ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा जोडिदै छ ट्राफिक लाइट

News Desk by News Desk
१०:०४ बिहान, माघ २६, २०८०
नेपालगन्जमा जोडिदै छ ट्राफिक लाइट
402
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तीव्रता दिएपछि नेपालगन्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो । नेपालगन्जका विभिन्न पाँच स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये बुधवार साँझ गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ ।

परीक्षण सफल भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । ट्राफिक लाइट जडानका लागि ठेकेदारले ट्राफिक लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछाउने प्रयोजनले खनेका नेपालगञ्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्नेलगायतका कार्य सबै सम्पन्न गरेर पोलमा लाइट जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

प्रमुख विष्टले ठेकेदारले सडक विभागसँग ठेक्का सम्झौता गरी ट्राफिक लाइट जडान कार्यलाई तत्काल केही ढिलासुस्ती गरेको भए पनि अब भने छिट्टै जडान कार्य सकेर सञ्चालनमा ल्याउन लागेको बताए । उनका अनुसार रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडकखण्डमा पर्ने नेपालगञ्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।

ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंका इन्जिनियर पदम थापाले नेपालगन्जमा ट्राफिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको बताए । सडकमा भूमिगत तार तथा पाइप बिछ्याउने काम तथा पोल गाड्ने काम सकाएर पोलमा लाइट तथा कन्ट्रोलर जडानको काम पनि सकिएको ई. थापाले जानकारी दिए । ट्राफिक लाइट जडान गरिएका राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोकमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको र बुधबारबाट गणेशमान चोकमा परीक्षण पनि गरी सफल भएको उनले बताए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

‘सबै स्थानहरुमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको छ, गणेशमान चोकमा बुधबारबाट परीक्षण गरी लाइट बाल्ने काम सफल पनि भएको छ ।’ ईन्जिनियर थापाले भने–‘अब केही स्थानमा फिनिसिङ गर्नुपर्ने काम सकाएर हप्ता दिनभित्र नेपालगन्जमा ट्राफिक लाइट बाल्छौं ।’ थापाका अनुसार अबको एक हप्ता भित्रमै नेपालगन्जमा ट्राफिक लाइट बल्नेछ ।

लाइट जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवकहरु बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिन्हहरु, नियमहरु, सङ्केतहरुका बारेमा सचेतना समेत प्रदान गरिने उनले बताए । थापाका अनुसार लाइट सञ्चालनमा आएको दुई वर्षसम्म मर्मत सम्भार तथा हेरचाहको जिम्मेवारी कम्पनीसँगै हुनेछ भने दुई वर्षसम्मको विद्युत महसुल सडक विभाग आफैंले भुक्तान गर्नेछ ।

भविष्यमा क्यामेरासमेत जडान गर्न मिल्ने गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट ट्राफिक लाइट जोड्ने काम भएको उनले बताए । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौंसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले २०८० माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ पुस महिनामा एक करोड ५९ लाख रुपियाँ (भ्याटसमेत)मा ठेक्का सम्झौता गरेको थियो ।

ADVERTISEMENT

नेपालगन्जमा ट्राफिक लाइट जडान कार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट तथा उपप्रमुख कमरुद्दीन राईको उपस्थितिमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गर्नुभएको थियो ।

Share163Tweet100SendShare
Previous Post

कोहलपुर महोत्सवको मन्त्री ज्वालाद्वारा उद्घाटन : स्थानीय उत्पादनलाई सधै प्राथमिकता दिनुपर्नेमा जोड

Next Post

शान्ति सुरक्षा कायम गर्न एसपी सक्रिय, वडाको क्यासिनोमाथि निगरानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

शान्ति सुरक्षा कायम गर्न एसपी सक्रिय, वडाको क्यासिनोमाथि निगरानी

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

नेपाल प्रहरीले ३६५ जना असईमा भर्ना खोल्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1008.47mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?