ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलो चरणको परीक्षण सफल

जावेद अन्सारी by जावेद अन्सारी
९:०३ बिहान, कार्तिक १६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

दाङ कार्तिक १६ गते ।
स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलो चरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँ पालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो ।

कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युतको सहज व्यवस्थापनका लागि पहिलो चरणमा गरेको परीक्षण सफल भएको हो । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरण सफल भएको जानकारी सहितको पत्र गढवा गाउँपालिकामा आएको वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिए ।

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सैं घण्टा विद्युत् आपूर्तिका लागि हावाबाट विद्युत् उत्पादनको परीक्षणको काम सफल भएको सिद्दिकीले बताए । हावाबाट विद्युत् उत्पादन भएमा कोइलावास नाकाका २५० घरधुरी लाभान्वित हुने उनको भनाइ छ । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण भएर परीक्षणका लागि ट्रान्समीटर पनि जडान भइसकेको छ ।

कोइलाबास नाका क्षेत्रमा विद्युत् सेवा भए पनि नियमित हुन नसक्दा स्थानीयले सास्ती पाउँदै आएकोमा अब हावा बाट विद्युत् उत्पादनको काम अघि बढेको अध्यक्ष सिद्दिकीले बताए । विश्व बैंकको सहयोगमा हावाबाट बिजुली उत्पादन गर्ने काम शुरु भएको हो ।त्यस्तै बङ्गलाचुली–२ पुरुङछेडामा गरिएको परीक्षण पनि सफल भएको छ । जिल्लाका दुई स्थानमा गरीएको परीक्षण पहिलो चरणमा सफल भएकोले स्थानीयवासी खुशी भएका छन् ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भैरहेको थियो । स्याट लाइटबाट हेर्दा ती दुई स्थानमा हावा बाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको थियो । पहिलो परीक्षण सफल भएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । जिल्लाका ती दुवै स्थानमा ८० मिटर अग्लो टावर निर्माणगरी पङ्खा जडान गरिएको थियो ।

“टावरले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ”, ईञ्जिनियर दुलालले भने। पहिलो वर्षको परीक्षण सफल भए पनि एक वर्षको परीक्षणले मात्रै नहुने भएकोले अर्को एक वर्ष पनि परीक्षण गर्नुपर्ने उनले बताए । “दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत् उत्पादन शुरु हुन्छ, पहिलो वर्ष सफल भएका छौँ, आशा गरौं अर्को वर्ष पनि सफल हुने छौँ”, उनले भने ।

इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रति सेकेण्ड हुनु पर्छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमो मिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ। यसअघि देशका सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेकपाको सम्पर्क कार्यालय स्थापना

Next Post

आइतबार बाँकेमा ३ बर्षिय बालकसहित ६० जना कोरोना संक्रमणमुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

आइतबार बाँकेमा ३ बर्षिय बालकसहित ६० जना कोरोना संक्रमणमुक्त

पाटेबाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो

आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?