ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

News Desk by News Desk
११:१२ मध्यान्ह, माघ १०, २०८०
प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू
397
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु,घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी व्यापार एंव पर्यटन महोत्सव २०८० सुरू भएको छ ।  नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथको आयोजनामा महोत्सव बुधबारदेखि सुरू भएको हो ।

महोत्सवको बैजनाथ–५ स्थित कोहलपुर न्युसिटीमा एक भव्य समारोहका बीच लुम्बिनी प्रदेश सरकारीकी सहरी विकासमन्त्री कृष्णा केसी (नमुना) कलसमा बत्ती बालेर उद्घाटन गरिन् ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री केसीले मानसरोवर बोटानिकल गार्डेनलाई प्रवद्र्धन गरिने बताइन् ।
बैजनाथ क्षेत्रको विकासका लागि आफू लागि पर्ने उनको भनाई छ । कन्वा ताललाई सीमसार क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारको तर्फबाट पुलको काम गर्ने मन्त्री केसीले बताइन् । लुम्बिनी प्रदेश सदस्य रत्न खत्रीले बैजनाथका गाभर,बोटानिकल गार्डन,कन्वा तालको पर्यटन प्रवर्द्धनमा गरिने बताए । यस्तै कैलाशेश्वर मन्दिरलाई धार्मिक सर्किट बनाइने उनले बताए ।

प्रदेश सदस्य खत्रीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जबीचको सम्भावनाको सदुपयोग गरेर बैजनाथको विकास सम्भव छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले महोत्सव सफलताको शुभकामना प्रदान गरे । उनका अनुसार महोत्सव आयोजना कृषिको सम्भावना छ । बैजनाथ गाउँपालिकालाई चिनाउन सफल हुने विश्वास व्यक्त गरे । पर्यापर्यटन विकास र अर्थतन्त्र विकासमा सघाउ पुग्ने अध्यक्ष शाहीको भनाइ छ । ‘बैजनाथमा ७० प्रतिशत नागरिक छन् । पालिकाका अध्यक्षसँग किसान कार्यक्रम सञ्चालन गरेको छ ।
त्यसका लागि आठ करोड बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको विकास हाम्रो लक्ष्य रहेको छ ।’ उनले भने महोत्सवमा पनि कृषिका विभिन्न स्टल रहेको भन्दै उत्कृष्ट स्टललाई तीन लाख रूपैयाँको पुरस्कार व्यवस्था गरिएको उनले बताए । बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले महोत्सव उद्यमशिलता विकास, घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने र समृद्ध बैजनाथ बनाउने उद्देश्यसँग केन्द्रित रहने बताइन् । उनका अनुसार बैजनाथ गाउँपालिकाले उत्कृष्ट किसानलाई सम्मान कार्यक्रम ल्याएको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

महोत्सवमा महिला उद्यमीलाई प्रोत्साहन गर्न भुमिका खेल्न अनुरोध गरिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनका अनुसार बेरोजगार नियन्त्रण गर्न र रोजगारी सिर्जना घरेलु उद्योग बलियो हुनुपर्छ । उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्काले बैजनाथको व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताइन् ।
उनका अनुसार महोत्सवमा घरेलु उत्पादन,साना किसानका उत्पादन बजारीकरणमा सहयोग पुग्नेछ । बाँकेका आठ वटै पालिकामा महासंघ विस्तार गरिएको बताइन् ।महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य कुबेर बहादुर रिजालले महोत्सवले बैजनाथको अर्थतन्त्रको विकासमा सघाउ पुग्ने बताए ।

१२ दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, संस्कृति संरक्षण तथा पयर्यटन महोत्सव केन्द्रीत हुने रिजालले बताए । प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।उद्घाटन सत्रमा विभिन्न विद्यालयले सांगितिक प्रस्तुती दिएका दिए ।
महोत्सव उद्घाटन सत्र नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथका अध्यक्ष दुर्गाबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । उद्घाटन सत्रको सञ्चालन महासचिव कमल सुवेदीले गरेका थिए ।महोत्सव आगामी माघ २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा हरेक दिन स्थानीय देखि राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछन् ।

प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी ६० बढी कलाकारहरूको प्रस्तुति रहनेछ ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

पुरैना कुटपिट घटना : दुवै पक्षले एकअर्काेलाई आक्रमण गरेको आरोप

Next Post

राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

राष्ट्रिय व्याडमिन्टन आजदेखि

राष्ट्रिय व्याडमिन्टन आजदेखि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?