ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी

News Desk by News Desk
८:१२ बिहान, असार ८, २०८२
लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी
415
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन् ।

पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो ।

आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् ।

तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन् । ‘त्यसपछि उहाँले अरू दुई वटा चेक दिनुभयो, त्यो पनि साट्न जाँदा सबै बाउन्स भए,’ उनले भनिन् । सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा उनले दायर गरेकी हुन् ।

आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पार्टीमै दुवै जनाबिच चिनजान भएको हो । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमनबिच घनिष्ठ बनेका थिए । यतिसम्म कि, कार्यक्रमका लागि पर्सा आएकी सुमन होटल छाडेर आशाको घर बस्थिन् ।

ADVERTISEMENT

दुई दिनको पार्टीको कार्यक्रम सके पनि सुमन विभिन्न बहानामा १० दिनसम्म आफ्नो घरमा बस्ने गरेको आशाले बताइन् । १० दिनमै आफ्नो परिवारसँग सुमन घुलमिल हुन सकेको पनि उनले बताइन् ।

पैसा छैन भनेर होटलमा बसेको र खानपिन गरेको २० हजारभन्दा बढी रकम आशाबाटै सुमनले तिर्न लगाएकी थिइन् । ‘दुःखमा परेको छ, पैसा छैन, होटलबालाले बेइज्जत गर्छ, आफ्नै पार्टी नेतृ त्यसमा पनि महिला बेइज्जत हुनु राम्रो होइन भन्दै होटलको पैसा तिर्न सुमनलाई नगदै २० हजार रुपैयाँ पनि दिएको थिएँ,’ आशाले दाबी गरिन् ।

वीरगञ्जमा आशाको कपडाको पसल पनि छ, सुमनले सो पसलबाट थुप्रै कपडाहरू पनि उधारोमा लैजाने गरेकी थिइन् । ‘उसले जे मागे पनि पु¥याउँदै गएँ, प्रदेश सभाका सदस्य भएकाले पैसा फिर्ता आउला भन्ने लागेको थियो,’ उनले भनिन् ।

सुमनले आफूलाई बहिनी भन्ने गरेको र घरका सबै सदस्यले उनलाई माया गर्ने गरेका उनी बताउँछिन् ।

‘मन्त्री बन्न लागेको भन्दै यो गराइदिन्छु, त्यो गराइदिन्छु भन्दै मबाट पाँच लाख रुपैयाँ लानुभयो,’ आशाले भनिन्, ‘मैले पैसा लिनुस् काम चलाउनुस् र समयमा फिर्ता दिनु होला भनेँ ।’

यसबारे सबै कुरा आफूले जनमत पार्टीमा पटक–पटक भने पनि कसैले चासो नदिएपछि मुद्दामा जानुपरेको उनले बताइन् ।

Share167Tweet104SendShare
Previous Post

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

Next Post

जानकीको बजेट आज सार्वजनिक हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद
अपराध

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

१२:१७ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
Next Post
जानकीको बजेट आज सार्वजनिक हुने

जानकीको बजेट आज सार्वजनिक हुने

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

कृष्णसारको संख्या बढेर २ सय ५५ पुग्यो

कृष्णसारको संख्या बढेर २ सय ५५ पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?