नुवाकोट, भदौ ११ गते ।
बुधबार आएको भोटेकोशी नदीको बाढीले नुवाकोटको देवीघाट बजारमा ठूलो क्षति पुर्याएको छ । बाढीले बजार क्षेत्रका सडक, पसल तथा आसपासका भौतिक संरचनामा क्षति पुर्याएको हो ।
बाढीपछि देवीघाट बजार अस्तव्यस्त बनेको छ । सडकमा थुप्रिएको लेदो, ढुंगा, माटो तथा बाढीले बगाएर ल्याएका विभिन्न सामग्रीका कारण आवागमनसमेत प्रभावित भएको छ ।
बाढीका कारण क्षति पुगेका संरचना सफा गर्ने र बजार क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने काममा स्थानीयवासी जुटेका छन् । बाढीले पुर्याएको क्षतिको थप विवरण भने संकलन भइरहेको छ ।











Discussion about this post