ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

खाद्यले खरिद क्षमता बढाउनु पर्ने बाँकेका किसानको माग

News Desk by News Desk
९:४९ मध्यान्ह, कार्तिक २६, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २७ गते ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान जयपाल मौर्यले यो वर्ष करिब तीन सय क्वीन्टलभन्दा बढि धान उत्पादन गरेका छन् । व्यावसायिक खेतीमा सक्रिय जयपालले धेरै परिमाणमा धान उत्पालन गरेपनि सरकारले तोकेको मूल्य नपाउने भएका छन् । व्यावसायिक किसानका रुपमा परिचित मौर्यले खेतीलाई नै मुख्य आधार बनाएर परिवारको जीवीकोपार्जन गर्दै आएका छन् ।

नमूना कृषक भएपनि जयपालले उत्पादन गरेको धान सरकारी मूल्यमा बिक्री नहुने भएपछि गाह्रो भएको बताउँछन् । ‘‘उत्पादन गरिएको धान गरिएको धान सरकारले तोकेको मूल्यमा बिक्री गर्न पाए राम्रो हुन्थ्यो,’’ उनले भने, ‘‘तर बिक्री गर्न नपाउने भएकाले गाह्रो हुने भयो । हामीले खेतमा लगाएको श्रम पसिनाको मूल्य नआउने भयो ।’’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने धानको कोटामा उनले उत्पादन गरेको धान बिक्री गर्न पाएका छैनन् । कोटा निर्धारण गरिएको दुई दिनमै बिक्री गर्नका लागि बाँडिने कुपन बन्द गरिएपछि उनले कुपन लिन पाएनन् । खाद्यले कुपन वितरण खोलेको २४ घण्टाभित्रै कुपनबन्द भएपछि आफुहरुले लिन नसेकेको उनले बताए । खाद्यले खरिद गर्ने क्षमता निकै कम छ जसका कारण दुई दिनमै कुपन वितरण बन्द गर्नु पर्ने अवस्था छ । जसका कारण बाँकेका किसानले उत्पादन गरेको धान सस्तो मुल्यमा बिक्री गर्नु पर्ने अवस्था सिर्जना भइरहेको छ ।

कुपन नपाएकाले अब सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आएको उनको भनाइ छ । ‘‘कुपन नै पाइएन कुपन पाएको भए सरकारको मूल्य अनुसार आफ्नो धान बिक्री गर्न सकिन्थ्यो,’’ मौर्यले भने, ‘‘तर अब बाध्यताले पनि सस्तोमा बेच्ने बाहेक विकल्प नै भएन ।’’ कम्पनीले कोटा लागू गरेपछि किसानलाई आफ्नो उत्पादन बिक्रि गर्न नपाउने चिन्ताले सताएको छ । किसानलाई सरकारले सहयोग गर्ने हो भने खाद्यले खरिद गर्ने क्षमता हरेक वर्ष बढाउँदै लग्नु पर्ने बताउँछन् जयपाल मौर्य ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

यस्तै, बाँके डुडुवा गाउँपालिका वडा नम्बर २ का किसान बृजमोहन गुप्ताले आफुले कुपन पाएपनि सरकारी मूल्यमा बिक्री गर्न सकिँदैन भन्ने चिन्ता भएको बताए । उनका अनुसार खाद्यले निर्धारण गरेको कोटामा धान बिक्री गर्न पाउने कुपन पाए पनि उनको पालो आउँदासम्म कोटानै पूर्ण हुने अनुमानले चिन्ता बढाएको हो ।

उनले यो पटक करिब ९० क्वीन्टलभन्दा बढि धान उत्पादन गरेका छन् । ‘‘कम्पनीमा बिक्री गर्न पाइयो भने राम्रै हुन्थ्यो,’’ उनले भने, ‘‘बिक्री गर्न पाइन भने बाहिरै भए पनि लगानी उठाउनुपर्ला ।’’ किसानले कम्पनीमा धान बेच्न पाएको भए उत्पादनमा गरेको लगानीभन्दा थप केही रकम आम्दानी गर्न पाउने थिए । तर निर्धारण गरिएको कोटाका कारण बाँकेका अधिकांश किसानले सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न नपाउने भएकाले आम्दानी गर्न नपाउने भएका हुन् ।

यस वर्ष जिल्लामा एक लाख ५६ हजार दुई सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्वीन्टल मात्र खरिद गर्ने भएपछि उनीहरुलाई आफ्नो उत्पादन बिक्री नहुने चिन्ताले सताएको हो ।

ADVERTISEMENT

बाँके नरैनापुरका किसान त्रिभुवन यादवलाई यस वर्षको धान बिक्री नहुने चिन्ताले सताएको छ । ‘‘उत्पादन बढेको छ । बाहिर व्यापारीले सरकारी मूल्यमा खरिद गर्दैनन,’’ उनले भने, ‘‘राख्नलाई घरमा ठाउँ पनि छैन कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ ।’’

कम्पनीले भण्डारण लगायतको समस्या देखाउँदै सिमित कोटामा धान खरिद गर्ने भएपछि मर्कामा परेका छन् । यता कम्पनीका प्रमुख रामशरण लामिछानेले गतवर्षकै २० हजार क्वीन्टलभन्दा बढि चामल गोदाममा रहेकाले उपलब्ध कोटाको आधारमा धान खरिद गर्ने बताए । ‘‘गत वर्ष नै खरिद गरिएको धान बिक्री नभएर गोदाममा थन्किएको छ,’’ उनले भने, ‘‘अहिले खरिद गरिरहेको धान पनि बल्ल–बल्ल राख्ने व्यवस्थापन गरिएको छ ।’’

कम्पनीले यस वर्ष मोटा धान १५ हजार क्वीन्टल र मध्यम धान पाँच हजार क्वीन्टल किसानबाट खरिद गर्ने कोटा निर्धारण गरेको छ । बाँकेमा यसवर्ष मोटा धानप्रति क्वीन्टल तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रति क्वीन्टल तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

तर यो मूल्यमा व्यापारीले किसानको धान खरिद नगर्ने भएकाले किसान मर्कामा परेका छन् । कतिपय किसानले दुई हजार छ सयदेखि दुई हजार आठ सय रुपैयाँमा बिक्री गर्न बाध्य छन् । सरकारले बाँकेमा उत्पादन अनुसारको धान खरिदका लागि कोटा बढाउनुपर्ने यहाँका किसानले माग गर्दै आएका छन् ।

Share151Tweet94SendShare
Previous Post

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

Next Post

बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

खरानीमाथि उठ्दै बाँके : सिडिओको सहजीकरणमा सरकारी सेवा पूर्णरुपमा सुचारुको प्रयास

खरानीमाथि उठ्दै बाँके : सिडिओको सहजीकरणमा सरकारी सेवा पूर्णरुपमा सुचारुको प्रयास

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?