ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

News Desk by News Desk
१०:२६ मध्यान्ह, पुस २८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
398
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके पुस २९ गते ।
यस वर्ष बाँकेमा एक लाख ६० हजार मेट्रिकटन अर्थात १६ लाख क्विन्टल धान उत्पादन भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले केवल २० हजार क्विन्टल मात्र धान खरिद गरेको छ । निर्धारित कोटा २० हजार क्विन्टल रहेकोमा २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद भइसकेकोले कम्पनीले धान खरिद गर्न बन्द गरिसकेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा १६ लाख क्विन्टल धान उत्पादन भएको छ । १६ लाख क्विन्टल धान उत्पादन भएको जिल्लामा २० हजार क्विन्टल मात्र धान खरिद गरेर सरकारले नै किसानलाई गम्भीर समस्यामा पारेको स्थानीय किसानहरूको गुनासो छ ।

कोटा पूरा भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अधिकांश किसानको धान खरिद नगरेपछि बजारमा सस्तो मुल्यमा धान बिक्री गर्नु पर्ने बाध्यताका कारण लागत पनि नउठ्ने चिन्ताले सताएको बाँके जानकी ५ का किसान विजय बर्माले दुखेसो गरे ।

उनले आफूले धान बिक्रीका लागि टोकन पाए पनि धान लिएर जाँदा कोटा पूरा भएको भनि फिर्ता पठाइएको हुँदा बजारमा सस्तोमा बिक्री गर्नुको विकल्प नरहेको बताए ।

सम्बन्धित समाचार

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

यस्तै बाँकेको जानकी ५ कै अर्का किसान सियाराम यादवले पनि सरकारले धान खरिद नगर्दा कसरी धान बिक्री गर्ने भन्ने चिन्ताले सताएको बताए । उनले सरकारले तोकेको भन्दा निकै कम मूल्यमा व्यापारीले धान खरिद गरिरहेको जनाउँदै लागत नै नउठ्ने जस्तो देखिएको गुनासो गरे ।

सोही प्रकारले डुडुवा २ का अग्रणी किसान राम अवतार मौर्यका अनुसार, सरकारले धान खरिद नगर्दा गल्ला व्यापारीले मनोमानी गर्दै समर्थन मूल्यभन्दा निकै कममा धान खरिद गरिरहेका छन् । उनले पहिले व्यापारीले प्रतिक्विन्टल दुई हजार पाँच सयसम्म मूल्य दिँदै आएकोमा अहिले खाद्यले खरिद रोक्दा दुई हजारमै खरिद गरिरहेको बताए ।

यसैगरी जानकी ६ का किसान रामकरण पालले पनि सरकारले अलिकतिमात्रै धान खरिद गरेर खरिद गरेको नाटकजस्तो गरेको जनाउँदै धेरै किसानले बजारमा सस्तो बिक्री गर्नुपर्ने अवस्था रहेको बताए । उनले अवस्था यस्तै रह्यो भने आगामी वर्षबाट धान खेती गर्न नै नसकिने अवस्था सृजना  हुनसक्ने बताए । मुल्य नपाएपछि खेतीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रश्न समेत किसान पालको छ ।

ADVERTISEMENT

नेपाल सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको समर्थन मुल्य तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । तर गल्ला व्यापारीहरूले समर्थन मूल्यभन्दा डेढ हजार कममा धान खरिद गर्ने गरेका छन् । जसले गर्दा लागत मुल्य नै नउठ्ने चिन्तामा किसानहरू दुखी छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बाँकेका लागि २० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरिएकोमा सो कोटा पूरा भइसकेको र कोटा थप नहुँदा खरिद बन्द गरिसकिएको बताए ।

उनले यस वर्ष धान बिक्री गर्न ७२१ जना किसानले स्थानीय तहको सिफारिस लिएर आएकोमा कोटा पूरा भएपछि ५३६ जना किसानसँग मात्र धान खरिद गरिएको जानकारी दिए ।

 

Share163Tweet98SendShare
Previous Post

जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब

Next Post

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

आज माघे संक्रान्ति पर्व मनाइँदै

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

लोप हुँदै आगुन्तक पन्छीहरु

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?