ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब

News Desk by News Desk
२:०७ बिहान, पुस २८, २०८२
जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशका युवा पुस्तामा राजनीतिक चेतना जागेको जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आइतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय जेनजी युवापुस्ता र राजनीतिक दलका प्रतिनिधिबिच गरिएको छलफल कार्यक्रममा जेनजी प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

जेनजी प्रतिनिधि सन्ध्या गैरेले जेनजी आन्दोलनपछि देशको युवापुस्तामा राजनीतिक चेतना जागेको र राजनीतिप्रति लगाव बढेको बताउनु भयो । उहाँले आन्दोलन अघि देशमा व्याप्त भ्रष्टाचार, बेथिति तथा बेरोजगारीका कारण युवा पुस्ताले राजनीतिप्रति घृणा गर्नेगरेको उल्लेख गर्दै अहिलेको राजनीतिक परिवर्तन ल्याउन जेनजी पुस्ताले गरेको आन्दालेनले चेतना बढाएको उल्लेख गर्नु भयो ।

जेनजी प्रतिनिधि रमेश वरले जेनजी आन्दोलनपछि आएको परिवर्तित व्यवस्थामा हरेक तह र क्षेत्रमा जेनजी युवाको सहभागिता हुनु पर्ने बताउनु भयो । अर्का जेनजी चन्द्रप्रकाश जैसीले राजनीतिक दलमा युवाको प्रतिनिधित्व र सहभागिता दयनीय रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

युवा लालबहादुर खड्काले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्धका आन्दोलनकारीलाई अझैसम्म आतङ्ककारीको बिल्ला भिराउनु गलत भएको बताउनु भयो ।

जेनजी उमेर समूहकै नियोक कार्यक्रम संयोजक प्रार्थना थापा क्षेत्रीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले जेनजी आन्दोलनका कारण राजनैतिक दलमा पनि परिवर्तन सुरु भएको उल्लेख गरेका थिए । नेपाली कांग्रेस बाँकेका सचिव एवम् बाँके क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनुभएका सुधांशु जोशीले जेनजी आन्दोलनकै कारण आफूलाई पार्टीले युवाका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारका रूपमा छनोट गरेको बताउनु भयो ।

ADVERTISEMENT

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आइपी खरेलले राजनीतिमा धैर्यता आवश्यक भएको हुँदा जेनजी प्रतिनिधिहरूले धैर्य गर्न सिक्नु पर्ने बताउनु भयो । नियोकका केन्द्रीय अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटीले निर्वाचन अनुगमन सुदृढ गर्नका लागि र निर्वाचन पर्यवक्षण गर्नका लागि सन् १९९० देखि नियोकको स्थापना गरी हालसम्मका सम्पूर्ण निर्वाचनमा सक्रियपूर्वक पर्यवेक्षण गर्दै आइरहेको उल्लेख गर्नु भयो ।

बाँकेका प्रजिअ दिलकुमार तामाङले जिल्लामा शान्ति सुरक्षा र निर्वाचनका तयारीका बारेमा सम्पूर्ण सरोकारवाला पक्षसँग समन्वय, सरसल्लाह तथा सुझाव लिँदै आवश्यक कार्यहरू गरिरहेको उल्लेख गर्नु भयो ।

बाँके जिल्लाका न्यायाधिश दीपककुमार दाहालले जेनजी पुस्ता ध्वंस र जिद्दीपनलाई छाडेर तार्किक तथा वैचारिक रूपमा उठ्नु पर्ने बताउनु भयो ।

नियोक लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता वसन्त गौतमले जेनजी आन्दोलनपछि देशको बदलिँदो परिवेशमा गहिरिएर छलफल गर्नका लागि जेनजी उमेर समूहसहित सबै उमेर समूह, राजनैतिक दलका प्रतिनिधिलगायत अन्य पक्षहरूसँग छलफल कार्यक्रम गरिएको बताउनु भयो ।

Share157Tweet98SendShare
Previous Post

बाघ खोज्न क्यामरा जडान

Next Post

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

आज माघे संक्रान्ति पर्व मनाइँदै

देशभर आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?