ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय दलित पत्रकार संघ बाँकेको भेला, दलित समुदायका मुद्दालाई प्राथमिकतामा राख्न जोड

News Desk by News Desk
१०:४४ मध्यान्ह, फाल्गुन १४, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
राज्यद्धारा उपेक्षित दलित समुदायको मुद्दालाई मिडियामा शसक्त रुपमा उठाउनु पर्नेमा सरोरकावालाहरुले जोड दिएका छन् । अहिले पनि मिडियामा दलित समुदायका पत्रकारहरुको सहभागीता न्युन रहेको भन्दै सहभागिता र दलितका मुद्दालाई प्राथमिकताका साथमा उठाउनुपर्नेमा उनीहरुको जोड छ । अहिले पनि विभेदकारी राज्य संयन्त्र र मिडियामा समेत अर्थपूर्ण सहभागिता हुन नसकेका कारण दलित समुदायका मुद्दामा अपेक्षित रुपमा मिडियामा स्थान नपाएको उनीहरुको भनाइ छ ।

शुक्रबार कोहलपुरमा आयोजित दलित पत्रकारहरुको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया तथा जिल्ला भेला कार्यक्रममा सहभागी सरोकारवालाहरुले मिडियामा दलित समुदायका मुद्दाले प्राथमिकता पाउनुपर्नेमा बताएका हुन् । उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले मिडियामा दलित समुदायका पत्रकारहरुको सहभागिता न्युन रहेको बताइन् । उनका अनुसार मिडियामा दलित समुदायको मुद्दा उठान गर्नको लागि पत्रकार उत्पादनमा जोड दिनुपर्छ । राष्ट्रिय दलित पत्रकार संघकी केन्द्रीय सदस्य समेत रहेकी उनले समाजमा पछि परेका र पारिएका सबै वर्गका विषय अहिले पनि ओझेलमा रहेको बताइन् ।

उनले वर्षौदेखि उत्पिडनमा रहेका दलित समुदायका दबिएका आवाज बुलन्द गर्नको लागि मिडिया क्षेत्र शसक्त रुपमा लाग्नुपर्नेमा जोड दिइन् । दलित सेवा संघका पूर्व केन्द्रीय अध्यक्ष तथा दलित अधिकारकर्मी गजाधर सुनारले सत्तामा रहेका वर्गले दलित समुदायलाई उपेक्षा गरिएको भन्दै दलित पत्रकारहरुले यसमा शसक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए । राजनीतिक दलले समेत दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरेको उनको भनाइ छ । उनले सधै अधिकारका लागि मात्रै नभइ मुद्दामा समेत केन्द्रीत हुनुपर्ने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेका सल्लाहकार पुजन विश्वकर्माले राजनीति पार्टीमा पनि दलितहरुको न्यून सहभागिता रहेको बताए । दलित समुदायका पत्रकारहरुले प्रमुख मुद्दा बनाएरै दलित समुदायका आवाज बुलन्द गर्नुपर्ने उनले जानकारी दिए । उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले बाँके जिल्लामा अहिले पनि दलित समुदायका पत्रकारहरु न्यून संख्यामा रहेको बताए । अहिले पनि समाजमा दलित र महिलाहरु निकैपछि रहेको भन्दै उनीहरुको पक्षमा पत्रकारहरुले कलम चलाउन आवश्यक रहेकोमा अध्यक्ष थारुले जोड दिए ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

बाँके जिल्लामा क्रियाशिल २६७ जना सदस्यहरुमा १५ जना दलित ,मधेसी ३६ जना र थारु समुदायका २४ जना मात्र पत्रकार रहेको अध्यक्ष थारुले जानकारी दिए । यस्तै कोहलपुर नगरपालिका विद्यायक समितिका संयोजक तथा कार्यपालिका सदस्य भिम बहादुर नेपालीले दलित समुदायको शसक्तिकरणको लागि कोहलपुर नगरपालिका सधै प्रयत्नशिल रहेको बताए । उनका अनुसार मिडियामा समेत आफ्नो नहुनु अहिलेको मुख्य समस्या हो । पत्रकारिता समाजको जिम्मेवार क्षेत्र भएकोले लुकेका आवाजलाई शसक्त रुपमा उठाउनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेकी अध्यक्ष रूपा गहतराजले संघको केन्द्रीय नेतृत्वलाई जवाफदेही बनाउने र दलित समुदायका पत्रकारहरु बीच आपसी समन्वय, अन्तरक्रिया र छलफल गर्नको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष समेत रहेकी गहतराजका अनुसार दलित समुदायका पत्रकारहरु अब वर्गका मुद्दामा सक्रिय रुपमा लाग्नुपर्ने देखिन्छ । उक्त अवसरमा खुल्ला अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । उक्त भेलाले विभिन्न ६ वटा निर्णय समेत गरेको छ ।

बाँकेमा दलित पत्रकारहरुलाई क्रियाशिल बनाउने, नयाँ सञ्चारकर्मी उत्पादनको लागि ६ महिने परीक्षण काल हटाउन पहल गर्ने, दलित पत्रकार उत्पादनको लागि तालिम सञ्चालन गर्ने,लामो समय क्रियाशिल पत्रकारका रुपमा काम गरेकालाई महासंघको सदस्यताका लागि पहल गर्ने निर्णय भएको सचिव कविन्द्र परियारले जानकारी दिए । यस्तै दलित समुदायका सवालमा शसक्त रुपमा कलम चलाउने र दलित पत्रकारहरुलाई स्थानीय सञ्चार माध्यममा अवसर दिइनुपर्ने निर्णय गरिएको उनले जानकारी दिए । यसैगरी राष्ट्रिय दलित पत्रकार संघको आगामी २८ र २९ गते हुने केन्द्रीय अधिवेशनको अवसरमा बाँके जिल्लाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

ADVERTISEMENT

भेलाको औपचारिक सत्रमा दलित अधिकारकर्मी निर्मला सुनार ,दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण विके , कोहलपुर नगरपालिकाका आर्थिक समितिका संयोजक डिलबहादुर परियार र प्रतिबोध एफ.एम.का अध्यक्ष बुद्ध सुनारले पनि मिडियामा दलित समुदायका मुद्दालाई शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिएका थिए । उक्त भेलामा बाँके जिल्लामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुको सहभागिता रहेको थियो।

Share148Tweet93SendShare
Previous Post

मेरो प्लानेटमा अब मुगल खाना

Next Post

विबाद समाधान गर्दै प्राकृतिक द्धन्द्ध रुपान्तर केन्द्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

विबाद समाधान गर्दै प्राकृतिक द्धन्द्ध रुपान्तर केन्द्र

आज २३औं स्वास्थ्य सेवा दिवस

शादाबले ल्यायो नेपालगन्जमा "न्यु" डिजाइनको इलेक्ट्रिक स्कुटी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?