ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तस्करलाई सघाउँदै सशस्त्र प्रहरी : अवैध सामान भित्रिने क्रम अझैँ रोकिएन

News Desk by News Desk
३:४५ मध्यान्ह, जेष्ठ १५, २०८१
तस्करलाई सघाउँदै सशस्त्र प्रहरी : अवैध सामान भित्रिने क्रम अझैँ रोकिएन
467
सेयर
464
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
नेपाल–भारत खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले अवैधरुपमा मालसामान भित्र्याइरहेका छन् । तस्करहरुलाई अवैधरुपमा सामान ल्याउन र लैजान चोरी निकासी नियन्त्रणका लागि नाकामा खटिएका सशस्त्र प्रहरीले सहयोग गरिरहेका छन् ।

नेपालगन्जको मुख्य नाका जमुनाहमा कडाई गरेको देखाएर सशस्त्र प्रहरीका विओपी इन्चार्जहरुले तस्करहरुसँग मोटो रकम लिएर सघाएको अनलाइन खोजखवरसँग प्रमाण सुरक्षित छ । अहिले सवैभन्दा धेरै तस्करी एकीकृत जाँच चौकी (आइसिपी) नजिक रहेको इच्छाराम बाबा बन्दिर नजिको चोर बाटोबाट भइरहेको छ ।

नेपालगन्ज भन्सार विओपीमा कार्यरत सशस्त्र प्रहरी डिएसपी अश्विन थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त ठाउँमा ड्यूटी गर्दै आएका छन् । तर, उक्त चोर बाटोमा खटिएका सशस्त्र प्रहरीले तस्करको सामान देखेर पनि नदेखे झैँ गरि आउजाउ गर्न दिने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

सशस्त्र प्रहरीको मिलोमतोमा नेपालगन्ज भित्रिएका अवैध सामान नेपालगन्ज बजारबाट नेपाल प्रहरीले दिनदिनै बरामद गरिरहेको छ । यसले नाकामा खटिएका सशस्त्र प्रहरीले तस्करबाट मोटो रकम लिएर अवैध सामान भित्र्याउन सहयोग गरिरहेको छ भन्ने प्रमाणित भएको छ ।

सम्बन्धित समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पु¥याइएका लाखौं मूल्यका अवैध सामान नेपाल प्रहरीले दैनिकजसो बरामद गरे पनि चोरीपैठारी नियन्त्रणको जिम्मा लिएर सशस्त्र प्रहरी बल, बागेश्वरी गण महेन्द्रनगरमा आएका सशस्त्र प्रहरीका एसपी विमल डाँगीले चासो नदिएको सर्वसाधारण बताउँछन् । तस्करीको समाचार दिनदिनै आए पनि एसपी डाँगी चुप बस्नुले तस्करीमा उनको पनि हात भएको आशंका गरिएको छ । ‘तस्करी भइरहेको सूचना दिँदासमेत एसपी डाँगी चुप बस्नुले कुनै कुनै रहस्य छ,’ एक स्थानीयले अनलाइन खोजखवरलाई भने ।

पछिल्लो एक सातामा नेपाल प्रहरीले ४० लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । बरामद सामान सशस्त्र प्रहरीको सहयोगमा मुख्य नाका र सहायक नाकाबाट भित्रिएका हुन् । नाकाबाट भित्रिएर अवैध सामानलाई तस्करहरुले नेपालगन्ज पुर्याएपछि नेपाल प्रहरीले १६ लाख रुपैयाँको अवैध सामान र २३ लाख रुपैयाँको मोबाइल डिस्प्ले बरामद गरेको छ । उक्त डिस्प्लेको बजार मुल्य २३ लाख सात हजार पाँच सय रहेको प्रहरीले जनाएको छ ।
बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका ७७ थान एन्ड्रोइड मोबाइल समेत नेपालगन्जको एक पसलबाट बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका २, सेतु बिक चोकस्थित एक पसलबाट उक्त मोवाइल बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

यसैगरी, बाँके प्रहरीले दुई लाख भन्दा बढीको लत्ताकपडा र डेढ क्विन्टल ब्रोइलर कुखुराको मासु र भन्सार छलेर नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल नेपालग्रन्ज–१ धम्बोझीबाट बरामद गरेको उनले बताए ।

ADVERTISEMENT

बाँकेमा नेपाल–भारतको ६५ किलो मिटरमा दर्जनभन्दा बढी सशस्त प्रहरीको बिओपी छन् । उक्त बिओपीले प्रत्येक पाँच सय मिटर दूरीमा सहायक पोष्ट राखेर ड्यूटी गर्दै आएका छन् । सशस्त्र प्रहरीले आम सर्वसाधारणलाई देखाउनका लागि मात्र ड्यूटी गर्दै आएका छन् ।

नाकामा खटिने सशस्त्र प्रहरीले चोरी निकासी रोक्न नभई तस्करलाई सहयोग गर्न खटिएको जस्तो लाग्छ,’ एक प्रत्यक्षदर्शीले भने, ड्यूटीमा रहेका सशस्त्र प्रहरीले सर्वसाधारणलाई केरकार पार्छन् । तस्करको सामान खुलेआम आउन दिन्छन् । उनीहरु तस्करको सहयोगीको रुपमा काम गरिरहेका छन् ।’

सशस्त्र प्रहरीका विओपी इन्चार्जले तस्करहरुबाट रकम असुलेर एसपी विमल डाँगीलाई बुझाउने गरेको खुलासा भएको छ । विओपी इन्चार्जहरुले एसपी डाँगीलाई महिनावारी रुपमा रकम बुझाउने गरेको सशस्त्र प्रहरीको अधिकृत स्तरका एक कर्मचारीले भने ।

Share189Tweet116SendShare
Previous Post

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ : मन्त्री चौधरी

Next Post

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्क अद्यावधिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्क अद्यावधिक

जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?