बाँके असार १० गते ।
अवैध सामान नियन्त्रणमा बाँके प्रहरी सक्रिय भएको छ । बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरको कडा निर्देशन पछि मातहतका प्रहरी कार्यालयहरु अवैध तस्करी नियन्त्रणमा खरो रुपमा लागेका हुन् ।
एसपी घर्तीमगरको निर्देशन पछि वडा प्रहरी कार्यालय नेपालगन्जले दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान नेपालगन्जबाट बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।
सोमवार तीन लाख नौ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको वडा प्रहरी कार्यालयले मंगलवार सात लाख रुपैयाँ पर्ने मोवाइल फोनका सामान बरामद गरेको उनले बताए । ‘एसपी सावको निर्देशन र आदेशपछि मातहतका प्रहरी कार्यालयहरु अवैध सामान नियन्त्रण गर्न कडा रुपमा प्रस्तुत भएका छन्,’ उनले भने ।
वडा प्रहरी कार्यालयले मंगलवार अवैध भन्सार छली गरि नेपालगन्ज ल्याइएको मोबाइल फोनको डिसप्ले बरामद गरेको डिएसपी पातलीले बताए । उनका अनुसार वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नं. २१ विर्ताबाट मोवाइल फोनको डिसप्ले बरामद गरेको जानकारी दिए । ‘भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा सात लाख मुल्य बराबरको मोवाइल फोनको डिसप्ले बरामद भएको छ,’ उनले भने ।
प्रहरीले चार लाख मुल्य बराबरको दुई सय थान मोसन कम्बो टच मोवाइलको डिसप्ले र तीन लाख नौ हजार मुल्य बराबरको ३०९ थान सर्भिक प्याक डिसप्ले बरामद गरेको छ ।
त्यसैगरी बाँके प्रहरीले सोमवार तीन लाख मूल्य बरावरको अवैध सामान बरामद गरेको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्व टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ न्युरोड स्थित कृषि बिकास बैंक नजिकै रहेको एक गोदामबाट तीन लाख रुपैया पर्ने अबैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी पातलीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले ३ सय थान कुर्ता, ५२ थान राम्रो कुर्ता, ६८ प्याकेट रातो रुमाल, ४७ पोका लेडिज ब्रा ९० थान कुर्ता बरामद गरेको छ । बरामद भएका सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
‘भारतबाट अवैध रुपमा सामान भित्रिरहेको जनगुनासो आएपछि बाँके प्रहरी अवैध सामान नियन्त्रण गर्न कसिएको छ । एसपी सावले पनि मातहतका कार्यालयलाई अवैध सामान नियन्त्रणमा सक्रिय भएर लाग्न निर्देशन दिनु भएको छ,’ उनले भने ।













Discussion about this post