
बर्दिया मंसीर २ गते । नेपाल पत्रकार माहासघं बर्दियाले बढैयाताल गाउँपालीकाले जारी गरेको सञ्चार सम्बन्धी कार्यविधीको बिरोध गरेको छ ।
गाउँपालीकाले लागु गरेको एफएम इजाजतपत्र रद्द गर्न सक्ने प्रावधानसहितको सञ्चारसम्बन्धी कार्यविधि प्रति आपत्ति जनाउँदै सच्चायाउन माग गरेको छ । महासंगले गाउँसभा ले जारी गरिएको एफएम रेडियो ब्यवस्थापन तथा सन्चालन कार्यविधिमा एफएम रेडीयोको इजाजत पत्र रद्ध गर्दै प्रशारणमा समेत रोक लगाउनु गैर संवैधानिक कदम रहेको ठहर गरेको छ ।
संविधानले प्रेस स्वतन्त्रताको पुर्णप्रत्याभुती गरेको बेला र सरकारले समेत संचारनिति सार्वजनिक नगरेको अवस्थामा गाउँपालिकाले संचारक्षेत्रलाई नियमन गर्न सक्ने प्रावधान राख्नु नै आपत्तीजनक बिषय रहेको जनाएको छ ।पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघ , संचारकर्मी लगायत सरोकारवालाहरुको राय, सुझाव विना गरियको संचारनिति तत्काल सच्चाउन जोडदार माग गर्दै विज्ञप्ती जारी गरेको छ । यदी नसच्चाईए कडा आन्दोलनमा उत्रने पत्रकार महासंघ बर्दिया ले जनाएको छ ।









Discussion about this post