काठमाडौे, असोज १२ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरमा लुकाएर ल्याएको ४२२.५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोकट भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका थिए । विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको देखिएपछि प्रहरीले शंका लागेर उनलाई जाँच गरेको थियो ।
जाँचका क्रममा उनले अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा ४२२.५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सोकटलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post