ADVERTISEMENT

चट्याङ लागेर बालिकाको मृत्यु

365
सेयर
365
VIEWS

सम्बन्धित समाचार

जनक साउद, बैतडी चैग १ गते ।
बैतडीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । आज दिउँसो करिब ४ बजेको समयमा जिल्लाको शिबनाथ गाउपालिका २ टाणिकी १३ बर्षिया बालिका निर्मला मडैको ज्यान गएको हो । गाईबस्तु चराएर घर फर्कने क्रममा चट्याङ लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीमा आज दिउँसो देखि हावाहुरी मेघ गर्जन सहित हल्का बर्षा समेत भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

ADVERTISEMENT
जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।