ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नरैनापुरमा नवजात शिशु मृत्यूदर शून्य, मातृ मृत्युदर को अवस्था के छ ?

News Desk by News Desk
१:३२ मध्यान्ह, भदौ १३, २०८०
नरैनापुरमा नवजात शिशु मृत्यूदर शून्य, मातृ मृत्युदर को अवस्था के छ ?
416
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
कुनै बेला नरैनापुरलाई पछाडी परेको भनेर चिनिन्थ्यो । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणमा पछाडी परेकोले उक्त ठाउँलाई बाँकेको कर्णाली भनेर चिनिन्थयो । तर अहिले नरैनापुर गाउँपालिकाले बाँकेका अन्य पालिकालाई टक्कर दिइरहेको छ । शिक्षामा फड्को मारेको यो पालिकाले स्वास्थ्यमा पनि अरु पालिकालाई उछिनेको छ ।

विरामी पर्दासमेत अस्पताल जान लजाउने यहाँका महिला अहिले बच्चा जन्माउन स्वास्थ्य संस्थामा जान थालेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बृद्धि भएपछि नवजात शिशु मृत्यूदर शून्यमा झरेको छ । गर्भवती महिलाले स्वास्थ्य मापदण्ड अनुसार नियमित रुपमा गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा बच्चा जन्माउन थालेपछि नवशिशु मृत्यूदर शून्यमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

उनले आव ०७९–८० मा नवजात शिशुको मृत्यू नभएको बताए । आव ०७७–७८ मा १० र आव ०७८–०७९ मा दुई नवजात शिशुको मृत्यू भएको थियो ।

नरैनापुरमा स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढेको छ । गत आर्थिक वर्षमा एक हजार दुई सय ८१ महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।
नरैनापुरका एक सय २८ दशमलव १ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको उनले बताए । उनका अनुसार आव ०७८–०७९ मा नरैनापुरका एक हजार दुई सय ४९ जना महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

गाउँपालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्था मध्ये सवैभन्दा धेरै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रले सुत्केरी सेवा दिएको छ । उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा दुई सय ८८ जना गर्भवती महिलाले सुत्केरी सेवा लिएको साहले बताए । उनका अनुसार नरैनापुर स्वास्थ्य चौकीमा दुई सय ८५, मटेहिया स्वास्थ्य चौकीमा दुई सय ३०, गंगापुर स्वास्थ्य चौकीमा एक सय ८४, कटकुइँया स्वास्थ्य चौकीमा एक सय ४८ र कालाफाँटा स्वास्थ्य चौकीमा एक सय १० जना गर्भवतीले बच्चा जन्माएका छन् ।
आर्थिक वर्ष ०७७–०७८ मा पाँच र आव ०७८–७९ तथा आव ०७९–८० मा एक–एक जना सुत्केरी महिलाको मृत्यू भएको स्वास्थ्य शाखाले जनाएको छ ।

गर्भवती भएदेखि नियमित रुपमा स्वास्थ्य जाँच गराउने महिलाको संख्या पनि बढ्दो छ । स्वास्थ्य संस्थामा बच्चा जन्माउन आउन नमान्ने महिलाहरु पछिल्लो समय गर्भवती भएदेखि नियमित चार पटक जाँच गराउन थालेको उनले बताए ।
उक्त पालिकाका ८७ दशमलव २० प्रतिशत महिलाले नियमित जाँच गराएको स्वास्थ्य शाखाले जनाएको छ । ‘नियमित जाँच गराउनेमात्र नभई स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या पनि बढेको छ,’ उनले भने, ‘पहिले स्वास्थ्य संस्थामा आउन करकाप गर्नु पथ्र्यो, अहिले हामीले भन्नु पर्दैन, आफू खुसी आउनेको संख्या बढ्दो छ ।’

