ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गौहत्या प्रकरण : रातारात नक्कली पत्र

जावेद अन्सारी by जावेद अन्सारी
६:१४ बिहान, भदौ १९, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

ललितबहादुर बुढा र हिक्मतबहादुर नेपाली

सुर्खेत, भदौ १९ गते । दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो।
नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए।
तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो। नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो। टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन्।

घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आशंका छ। यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन्। जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ। पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ। जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे। तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ।

भदौ ६ गते मात्र जिससको बैठक बसेको थियो। उक्त बैठक र त्यसअघिका कुनै पनि बैठकमा नेपालगन्जबाट गाई मगाउनेबारे कुनै छलफल, प्रस्ताव र निर्णय नभएको जिसस सदस्य ललित माझीले बताए। उनले भने, ‘जिससको बैठकमा गाई ल्याउने एजेण्डामा छलफल भएकै थिएन्, तर एक्कासी गाई मगाएको भन्ने पत्र सार्वजनिक भयो। खै हाम्रा प्रमुखले के गर्नुभएको हो, हामीलाई त थाहा छैन्।’
गाई मगाइएकोबारे जिससका कर्मचारी पनि अनविज्ञ छन्। निमित्त समन्वय अधिकारी पदमबहादुर सापकोटाले गाई मगाइएको पत्रबारे अनविज्ञता प्रकट गरे। कर्मचारीलाईसमेत जानकारी नहुनुले पनि गाई मगाइएको पत्र रातारात तयार पारेको भन्ने स्थानीयको आरोपलाई पुष्टी गरेको छ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

जिससको पत्रमा नारायण नगरपालिका र अन्य स्थानीय तहमा व्यवसायिक गाईपालनका लागि गाई उपलब्ध गराउन भनिएको छ। तर नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का भन्छन्, ‘हामीले गाई मागेकै थिएनौं, जिससले पनि हामीलाई जानकारी दिएको थिएन। एकाएक गाई ल्याउन किन खोजियो रु ’
नगरभित्र रहेका गाई व्यवस्थापन गर्न समस्या भइरहेका बेला नेपालगन्जबाट गाई ल्याउने भनरे अनावश्यक रूपमा नगरपालिकालाई मुछ्ने काम भएको बताए। जिससले गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएसँगै स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जिससका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्न नक्कली पत्र तयार पारेको आरोप लगाएका छन्।

माग, स्वीकृत र अनुमति एकैदिन
यो घटनासँग सम्बन्धित पत्रको मिति एकैदिन छ। जिसस दैलेख, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले एकैदिन पत्र काटेका छन्।
जिसस दैलेखले भदौ ८ गते नेपालगन्ज उपमहानगरपालिकालाई स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराउन भन्दै पत्र काटेको छ। सोहीदिन नै उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ। भदौ ८ गते जिल्ला प्रशासन बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ। तीन वटै निकायको पत्र एकैदिन काट्नुले पनि घटना नियोजित भएको र जिसस दैलेखको पत्र नक्कली भएको स्थानीयको दाबी छ।
अर्कोतर्फ जिसस दैलेखको चलानी पुस्तिकामा पनि शंका गर्ने ठाउँ छ। चलानी दर्तामा जिससले भदौ ८ गते नै उपमहानगरलाई पत्र पठाएको देखिन्छ। तर भदौ ११ गतेपछि ८ गतेका केही पत्र चलानी गरिएका छन्। भदौ ५ गतेसम्म क्रमिकरूपमा रहेको चलानी पुस्तिकामा भदौ ८ पछि चलानी भएका पत्रको दर्ता मिति तलमाथि गरी राखिएकाले पनि गाई मगाईको पत्र रातारात तयार गरेको पुष्टी हुने जिससकै एक कर्मचारीले बताए।
अन्नपूर्ण पोष्टबाट साभार

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बागेश्वरी मन्दिरको जग्गा हिनामिना बारे आयोगद्धारा छानविन शुरु

Next Post

समाजवादी युवा संघका केन्द्रीय पदाधिकारीहरूको पहिलो बैठक सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

समाजवादी युवा संघका केन्द्रीय पदाधिकारीहरूको पहिलो बैठक सम्पन्न

सहकारीबाट एक रुपैयाँ हिनामिना गरेको भेटिएपनि जुनसुकै कारवाही भोग्न तयार छु-वडा अध्यक्ष बर्मा

नेपालगञ्जलाई महानगर बनाउन डिपिआर तयार गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?