बाँके, असोज २७ गते।
चाडपर्वलाई लक्षित गर्दै बाँकेमा लामो दूरीमा चल्ने ३५ वटा यात्रुवाहक सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात व्यवस्था कार्यालय बाँकेको संयुक्त आयोजनामा मंगलबार दिउँसो सवारीसाधन जाँच गरिएको हो।
जाँचका क्रममा सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गर्नुका साथै नियमित मर्मतसम्भार गर्न चालक र सवारीधनीलाई सुझाव दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सवारीसाधनको अवस्था दुरुस्त राख्न र दुर्घटनाको जोखिम कम गर्न परीक्षण गरिएको उनले बताए।
‘लामो दूरीमा चल्ने यात्रुवाहक सवारीसाधनको अवस्था जाँच गरेका छौँ। सवारीसाधनको नियमित मर्मतसम्भार गर्न चालक र सवारीधनीलाई सुझाव दिएका छौँ,’ उनले भने, ‘यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउनु र सम्भावित दुर्घटना न्यूनीकरण गर्नु हाम्रो उद्देश्य हो।’
ट्राफिक प्रहरीले सवारीसाधन चलाउनुअघि यान्त्रिक अवस्था जाँच गर्न, तीव्र गति नियन्त्रण गर्न र ट्राफिक नियम पालना गर्न चालकलाई आग्रह गरेको छ।










Discussion about this post