केरावारी माघ ११ गते । मोरङको केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले शुक्रबार साँझ बम बिस्फोट गराएको छ ।
शुक्रबार साँझ साढे ९ बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही सिसाहरु फुटेका छन भने जनेरेटर क्षतिग्रस्त भएको छ । बम विस्फोटसँगै बर्षा चौकमा बम जस्तै शंकास्पद बस्तु राखिएको छ ।
स्थानियबासीका अनुसार प्रहरीले घटना स्थललाई नियन्त्रणमा लिएको छ । बम बिस्फोट कस्ले गराएको हो भन्ने खुल्न सकेको छैन । ५ माघ साँझ मोरङको मिक्लाजुङ गाउँपालिका १ मा अज्ञात समुहले सडक निर्माण गरिरहेका तीन वटा डोजरमा आगजनी गरेको थियो । बिस्फोटमा बिप्लव समुहको संलग्नता भएको आशंका गरेको थियो ।











Discussion about this post