तस्बिर भिम पौडेल
बाँके जेठ १ गते ।
लकडाउनका कारण नेपाल(भारत सीमामा अलपत्र परेका भारतीयलाई फिर्ता पठाउने र भारततर्फ रहेका नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको छ। बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटबीचको समन्वयमा नेपालगञ्जको सीमा क्षेत्रमा रहेका भारतीयलाई फिर्ता पठाउन लागिएको हो।
![](https://onlinekhojkhabar.com/wp-content/uploads/2020/05/96821922_2653079725016165_3804934200658755584_n.jpg)
रोजगारीका लागि भारतका विभिन्न सहरमा नेपालीहरू गएजस्तै नेपालका विभिन्न सहरमा पनि हजारौंको सङ्ख्यामा भारतीयहरू रहेका छन्।बाँकेका क्वारन्टीनमा रहेका १७० र विभिन्न कल कारखाना, होटेलका मजदुर र आफन्तको घरमा बसेका भारतीय नागरिकलाई फिर्ता पठाउन लागिएको बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले बताए।
![](https://onlinekhojkhabar.com/wp-content/uploads/2020/05/97052533_472836430151457_8143588323445702656_n-1.jpg)
भारत फिर्ता गर्न लागिएका मानिसको सङ्ख्या करिब ८ सयको हाराहारीमा छ, प्रहरी उपरीक्षक ओलीले भने, भारतको बहराइच, नानपारा आसपासका क्वारन्टीनमा ७१४ जना नेपली रहेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन्।
![](https://onlinekhojkhabar.com/wp-content/uploads/2020/05/97816811_2751149081681344_382145587039961088_n.jpg)
![](https://onlinekhojkhabar.com/wp-content/uploads/2020/05/PicsArt_05-14-09.35.20-1024x538.jpg)
![](https://onlinekhojkhabar.com/wp-content/uploads/2020/05/PicsArt_05-14-09.38.10-1024x538.jpg)
Discussion about this post