ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको दायित्व र भुमिका

जावेद अन्सारी by जावेद अन्सारी
९:४४ बिहान, अशोज ९, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असोज ९ गते ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिम्मेवारी र भुमिका एवंम उद्देश्य हाम्रो बिधान तथा राजनितिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । त्यसैलाई मैले केही थप स्पष्ट उल्लेख गर्न चाहन्छु । यो संगठन परिश्रमिक व्यवसाय र राष्ट्रियताको पक्षमा उभिने स्वाभिमान व्यावसायी उद्योगीहरुको प्रिय संगठन हो ।

जसले सामान्य व्यावसायी देखि राष्ट्रिय पुजिपति सम्मको बिकास र संरक्षण गर्ने उद्देश्य राख्दछ ।
हाम्रो मुलुकमा साना र मझ्यौला खाले उद्योगी र व्यावसायीहरु अलि चुनौतिपुर्ण अवस्थामा रहने गरेका छन ।

बिशेषत: पुजि थोरै लगानि हुने गर्छ भने त्यसमा पनि राज्यले यि व्यावसायीहरुलाई फस्टाउन कुनै सबसिटी छुट्याउने वा हटाउने गरेको छैन ।
हाम्रो नेपालगंज झनै भारतिय नाका नजिकमा अवस्थित रहेको छ । जहाँ राज्यका निकायहरुमा दलाल, व्यावसायीले सेटिङ गरेर कैयौ मालसामानहरु ओसार्ने मानिसहरु लगाएर राजश्व ठगेर सामानहरु भित्र्याउने गर्दछन ।

अनि ति व्यावसायीहरुले होलसेलमा र फुट्कर ग्राहकहरुलाई पनि एकै मुल्यमा बिक्रि बितरण गर्दछन, त्यसपछि राजश्व तिरेर ल्याएको ब्याबसायीले कसरी प्रतिस्पर्धा गर्छ ? यहाँ उद्योगी व्यावसायीहरुलाई ठगेर कमाउने र कमाएको पुजि बाहिरी देशमा लिएर लगानी गर्नेको संख्यामा कमि छैन ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

त्यति मात्र हैन बैँकका कर्मचारीहरु संग मिलेर थोरै धितो राख्ने धेरै पैसा निकाल्ने त्यसबाट आएको मुनाफा बिदेश लिएर थुपार्ने र ब्याज नतिरी बैँक नै डुबाउने गर्दछन । त्यस्ता उद्योगी व्यावसायीहरु हाम्रो नेपालगंजमा थुप्रै रहेका छन ।

मैले यहाँ भन्न खोजेको के हो भने नेपाल नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले दलाल पुजिपति र राज्यका कतिपय दलाल पुजिपतिहरुलाई सेवा गर्ने क्रियाकलापको बिरोध गर्दछ भने साना ब्यापारी, उद्योगी देखि राष्ट्रिय पुजिपतिको पक्षमा संघर्ष गर्दछ ।

राष्ट्रिय आत्मनिर्भर पुजिको बिकास गर्न चाहन्छ । राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र प्रति प्रतिबधता जाहेर गर्दछ ।
अर्को कुरा आर्थीक समृद्धि र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको बिकास गर्नलाई महिला उद्यमी ब्याबसायीहरुको बिकास गर्नु पर्ने भन्ने मान्यता राख्दछ ।

ADVERTISEMENT

जनसंख्याको हिसाबले हेर्ने हो भने मुलुकको आधा जनसंख्या महिलाको रहेको छ तर अधिकारको हिसाबले हेर्दा अझैपनि ३० प्रतिशतले मात्रै राजनैतिक दल र सत्तामा रहेका छन । तर कार्यपालिकामा कहिलेकाही मात्र पुग्ने गर्दछ ।

व्यवसायमा महिलाहरुको उपस्थिति त कुरै नगर्ने अवस्था रहेका छन । राज्यले दिएको कतिपय कर छुटको केही सहुलियत लिनको लागि चलाख व्यावसायीले आफ्नो परिवार वा आफन्तको नाममा दर्ता गरेको पाईन्छ । त्यसरी व्यवसाय उद्योग आफै गर्न अनुमति लिई ब्यबसाय गर्ने निकै कम होलान जस्तो लाग्दछ ।

हालै अर्थ मन्त्री मा.जनार्दन शार्माले प्रतिस्थापन गरेको बजेटमा “महिला” पहिले र बिना धितो महिला उद्यमी ब्यावसायीलाई ऋण प्रदान गर्ने कार्यक्रम आयो । यो महिला उद्यमी व्यावसायीक समुहगत ढंगबाट थप व्यवसायी बन्न मद्दत पुग्छ । यसरी नै राज्यले महिला उद्यमी व्यावसायीहरुलाई अगाडी बढाउने कार्यक्रम ल्याउने गर्दछ ।

अनि महिला व्यावसायीहरुमा देखिने आत्मनिर्भरता त सहभागिताले राष्ट्रिय समृद्धि हुन्छ भन्ने मान्यता राख्दछ ।
त्यसैगरी युवाहरुलाई व्यावसायमा आकर्षण गर्ने दायित्व पनि राज्यको हो, दुनियामा सबैभन्दा उर्जाशिल र कडा परिश्रम गर्न सक्ने क्षमता भएका ब्यक्तिहरु युवा हुन ।

ति युवा आज देशमा काम नपाएर बिदेशमा श्रम बेचिरहेका छन । ति युवालाई नेपालमा आफै व्यावसाय गर्न र आफै श्रम गर्ने ब्यबस्था गर्नुपर्छ भन्ने हाम्रो संगठनको मान्यता हो ।
अहिले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट एउटा स्थानिय तहमा ५०० युवालाई सस्तो ब्याजमा रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

युवाहरुलाई लक्षित गरी ल्याईएको उक्त उत्पादन तथा श्रमको कार्यक्रमको सफलताको पुर्ण कार्यान्वयन होस भन्न चाहन्छु ।

हाम्रो संगठन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको राष्ट्रिय आत्मनिर्भर, राष्ट्रिय स्वाभीमान, राष्ट्रिय अखण्डता, लोकतन्त्रको पक्षमा उभिन्छ । आउनुहोस साना उद्योगी व्यावसायी, महिला, युवा र राष्ट्रका लागि समर्पित राष्ट्रिय उद्योगी व्यावसायीहरु गोलबन्द होउ र राष्ट्रिय समृद्धि तथा उद्योगी व्यावसायीहरुको हितका लागि तयार होउ ।

नेपाल राष्रिरिय उद्योग ब्यापार संगठन बाँकेको यहि २०७८ असोज ९ गते तेस्रो जिल्ला अधिवेशन सम्पन्न हुँदै छ । उक्त दिन हुने तेस्रो बाँके जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न होस भन्ने शुभकामना ब्यक्त गर्दछु ।

कल्पना शर्मा
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन
केन्द्रिय तथा सचिवालय सदस्य,
बाँके जिल्ला महिला उपाध्यक्ष

Share150Tweet94SendShare
Previous Post

ज्यानमारा सडक कहिले मर्मत होला ?

Next Post

इलेक्ट्रिकल एसोसिएसनको सातौं वार्षिक साधारणसभा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

इलेक्ट्रिकल एसोसिएसनको सातौं वार्षिक साधारणसभा

जसपा नेपालको वडा भेला सम्पन्न, पाँच जना सम्मानित

कोहलपुरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?