

बाँके मंसिर ९ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले उप निर्वाचनलाई मध्यनजर गर्दै सम्पुर्ण ईजाजत प्राप्त हतियार बुझाउन समयसिमा तोकेको छ ।
जिल्ला प्रशासन कार्यलयले मंसिर १४ गते ३७ जिल्लामा हुने उप निर्वाचनलाई मध्य नजर गर्दै जिल्लाभित्र उप निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन मंसिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको छ ।
सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन निर्देशन गरिएको छ ।












Discussion about this post