ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज सहरः टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

News Desk by News Desk
१२:४३ मध्यान्ह, साउन २८, २०८०
नेपालगन्ज सहरः टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो
390
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके साउन २८ गते ।
पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि घाँस बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ ।

उनी भन्छिन् “श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ । श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो । उनी बिरामी भएर थलिएदेखि उनको उपचार खर्चदेखि साँझ–बिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ ।”

गुड्डीलाई घाँस काट्नमा सघाउँछिन् उनकी १७ वर्षीया छोरी सोनी घँसियारले । तीन कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी सोनी आमासँगै नेपालगन्जका खाली चौरमा घाँस काट्न जान्छिन् । घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो ।

गुड्डीका अनुसार पहिला नेपालगन्जमा टाँगा चल्ने गथ्र्यो र घाँस पनि राम्रै बिक्री हुन्थ्यो । हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए । “पहिला–पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्”, उनले भनिन्, “घोडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ । आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वभाविक हो ।”

सम्बन्धित समाचार

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् मीना घँसियारले पनि । श्रीमान्को मृत्युपछि दुई सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डीजस्तै नेपालगन्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जानुहुन्छ । उहाँको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ ।

“घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दया–माया नै देखाउँछन्”, मलिन मुहार बनाउँदै उनी भन्छिन्, “हामीले रु बीस भनेको घाँसलाई किन्नेले रु पाँच भन्छन् । कसैले रु पाँच र त कसैले दश दिएर लैजान्छन् । साँझ परिसकेको हुन्छ । घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा पाँच–दश रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ ।”

वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीनसयसम्मको कमाइ हुने बताउँछिन् मीना । घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले रु डेढ लाख बचत गरेको जानकारी दिइन् । मीनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताइन् । “छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घर खर्चबाट पैसा जोगाएर सहकारीमा रु डेढ लाख बचत गरेको थिएँ । तर त्यो सहकारी नै भागेपछि मेरो वर्र्षौँदेखिको कमाइ खेर गयो । मैले छोरीको विवाह गर्न सकिरहेको छैन”, उनले दुःखी हुँदै भनिन् ।

ADVERTISEMENT

मीना र गुड्डीको भन्दा फरक छैन परेमपति घसियारको व्यथा पनि । ४० वर्षको उमेरमा हजुरआमा बनिसक्नु भएकी परेमपतिको चार पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेको छ । श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उहाँहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ । हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरीजस्तो अभाव नहुने उनको भनाइ छ । “मजदुरी त पाइए गर्ने हो नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाइन्छ । त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइएको पैसाले नै बल्ने गरेको छ”, परेमपतिको कमाई पनि यो सिजनमा सयदेखि डेढ सयसम्म मात्रै हुने गर्छ ।

सत्ताइस घरधुरी भएको उक्त घसियार टोलको एउटा घरमा तीनजना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन् । घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन् । साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ–आफूले काटेको घाँसको थुप्रो लगाएर महिलामात्रै घाँस बेच्ने गर्छिन् । उनीहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन । यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछिन् । उनी भन्छिन्, “दिनभरि घामपानी केही नभनी दुःख गरेर आमा–बहिनीले काटेको घाँस साँझ जम्मा रु पाँचमा बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुवैले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि ।”

नेपालगन्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको तीन–चार पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्वउपप्रमुख तथा टोलका स्थानीयवासी शमशुद्धिन सिद्धीकी बताउँछन् । उनका अनुसार पुस्तौँ पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उहाँहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो÷चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ । “हामी नजन्मिदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो पहिला–पहिला पाँच–दश पैसामा घाँस बिक्री गर्थे रे । आज जम्मा रु पाँच–दशमा बिक्री गर्ने गर्छन् । के फरक भएको भन्ने त ?”

उनले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दुःखी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियारन टोलका समुदाय वर्षौँदेखि विपन्नतामा बाँचिरहेको बताए । “टोलमै हाइस्कुल पढेका मान्छे छैनन् । हातमा सीप छैन । व्यवसाय गर्न लगानी छैन । केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन् ।” उनले भने, “उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्जवल हुने थियो ।”

वडाध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताए । “शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौँ”, उनले भने, “आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौँ । घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौँ । रासस

Share158Tweet97SendShare
Previous Post

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न ६ जना पक्राउ

Next Post

अविरल वर्षाले हवाई उडान प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post
अविरल वर्षाले हवाई उडान प्रभावित

अविरल वर्षाले हवाई उडान प्रभावित

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?