बाँके असोज १४ गते ।
बाँकेको खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालनमा आएको छ ।
कुखुरा विकास फर्म खजुराको परिसरमा नवनिर्मित अत्याधुनिक खोरको ५ नम्बर प्रदेशकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज उद्घाटन गरेकि छिन् ।
वातानुकुलित खोरको उद्घाटन गर्दै मन्त्री पौडेलले अत्याधिक गर्मी हुने ठाउँमा कुखुराको विकासका लागि नमुनायोग्य काम भएको बताएकि छिन् ।
कृषिको विकासका लागि कृषि अनुसन्धान परिषद्संग पनि काम गर्ने गरी छलफल अघि बढेको मन्त्री पौडलले बताइन।
खजुरा विकास फर्मका प्रबन्धक डा।शंकर न्यौपानेले अत्याधिक गर्मी हुने ठाउँ भएकाले यस प्रकारको खोरले कुखुरा उत्पादन सहज हुने बताए।
“यहाँ चैत बैशाखमा अत्यन्त गर्मी हुनुका साथै आद्र्रता पनि कम हुने र साउन भदौमा गर्मीसंगै आद्र्रता पनि बढी हुने हुँदा कुखुरा हुर्काउन अप्ठेरो परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट उपलब्ध बजेटमा खोर निर्माण गरेका हौं ।”
उनले खोरमा ५ हजार कुखुरा अट्ने क्षमता रहेको बताइन। ओम कन्स्ट्रक्सन नेपालगञ्जले ८२ लाख २६ हजारमा ठेक्का सम्झौता गरेर खोर निर्माण गरेको थियो ।
गत माघमा निर्माण शुरु गरिएको खोर असारमा सम्पन्न भएको हो ।










Discussion about this post