ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

News Desk by News Desk
१०:०७ बिहान, चैत्र २६, २०८०
अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक
528
सेयर
527
VIEWS
ShareTweetSendShare

बाँके चैत २६ गते ।
नेपाल–भारत सीमानाकाबाट अवैध रुपमा निकासी र पैठारी मौलाएको छ । राज्यले भारत र नेपालबाट हुने चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई जिम्मा दिएको छ । अवैध चोरी निकासीलाई नियन्त्रण गर्ने जिम्मा पाएका सशस्त्र प्रहरीका प्रमुखले तस्करसँग मोटो रकम लिन थालेपछि पश्चिम नेपालकै प्रमुख नाका नेपालगन्ज र सहायक नाकाबाट अवैध चोरी पैठारी तीब्र्ररुपमा मौलाएको हो ।

नेपाल–भारत सीमा अन्तरगत विभिन्न स्थानमा सशस्त्र प्रहरी बलको बीओपी पोष्ट छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि सरकारले ठूलो जत्थासहितको सशस्त्र प्रहरी राखे पनि बाँकेमा भने तस्करी नियन्त्रण हुनुको साटो झन मौलाई रहेको छ । मुख्य नाकामा सर्वसाधारणको सामान नियन्त्रणमा लिने सशस्त्र प्रहरीले तस्करबाट मोटो रकम लिएर छाड्दा तस्करले थप प्रश्य पाइरहेका छन् ।

लाइन दिएका तस्करको सामान अगाडीबाट आउँदा समेत नाकामा खटिएका सशस्त्र प्रहरीका जवान नदेखेझैँ गरि बस्ने गरेको स्थानीय बताउँछन् । ‘लाइन दिएका तस्करको सामान आउँदा नदेखेकोझैँ गर्ने र सर्वसाधारणको सामान खोसेर भन्सार बुझाउने गरेको प्रष्ट देखिन्छ,’ ति स्थानीयले भने । सशस्त्र प्रहरी बल नं. ३० गण हेडक्वार्टर बागेश्वरीका तत्कालिन गणपति रमेश विक्रम शाहीको सिको गर्दै हालका गणपति एसपी विमल डाँगीले पनि मुख्य नाकामा कडाई गरेको नाटक मंचन गर्दै तस्करको सामान दिनदहाडै नेपालगन्ज ल्याउन सहयोग गरिरहेको विशेष स्रोतले जनाएको छ ।

‘हामीले त लाइन दिएका छौँ । सामान जतिखेर भन्यो त्यतिबेला ल्याउन सक्छौँ,’ तस्करका एक जना नाइकेले नाम नखुलाउने शर्तमा अनलाइन खोजखबरसँग भने, ‘सशस्त्र प्रहरीले लाइन लिए जतिबेला पनि सामान ल्याउन सकिन्छ । लाइन दिएपछि हामीलाई बरु सर्वसाधारणको डर हुन्छ, तर सशस्त्र र नेपाल प्रहरीको कुनै डर हुँदैन ।’सशस्त्र प्रहरीले मुख्य नाकामा कडाई गरेको जस्तो गरेर सर्वसाधारणलाई त्रसाउने बाहेक अरु केहि गर्न नसकेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । हात्तीको देखाउने दाँत जस्तै ब्यवहार मुख्य नाकामा सशस्त्रले देखाउने गरेको भन्दै ती प्रत्यक्षदर्शी भन्छन्, ‘बेलैमा ब्यवहार नसुधारे एक दिन सशस्त्र प्रहरी पनि जन्जालमा फस्ने पक्का छ ।’

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

सशस्त्र प्रहरीले लाइन दिएर ल्याएको अवैध सामान नेपाल प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट बरामद गर्दै आएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कले एक महिनामा ५ लाख मुल्य बराबरको अवैध सामान बरामद गरि जिल्ला प्रहरी कार्यालय बाँकेलाई बुझाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले पटक पटक अवैध सामान बरामद गर्दै आएको छ । वडा प्रहरी कार्यालय नपालन्जले पछिल्लो एक महिनामा झण्डै १० लाखको अवैध सामान बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ । यी त नेपाल प्रहरीले बरामद गरेका अवैध सामान हुन् । अधिकांश अवैध सामान प्रहरीले सूचना नपाउँदा बाहिर जाने गरेको छ । नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न बसेको सशस्त्र प्रहरी नै तस्करसँग मिलेर सामान भित्र्याउने मतियार बन्दा तस्करी रोकिनुको साटो दिनदिनै बढ्दै गएको छ । ‘सशस्त्र प्रहरी रक्षक नै भक्षक भएको छ,’ स्थानीय सर्वसाधारणले भने ।

नेपालबाट कवाडको तस्करी तीब्र

नेपालबाट कवाडको तस्करी पनि मौलाउँदै गएको छ । सशस्त्र प्रहरीकै अगाडीबाट जमुनाह भन्सार र पचपोखरा नाका हुँदै दिनदहाडै कवाडको तस्करी हुने गरेको स्थानीय बताउँछन् । कवाडीको तस्कर मुन्ना जसगढले विभिन्न नाकाबाट दिनदहाडै कवाड तस्करी गर्दा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक भएर बसेको स्थानीय बताउँछन् ।

तस्करहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाइन दिएर कवाड निकासीमा सहयोगी बनेका छन् । सशस्त्र प्रहरी बलका डिएसपी अस्मिन थापा र तस्कर मुन्नाबीच घनिष्ट सम्वन्ध रहेको सशस्त्र प्रहरीकै तल्लो तहका कर्मचारीहरु बताउँछन् । नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनीया कालाबन्जार, जमुनाह, जयसपुर, इच्छाराम बाबा मन्दिर पछाडीको भाग, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका मानिन्छन् । यी ठाउँमा विओपीसँगै पाँच सय मिटरको दूरीमा सशस्त्र प्रहरीले ड्यूटी दिन्छन् ।

ADVERTISEMENT
Share212Tweet132SendShare
Previous Post

अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

Next Post

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

नेपालगन्ज–अयोध्या साइकल यात्रा

नेपालगन्ज–अयोध्या साइकल यात्रा

महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काटिँदै

महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काटिँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:10 am6:06 pm +0545
Feels like: 29°C
Wind: 5km/h WNW
Humidity: 90%
Pressure: 1009.48mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?