
बाँके पुस १४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका सबै शैक्षिक संस्थाहरु ३ दिनका लागि बन्द भएका छन ।
पुस महिनामा अत्याधिक चिसोका कारण वालबालिकाहरुलाई पठन पाठनमा समस्या आएकोले उपमहानगरपालिकाले शैक्षिक संस्थाहरुमा जाडो बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाको शिक्षा शाखाले पौष महिनाको १५ गतेदेखि पुस १८ गते सम्म उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरु ३ दिनका लागि बन्द गरिएको सुचना जारी गरेको छ ।
यसैगरि डुडुवा गाउँपालिकाकाले पनि सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा शाखाले पौष १४ गतेदेखि पौष १८ गते सम्म गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द गरिएको सुचना जारी गरेको छ ।









Discussion about this post