उक्त गाउँपालिकाको नरैनापुर स्वास्थ्य चौकीमा सवैभन्दा धेरै एक सय ९३ दशमलव ९० प्रतिशत महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन् । भने, एक सय ४६ दशमलव ९ प्रतिशत गर्भवती महिलाले नियमित रुपमा गर्नुपर्ने चार पटक जाँच गराएका छन् ।
बाँकेको सुदूर पूर्वमा पर्ने यो पालिकामा मधेसी र मुस्लिम समुदायको बाहुल्यता छ । गर्भवती महिलाले नियमित जाँच गराएपछि कुपोषित जन्मिने बच्चामा पनि कमी आएको छ । गत आवमा ७.८ प्रतिशत र आव ०७८–७९ मा ९.१ प्रतिशत कम तौल भएका जन्मिएका थिए । गत आवमा कम तौलका ७.८ प्रतिशत बच्चा जन्मिएको तथ्यांक छ ।

ADVERTISEMENT

गत आवमा २० वर्ष मुनीका ४५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । भने, ति महिलाले परिवार नियोजनको उपाय अपनाएको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ ।

एचआइभी जाँच गराउने गर्भवती महिलाको संख्या भने घटेको छ । गत आवमा ६३६ जना गर्भवतीले एचआइभी जाँच गराएका छन् । तर, आव ०७७–०७८ मा ७५९ र ०७८–०७९ मा एक हजार चार जना गर्भवती महिलाले एचआइभी जाँच सेवा लिएका थिए ।
गत आवमा पालिकाका ८६.९ प्रतिशत गर्भवती महिलाले आइरन सेवा लिएका छन् । ती महिलाले आइरनको १८० चक्की लिएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । आइरन चक्की वितरण धेरै गर्नेमा नरैनापुर स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्य चौकीले १४९ प्रतिशत महिलालाई आइरन चक्की वितरण गरेको तथ्यांक छ । त्यसैगरि लक्षमणपुर प्राथमिक स्वास्थ्य केन्द्रले ९८.८ र कालाफाँटा स्वास्थ्य चौकीले ९१.९ प्रतिशत महिलालाई आइरन चक्की वितरण गरेको छ ।

त्यसैगरी, आव ०७९–०८० मा १२६ दशमलव ८० प्रतिशत बालबालिकाले डिपिटी–हेप वी र हिब–३ खोप लिएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । उनका अनुसार, आव ०७९–०८० मा १२० दशमलव ५६ प्रतिशत बालबालिकाले डिटी २ र डिटी २ प्लस खोप लगाएका छन् । आव ०७७–०७८ मा ९२ दशमलव ८४ र ०७८–०७९ मा ९५ प्रतिशत बालिबालिकाले उक्त खोप लिएका थिए ।
तर, विसिजी खोप लगाउने बालबालिकाको संख्यामा पनि कमी आएको छ । आव ०७९–८० मा १११ दशमलव ९० प्रतिशत बालबालिकाले विसिजी खोप लिएका छन् ।

आवमा ०७८–०७९ मा १२२ दशमलव ९० र आव ०७७–०७८ मा १५० दशमलव ३० प्रतिशत बालबालिकाले विसिजी खोप लिएका थिए । ‘खोपको बारेमा अभिभावकलाई जानकारी नभएको, खोप केन्द्रको अभाव, महिला स्वास्थ्य स्वयमसेविकाको अभाव र बसाई ब्यवस्थापन नभएकोले विसिजी खोप लगाउने बालबालिकाको संख्या बढ्न सकेन, तर पहिलेभन्दा पछिल्लो वर्षदेखि केहि सुधार भएको मान्न सकिन्छ,’ उनले भने ।

Share183Tweet97SendShare
Previous Post

एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै

Next Post

नेपालगन्जमा अतिक्रमित संरचना थालियो हटाउन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
Next Post
नेपालगन्जमा अतिक्रमित संरचना थालियो हटाउन

नेपालगन्जमा अतिक्रमित संरचना थालियो हटाउन

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?