ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको खजुरामा रनिङ शिल्ड जारी, आइतबार जनताले ४ स्वर्ण जित्यो

News Desk by News Desk
१०:२३ मध्यान्ह, फाल्गुन २९, २०७८
बाँकेको खजुरामा रनिङ शिल्ड जारी, आइतबार जनताले ४ स्वर्ण जित्यो
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
खजुरा गाउँपालिका चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूदको दोस्रो दिन जनता नमुना माविले ४ इभेन्टसमा स्वर्ण पदक जित्दा ज्ञानोदयले ३ स्वर्ण पदक जितेको छ ।

आइतबार हाईजम्पमा ज्ञानोदयका रहेमान खाँ पहिलो भएका छन ।
खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको मैदानमा भैरहेको रनिङ शिल्डमा जनसेवा माविका रमजान खाँ दोस्रो र गुराँस चाईल्डहुड एकेडेमीका प्रविण बुढाथोकी तेस्रो भए । रहेमानले १.४३ मिटर, रमजानले १.४० मिटर र प्रविणले १.३७ मिटर जम्प गरेका थिए ।

ट्रिपल जम्पमा ज्ञानोदयकै साहिल खाँले ११.२४ मिटर जम्प गर्दै पहिलो, जनता मावि बठवाका इसार खाँले ११.०१ मिटर सहित दोस्रो र जनता नमुना माविका विवेक एलजिले ११ मिटर जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

४ सय मिटरमा जनकल्याण मावि बद्रिपुरका आयुष थापा पहिलो, जनता नमुनाका केशव ढकाल दोस्रो र आदर्शका रोमिन तिवारी तेस्रो भए । आयुषले ५९.२० सेकेन्ड, केशवले ५९.७७ सृृेकेन्ड र रोमिनले १ मिनेट १० सेकेन्डमा दौड पुरा गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यसैगरी १५ सय मिटर दौडमा ज्ञानोदयका सालिक शर्माले ४ मिनेट ५२.५० सेकेन्ड सहित पहिलो स्थान हासिल गर्दा जनकल्याणका आयुष थापा दोस्रो र अमर माविका बिक्रम विक तेस्रो भए । आयुषले ५ मिनेट ०४.२० सेकेन्ड र बिक्रमले ५ मिनेट ०७.७३ सेकेन्ड समय लगाएका थिए ।

सटफुटमा जनता नमुनाका वकिल विक पहिलो, आदर्शका अमित गुरुङ दोस्रो र दिपेन्द्र पोखरेल तेस्रो भए । वकिलले ११.६९ मिटर, अतिमले ११.०२ मिटर र दिपेन्द्रले ९.८९ मिटर दुरी कटाएका थिए ।

यसैगरी छात्रा तर्फको हाईजम्पमा जनता नमुनाकी यसुदा बस्नेत पहिलो, ज्ञानोदयकी प्रियंका चौधरी दोस्रो र योगिनी माविक मिना कुमारी खत्री तेस्रो भइन । यसुदाले १.१९ मिटर, प्रियंकाले १.१६ मिटर र मिनाले १.१३ मिटर जम्प गरे ।
ट्रिपल जम्पमा अमर माविकी आशिका नेपाली पहिलो, जनता नमुनाकी शान्ति पौडेल दोस्रो र योगिनी मिना कुमारी खत्रीले तेस्रो स्थान हासिल गरिन ।

ADVERTISEMENT

आशिकाले ८.७१ मिटर, शान्तिले ८.६१ मिटर र मिनाले ८.२२ मिटर जम्प गरेकी थिइन । ४ सय मिटर दौडमा आदर्शकी अस्मिता थापाले १ मिनेट १५.७० सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हासिल गरेकी छिन । जनकल्याण माविकी जानका रानाले १ मिनेट १६.२ सेकेन्ड सहित दोस्रो र ज्ञानोदयकी मनिषा आलेमगरले १ मिनेट १७.३५ सेकेन्ड सहित तेस्रो स्थान हासिल गरिन ।

१५ सय मिटर दौडमा जनता नमुनाकी शान्ति पौडेल पहिलो, जनकल्याण माविकी जानका राना दोस्रो र ज्ञानोदयकी करुणा चन्द तेस्रो भइन । शान्तिले ६ मिनेट ११.०५ सेकेन्ड, जानकाले ६ मिनेट १२.२४ सेकेन्ड र करुणाले ६ मिनेट १५.२९ सेकेन्डमा दौड पुरा गरेकी थिइन ।

सटफुटमा जनता नमुनाकी पल्लवी घिसिङले पहिलो स्थान प्राप्त गर्दा जनसेवा मावि पुरैनाकी ज्योति सुनारले दोस्रो र नेरा मावि मनकामनाकी सुष्मा वादीले तेस्रो स्थान हासिल गरिन । पल्लवीले ७.९५ मिटर, ज्योतीले ७.५९ मिटर र सुष्माले ७.३५ मिटर दुरी पार गरेकी थिइन ।

