ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

साईगाउँ नाकामा मौलाउँदै तस्करी, लाइन उठाउँदै घुमुवा प्रहरी चौधरी

News Desk by News Desk
१:१० मध्यान्ह, पुस १९, २०८०
साईगाउँ नाकामा मौलाउँदै तस्करी, लाइन उठाउँदै घुमुवा प्रहरी चौधरी
605
सेयर
568
VIEWS
ShareTweetSendShare

बाँके पुस १९ गते ।
फितलो प्रहरी प्रशासन र खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरुले बाँकेका खुला सीमानाकाबाट अवैध तस्करलाई तीब्र पारेका छन् । पछिल्ल्लो समय साईगाउँ सिमानाका हुँदै तस्करी बढेको प्रत्यक्षदर्शी बताउँछ । सशस्त्र र नेपाल प्रहरीसँगको मिलोमतोमा तस्करले साईगाउँ क्षेत्रबाट निर्वाध रुपमा अवैध समान ओसार पसार गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा भएकै कारण त्यस क्षेत्रबाट तस्करी मौलाएको स्थानीय बताउँछन् । तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले तस्करसँग मोटो रकम लिएर तस्करीमा सघाएपछि राज्यको करोडौं राजस्व गुमिरहेको सीमा क्षेत्रका बासिन्दाको भनाई छ ।

भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिने व्यवस्था छ, तर साईगाउँ सीमा नाकाबाट दैनिक लाखौँका अवैध माछा नेपाल भित्रिरहेका छन् । तस्करहरुले भारतीय कपडा, हार्डवेर, टायल, खाद्यवस्तु, चिनी, दाल, तरकारी, बोइलर कुखुरा , काटेको मासु, नेपालमा प्रतिवन्धित मंगुर माछा खुलेयाम नेपाल त्रित्र्याइरहेको स्थानीयले बताए ।

साईगाउँबाट तस्करहरुले भारतबाट अवैध भन्सार छलीको सामान साईगाउँमा भण्डारण गर्ने र दिउँसो र रातीको समयमा नेपालगञ्ज बजार ल्याउने गरेका छन् । जयसपुर बीओपी, बढैया बिओपी र नेपाल प्रहरीलाई लाइन दिएर तस्करहरुले रातारात भारतबाट अवैध सामानहरु भित्र्याउने गरेका छन् । एकजना स्थानीयले नाम नखोल्ने सर्तमा भने, ‘तस्करहरुले साईगाउँ नाकाबाट दैनिक ५० लाख भन्दा बढीको सामान भित्र्याउँछन् । नाकामा खटिएका सुरक्षाकर्मी देखेर पनि नदेखे झैँ गर्छन् ।’ ति स्थानीयका अनुसार त्यहाँ तस्कर र प्रहरी छुट्टाउनु नै गाह्रो हुने गरेको छ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

तस्करहरुले रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म सामान भित्राउने गरेको साईगाउँ सीमा क्षेत्रका स्थानीयको आरोप छ । माथिल्लो निकायलाई महिनावारी र तल्लो दर्जालाई सामानको अवस्था र मूल्य हेरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म लाइन दिने गरेको तस्करहरुको भनाई छ । तस्करहरुले रातीको समयमा ठुलो परिमाणमा भन्सार छली गरेर साईगाउँमा भण्डारण गर्ने र पछि एकमुष्ठ नेपालगञ्ज बजार ल्याउने गरेका छन् ।

साईगाउँमा भण्डारण गरेको समान रातीको समयमा पिकअप, मोटरसाइकल, साईकल अटोमा नेपालगञ्ज ल्याउने गरेको तस्कर स्वयम बताउँछन् । घुमुवा प्रहरीले मासिक एकजना तस्करबाट २५ हजार रुपैयाँ उठाउने गरेको प्रमाण फेला परेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नेपालगन्जस्थित जमुनाह नाकामा कडाई गरेर विभिन्न सहायक नाकाबाट सामान भित्र्याउन सहयोग गरिरहेको छ । जसमा तस्कर र सुरक्षाकर्मीलाई फाइदा भएको छ । साईगाउँबाट तस्कर नाइके संजय, कल्लु, जाबिर, मकबुल, नसरुद्दिन लगायतले अवैध सामान भित्र्याउने गरेको स्थानीय बताउँछन् । उनीहरु प्रहरीलाई लाईन मिलाएर तस्करी गर्दै आएका छन् । तस्करहरुले चौकी इन्चार्जलाई घुमुवा मार्फत लाईन दिने गरेको स्रोत बताउँछ ।

घुमुवा नरेश चौधरीले एसपीको नाम भजाएर असुली धन्दा चलाईरहेका छन् । चौकी इन्चार्जले घुमुवा खटाउँन नपाइने ब्यवस्था छ । आवश्यक परेमा घुमुवा खटाउनलाई माथिल्लो निकायको आदेश लिनुपर्छ । तर, साइगाउँमा यसको ठिक विपरीत घुमुवा खटाएर असुलीधन्दा मच्चाउने काम भइरहेको स्थानीयको भनाई छ ।

ADVERTISEMENT

तस्करहरुले साइगाउँ चौकीलाई मासिक साढे ३ लाख रुपैयाँसम्म महिनावारी बुझाउने गरेका छन् । यहाँ जुवाखालबाट समेत प्रहरीले रकम असुल्ने गरेको छ । बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले तस्करलाई सहयोग नगर्न र तस्करसँग रकम लिएको पाइए कडा कारवाही गर्ने मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।

उनले मातहतका प्रहरीलाई घुस नखान र खानेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । नेपाल–भारत सीमा अन्तरगत बाँकेको जमुनाह, जयसपुर पचपोखरा, साईगाउँ, खडैचा, हिरमिनिया कालाबन्जार, भज्जुपुरुवा, नयाँ वस्ती, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका मानिन्छन् ।

Share264Tweet142SendShare
Previous Post

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुने

Next Post

लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा, चार विधेयक पारित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा, चार विधेयक पारित

तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?