ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

News Desk by News Desk
१२:०८ मध्यान्ह, असार २२, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
424
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके असार २२ गते ।
शान्ति र सद्भावको सन्देश दिँदै इस्लाम धर्मावलम्बीले आज ताजिया बिसर्जन गर्दै छन् । १० दिनसम्म मनाउने पवित्र पर्व मोहर्रमले देशमा शान्ति र सद्भाव एवं भाइचारा कायमै रहोस भन्ने कामना सहित आज ताजिया बिसर्जन गर्न लागेको मोहर्रम व्यवस्थापन समिति धमबोझिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले बताए ।

दस दिनसम्म निरन्तर रातभरी विभिन्न जुलुस, महतम र मिलान गरेर मनाइएको सो पर्वको अन्तिम दिन आइतवार विभिन्न स्थानबाट ताजियाका साथ निस्कने जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गर्ने कार्यक्रम रहेको उनले बताए । ताजिया विसर्जन जुलुसमा सबै धर्म, सम्प्रदायका सर्वसाधारणको सहभागिता रहने उनको भनाई छ ।

मोहर्रम पर्व सबै धर्मको साझा भएको नेपालगञ्ज फुल्टेक्राका प्रदिप शाहले बताए । उनले मोहर्रम शान्तिको प्रतिक भएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।

मोहर्रमको नवौं दिन शनिबार राति नेपालगन्जको घर घरमा ताजिया राखेर झिलिमिली पारी बजारलाई नै सिँगारिएको थियो । रातभरि स्थानीयले जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए । सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर रातभरि ताजियाको दर्शन र सहरको झिलिमिली अवलोकन गरेका थिए ।
इराकको कर्बलामा शहीद हुनुभएका इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदका नातिहरु हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

उनीहरुकै शहादतको सम्झनामा अरबी क्यालेण्डर अनुसार मोहर्रम महिनाको पहिलो दसदिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा रहेको अध्यक्ष हिमालयले बताए ।

’कागज र काठबाट बनाइएका ताजियालाई नौ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरि जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पूरा भएपछि ताजिया राख्ने गरिन्छ,’ उनले भने ।

मोहर्रमलाई लक्षित गरि नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ।
मोहर्रम पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले बताए । मोहरर्रम पर्वलाई सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी र सशस्त्र प्रहरीका गरेर करिब सातसय भन्दाबढि सुरक्षाकर्मी परिचालन गरि ड्रोनबाट निगरानी बढाइएको छ,’ उनले भने, ’संवेदनशील स्थलहरुको पहिचान गरी ती ठाउँहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै ड्रोनबाट निगरानी भइरहेको छ ।’

ADVERTISEMENT

मोहरर्रम पर्वलाई सभ्य, भब्य र शान्तिपूर्ण बनाउन नेपालगन्जमा कडा सुरक्षा व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बताए ।

मोहर्रमलाई लक्षित गरी प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मोहर्रम पर्वलाई सभ्य, भब्य र शान्तिपूर्ण बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

मोहर्रमको ताजिया सेलाउन जाने क्रममा त्रिबेणी मोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै जातजातिको संस्कार र पर्वको सम्मानले मात्र सद्भाव बढ्ने बताउँदै उनले नेपालगञ्ज साचिकै सद्भावको सहर भएको धारणा राखे । ’नेपालगंजमा बसोवास गर्नेहरुले एक अर्काको धर्म प्रति गरेको सम्मानले सद्भावको सहर बनाउन सहयोग गरेको छ,’ उनले भने ।

ताजिया बिसर्जन गर्न जाने क्रममा सर्वसाधारणले घरको छतबाट अवलोकन गरेका थिए भने सुरक्षाकर्मीले समेत छतमा बसेर सुरक्षा दिएका थिए ।

Share173Tweet105SendShare
Previous Post

बाँकेमा छोराद्वारा बाबुको हत्या

Next Post

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

कोहलपुरद्धारा ११८ जना बिरामीलाई उपचार सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?