यसैगरी प्रतियोगिताको पहिलो दिनमा १ सय मिटर दौडमा ज्ञानोदय नमुना माविका मनिष सुनारपहिलो हुँदा आदर्श माविका सुदिप विक दोस्रो र जनता नमुना माविका मोहित रोका मगर तेस्रो भए । मनिषले दौड ११.५५ सेकेन्ड, सुदिपले ११.८८ र मोहितले १२.१० सेकेन्डमा पुरा गरेका थिए ।

छात्रा तर्फ जनताकी शान्ती पौडेल पहिलो, आदर्शकी तुल्सी कुमारी सुनार दोस्रो र अमरकी आशिका नेपाली तेस्रो भइन । शान्तीले १३.८० सेकेन्ड, तुल्सीले १४.७४ सेकेन्ड र आशिकाले १५.२५ सेकेन्डमा दौड पुरा गरेको सचिवालयका सोम बहादुर विकले जानकारी गराए ।
८ सय मिटर दौडमा ज्ञानोदय नमुनाका सालिक शर्मा पहिलो, मैटहवाका सागर शाही दोस्रो र जनता नमुनाका सुदिप भण्डारी तेस्रो भए ।

सालिकले २ मिनेट १८.३० सेकेन्ड, सागरले २ मिनेट २८.०३ सेकेन्ड र सुदिपले २ मिनेट २९.१० सेकेन्डमा पुरा गरे ।
छात्रा तर्फ ज्ञानोदयकी राधिका वलीले पहिलो स्थान हासिल गरिन ।
आदर्शकी सन्ध्या चौधरीले दोस्रो र जनता नमुनाकी तिर्सना फौजा मगर तेस्रो भइन । राधिकाले २ मिनेट ५४.९० सेकेन्ड, सन्ध्याले २ मिनेट ५७.३९ सेकेन्ड र तिर्सनाले ३ मिनेट १० सेकेन्डमा दौड पुरा गरिन ।

यसैगरी ज्याभलिन थ्रोमा जनताका कैलाश थापा पहिलो भए । आदर्शका निरज थापा दोस्रो र नेरा मावि मनकामनाका मक्दुम खान तेस्रो भए । कैलाशले ३८.६० मिटर, निरजले ३६.५५ मिटर र मक्दुमले ३५.६९ मिटर दुरी कटाएका थिए । सोही स्पर्धाको छात्रा तर्फ जनसेवाकी पुष्पा कामी पहिलो, आदर्शकी कंचन गुरुङ र जनताकी पल्लवी घिसिङ तेस्रो भइन । पुष्पाले २२.०९ मिटर, कंचनले २०.१९ मिटर र पल्लवीले १९.८९ मिटर दुरी कटाकी थिइन ।

लङजम्पमा ज्ञानोदयका मनिष सुनारले ५.६२ मिटर पार गर्दै पहिलो, अमर माविका रबिन थारु ५.६२ मिटर सहित दोस्रो र जनकल्याणका सनम विक ५.३९ मिटर सहित तेस्रो भएका छन । छात्रा तर्फको स्पर्धामा अमरकी आशिका नेपाली पहिलो, जनता नमुनाकी करुणा सुनार दोस्रो र ज्ञानोदयकी करिस्मा चन्द तेस्रो भइन । आशिकाले ४.१० मिटर, करुणाले ४.०७ मिटर र करिस्माले ३.४१ मिटर जम्प गरेकी थिइन ।

शनिबार भएको ४â४०० मिटर रिले दौडको छात्रा तर्फ आदर्श पहिलो, जनता दोस्रो र जनकल्याण स्कुलले तेस्रो स्थान हासिल गरेको छ । आदर्शकी पुजा खड्का, अस्मिता थापा, तुल्सी कुमारी सुनार र सन्ध्या चौधरीको टिमले ५ मिनेट ०२.१६ सेकेन्डमा दौड पुरा गर्दा जनताकी यशोदा बस्नेत, शान्ती पौडेल, तिर्सना फौजा मगर र मनिष थारुले ५ मिनेट ११.३८ सेकेन्ड र जनकल्याणकी प्रतिभा कुमारी रावल, रेश्मा सुनार, अस्मिता योगी र जानका रानाले ५ मिनेट १७.७७ मिनेटमा दौड पुरा गरेका थिए ।

 

 

 

Share158Tweet98SendShare
Previous Post

शिक्षामन्त्री पौडेलले भने,‘विश्वविद्यालयआधुनिकीरण नहुँदासम्मउच्चशिक्षा सुधार हुँदैन’

Next Post

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?