ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सार्वजनिक जग्गामा भारतिय नागरिकलाई घर बनाउन आदेश

जावेद अन्सारी by जावेद अन्सारी
४:३२ मध्यान्ह, माघ ६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

भगतराम थारु बाँके माघ ६ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ को सार्वजनिक जग्गा भारतिय नागरिकलाई उपलब्ध गराईएको छ ।
वडा नं. १४ को लापरवाहीका कारण वडा कार्यालय कै अगाडी भारतिय नागरिकलाई भवन बनाउन १० धुर जग्गा वडा कार्यालयले उपलव्ध गराएको हो । वडाको मिलोमतोमा सार्वजनिक जग्गा हिनामिना गर्नु वडा कार्यालयको सरासर गलत कार्य भएको भन्दै स्थानियले विरोध समेत जनाएका छन् ।

सके सम्म स्थानिय गरिव दुखी नागरिकलाई सार्वजनिक जग्गामा घर बनाउन दिएपनि हामी चुप लागेर बस्ने थियौ स्थानिय एक नागरिकले भन्नुभयो । नचिनेको न जानेको नागरिकलाई सार्वजनिक जग्गामा भवन बनाउन दिनु हामीहरु कुनै पनि हालतमा मान्य नहुने स्थानियले बताएका छन् । बारम्बार वडा कार्यालयले आफ्नो मनोमानीमा सार्वजनिक जग्गा अरुलाई भोगचलनको लागि दिने गरेको स्थानिय धमेन्द्र कुमार बर्माले बताउनुभयो ।
सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाउँदा स्थानिय नागरिकले वडालाई जानकारी गराउँदा उल्टै दादागिरीपारामा धम्काउने गरेको स्थानिय युवाहरुले आरोप लगाएका छन् । सार्वजनिक जग्गामा करिव १ महिना अगाडीदेखि घरनिर्माण हुदा पनि स्थानिय सरकार मौन रहेको उनिहरुको भनाई छ । सार्वजनिक जग्गामा स्थानिय जनतासंग विना जानकारी आफ्नै खुसीमा मनपरीतन्त्रले कार्य भैरहेको स्थानिय श्रवर्ण कुमार सिंहले बताउनुभयो ।

यति मात्र होइना धेरै ठाउँमा सार्वजनिक जग्गा अधिग्रहण भएको उहाँले जानकारी दिनु भयो ।
वडा नं. १४ मै ३ ठाउँमा सार्वजनिक जग्गा अरुले कव्जा गरेर बसेको स्थानियले बताएका छन् । वडा कार्यालय कै अगाडी रहेको सभागृह नजिकै १० धुर जग्गा भारतिय नागरिकलाई वडाले भोगचलन गर्न दिएपछि स्थानिय युवाहरु त्यसको विरोधमा उत्रेका छन् । उनिहरु बारम्बार वडालाई दवाव दिदा समेत वडाले सुनवाई नगरेपछि नेपालगन्ज उपमहानगरपालिकामा ज्ञापन पत्र समेत दिने उनिहरुले बताएका छन् ।

वडाको एकलौटी निर्णयले स्थानिय विरोधमा उत्रेका छन् । स्थानिय जनता गुनासोलाई समेत वडा अध्यक्ष ओमकार नाथ मिश्राले धम्कीपुर्ण व्यवहारले प्रस्तुत हुने गरेको स्थानियवासीले बताएका छन् । सानो सानो विवादमा पनि वडा अध्यक्ष मिश्राले आक्रोश व्यक्त गरि स्थानियलाई धम्काउने समेत गरेको उनिहरुले बताएका छन् । जनताले भनेको कुरा आफुलाई अपाच्य हुने समेत स्थानिय रामप्रसाद कुर्मीले बताउनुभयो । वडामा मात्र होइना वडाका ३÷४ ठाउँमा सार्वजनिक जग्गा मिचिएको छ कुर्मीले भन्नभयो । सार्वजनिक जग्गामा संघ संस्था र व्यक्तिलाई दिईएको छ स्थानिय जनता कसरी खुसी हुनु उहाँले भन्नुभयो ।
स्थानिय सरकार आएपछि आफुखुसी कार्य भैरहेको देखेर स्थानियवासी असन्तुष्ट जनाएका छन् । वडा अध्यक्ष लगायतको टिमले आफ्नो मनपरि तरिकाले पावरको भरमा मनोमानी कार्य भैरहेको स्थानियले जनाएका छन् । यस्तै वडा नं. १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले वडाको सिफारिसमा चियानास्ता पसल संचालन गर्न दिएको जानकारी गराउनुभयो । वडाले जतिवेला नि हटाउन सक्छ उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको उहाँले जानकारी गराउनुभयो । जसलाई नास्ता पसल संचालन गर्न दिइरहेका छौं उ नेपाली नागरिक हो र गरिव घरको परिवार रहेको हुनाले वडाको सिफारिसमा चिया नास्ता पसल गर्न दिइएको वडा अध्यक्ष मिश्राले बताउनुभयो । वडामा अरु ठाउँमा कतै पनि सार्वजनिक हिनामिना नभएको वडा अध्यक्ष मिश्राले बताउनुभयो ।
सार्वजनिक जग्गा मिचिने घटना नयाँ होइन । २० बर्ष जनप्रतिनिधि नभएको मौका छोपी नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मिचिएका छन, भौतिक पूर्वाधार निर्माण गरिएको छ । तर स्थानिय निकाय मौन रहेको छ ।

वडा नं १४ को भवानियापुरमा संरक्षणको काम भएको तथा वडा नं २२ मा कान्जि हाउस निर्माण, वडा नं २० मा विद्यालयको जग्गा संरक्षण गरिएको उपमहानगरपालिको जानकारी दिएको छ । नेपालगन्ज वडा नं. १९ मा सोल्टी होटल नजिक २३ कठ्ठा जग्गा संरक्षणमा चुनौति देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा २ सय २५ विगाह जग्गा ऐलानी फेला पारिसकेको उपमहानगरपालिकाले जानकारी दिएको छ । सल्यानीबागमा रहेको सार्वजनिक जग्गामा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सद्भावको सहर नेपालगञ्ज पुस्तक सोमबार विमोचन

Next Post

चुनाव लडेर ठूलो कुरा राखेर प्रतिबद्धता गर्नु पहिले आफ्नो व्यवसाय सुधार गरौ: स्वतन्त्र उमेदवार कुमाल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
Next Post

चुनाव लडेर ठूलो कुरा राखेर प्रतिबद्धता गर्नु पहिले आफ्नो व्यवसाय सुधार गरौ: स्वतन्त्र उमेदवार कुमाल

वैज्ञानिक वन ब्यवस्थापनको नाममा दोहन रोक्न विप्लव नेतृत्व जनसरकारको चेतावनी

भारतमा डोटीका एक युवकको मृत्यु, तीन सन्तान सहित ५ जना सहारा विहिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?