ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

News Desk by News Desk
११:०९ मध्यान्ह, कार्तिक २१, २०८२
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने
409
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २२ गते ।
नागरिक उड्डयन प्राधिकरणका महादिर्शेक प्रदीप अधिकारीले नेपालगञ्जबाट भारतका केही ठुला शहरहरुमा छिटै हवाई उडान शुरु गरिने बताएका छन् ।

बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न गरिएको सुविधायुक्त नयाँ टर्मिनल भवनको शुक्रवार अनुगमन निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

महादिर्शेनक अधिकारीले अन्तर्राष्ट्रिय उडान गर्ने गरी यो नयाँ टर्मिनल भवन निर्माण गरिएको जनाउँदै अब छिटै उडान शुरु गर्ने प्रक्रिया पनि शुरु गरिने बताए । उनले यो विमानस्थलमा अहिले उडान भरिरहेका विभिन्न कम्पनीका विमानबाटै भारतको लखनउ, दिल्ली र बनारस लगायतका शहरहरुमा उडान गर्न सकिने भएकोले त्यसको प्रक्रिया शुरु गरिने बताए ।

सो सम्बन्धमा यसअघिबाट नै नेपाल र भारत सरकारका बिच छलफल भइरहेको जनाउँदै महानिर्देशक अधिकारीले टर्मिनल भवन निर्माणबाट सो कार्य छिटै सम्भव हुने बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहितको टोलीलाई टर्मिनल भवनको बारेमा निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रमुख रमेश शर्मा र नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

अनुगमन टोलीमा नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपेन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो । सो टोलीले ओके गरेपछि मात्र टर्मिनल भवन हस्तान्तरण गरिने निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले बताए ।

भ्याटबाहेक कुल दुई अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँको लागतमा टर्मिनल भवन निर्माण गरिएको हो । २०७९ पुसबाट काम शुरू गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् २०८२ पुसमा काम सक्ने गरी काम सकारेको थियो । तर यो कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो ।

नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् ।

ADVERTISEMENT

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकिङ काउन्टर १४ वटा, भिआइपी रूम तीन वटा, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन चेकजाँचका लागि अलग अलग कोठाहरू निर्माण गरिएका छन् ।

भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि अलग अलग यात्रु प्रस्थान र आवागमन ढोकाहरू तयार गरिएको छ । पिकआवरमा नवनिर्मित टर्मिनल भवनको यात्रु क्षमता प्रति घण्टा ६२८ छ ।

नयाँ टर्मिनल भवनभित्र बगैंचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ ।

सो नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा छ ।

त्यस्तै, नयाँ टर्मिनल भवनको परिसरमा सवारी साधन पार्किङको छुट्टै ठाउँ पनि निर्माण गरिएको छ । त्यहाँ मोटरसाइकल १५५, इभी गाडी चार्जिङ स्टेसनसहित १० गाडी, फोर ह्विल सानो गाडी १०२, बसहरू पाँच वटा, अटो रिक्सा ३० वटा पार्किङ गर्ने पार्किङस्थल निर्माण गरिएको छ ।

Share164Tweet102SendShare
Previous Post

बाँके प्रशासनमा अवरुद्ध राहदानी सेवा सुचारु

Next Post

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post
प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?