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा विभिन्न थरिका मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास १ हजार ९ सय ९० पिस बरामद भएको उनले बताए ।
प्रहरी टोलीलाई देख्ने बित्तिकै भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा भित्र्याउँदै गरेको सामान छोडेर तस्करहरू भागेपछि बेवारिसे अवस्थामा प्रहरीले उक्त सामान फेला पारेको प्रहरी निरीक्षक बमले बताए । सामान बरामद भए पनि सम्बन्धित ब्यक्ति पक्राउ नपरेको उनले बताए ।
बरामदी सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बुझाईएको प्रहरी निरीक्षक बमले बताए ।













Discussion about this post