ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्क अद्यावधिक

News Desk by News Desk
११:०४ बिहान, जेष्ठ १६, २०८१
लुम्बिनी प्रदेश सभा बैठक स्थगित
384
सेयर
373
VIEWS
ShareTweetSendShare

लुम्बिनी जेठ १६ गते ।
प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजनमा व्यवस्थित बनाउन कृषि तथ्याङ्क अद्यावधिक गरेको छ । सरकारी कार्यालयले सार्वजनिक गरेका फरक फरक तथ्याङ्कबाट योजना तर्जुमा तथा बजेट विनियोजनमा समस्या देखिने गरेकाले प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले प्रदेशको कृषि तथ्याङ्कलाई एकरुपता दिएको हो ।

प्रदेशमा किसान सङ्ख्या, बाली क्षेत्र, उत्पादन र उत्पादकत्वलगायतका तथ्याङ्कमा समानता कायम राख्ने तथा कृषि क्षेत्रमा सञ्चालित कार्यक्रमबाट सकारात्मक परिणाम देखाउने गरी कृषि विकास निर्देशनालय तथ्याङ्क व्यवस्थापनमा लागेको हो । तथ्याङ्क व्यवस्थापनका क्रममा निर्देशनालयले गएका पाँच आर्थिक वर्षको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका कार्यालयको समन्वयमा प्रकाशन हुने सबै तथ्याङ्कलाई एकरुपता बनाइएको कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ डिल्लीराज पौडेलले बताए । कृषि तथ्याङ्क अद्यावधिक गर्न क्षेत्रफलको अनुमान, बाली कटानीको आँकडा, सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र र किसानको छलफललाई आधार बनाइएको छ ।

तथ्याङ्कमा शुद्धता कायम राख्न नापी विभागबाट प्राप्त जग्गाको वर्गीकरण, तराईका जिल्लामा गरेको भौगोलिक सूचना प्रणाली र बालीको तुलनात्मक विश्लेषणलाई मान्यता दिइएको निर्देशनालयले जनाएको छ । व्यवस्थापन गरिएको तथ्याङ्कलाई अब सम्बन्धित जिल्लाको स्थानीय तहसम्म पु¥याउने, सङ्घ, प्रदेश र स्थानीय तहबाट कृषि तथ्याङ्क अद्यावधिकलाई एकरुपता ल्याउने तथा आगामी वर्षदेखि स्थानीय तह हुँदै जिल्ला, प्रदेशमा वर्षको तीन पटक तथ्याङ्कको प्रमाणीकरण गरी सङ्घमा पठाउने व्यवस्था मिलाउने कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ हरि पण्डितले बताए ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

लुम्बिनी प्रदेशको कुल २२ लाख २८ हजार आठ सय हेक्टर क्षेत्रफलमध्ये छ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमा पाँच लाख ३५ हजार तीन सय ५१ हेक्टरमा मात्र खेती गरिएको छ । खेती गरिएको कुल क्षेत्रफलको तुलनामा सिञ्चित क्षेत्रफल ४५ प्रतिशत छ । खाद्यान्न, नगदे बाली, तेलहन, दलहन, मसला, तरकारी, फलफूल गरी एक सय १० बालीलाई निर्देशनालयले प्रदेशमा खेती हुने बाली र त्यसलाई तथ्याङ्क समावेश गरेको कषि विकास निर्देशनालयका प्रमुख राम पाण्डेले बताए । हाल सार्वजनिक भएका तथ्याङ्क सन् १९८५ मा भएको भू–स्रोत नक्साङ्कन परियोजनाले गरेको गणनाका आधारमा भएको छ ।

आर्थिक वर्षका योजना तथा कार्यक्रमसमेत तीनै तथ्याङ्कलाई आधार मानेर बनाइँदै आइएको छ । करिब ३९ वर्षअघि नक्साङ्कन गरिएको तथ्याङ्कलाई थपघट गर्दै अहिलेको तथ्याङ्क प्रकाशन हुँदै आएको छ । यो बीचमा किसान सङ्ख्या घट्दै, खेतीयोग्य जमिन बाँझिँदै तथा खण्डीकरण हुँदै गएको छ । अद्यावधिक नगरेको कृषि तथ्याङ्कका आधारमा योजना तर्जुमा तथा बजेट विनियोजन हुँदा परिणाम अपेक्षा गरेअनुसार बढ्न नसक्ने प्राविधिकको भनाइ छ ।

कृषि तथ्याङ्कलाई एकरुपता बनाउन निर्देशनालय मातहतका कार्यालय तथा स्थानीय तहका प्राविधिकलाई बेला बेला तालिमको व्यवस्था निर्देशनालयले गर्ने गरेको छ । अझ तराईका जिल्लामा भौगोलिक सूचना प्रणाली लागू गर्ने गरी तथ्याङ्क अद्यावधिक गर्ने भनिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत छ । सही तथ्याङ्क अद्यावधिक भए भविष्यमा हुने आयव्ययको अनुमानित लेखा सहज हुने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT
Share160Tweet93SendShare
Previous Post

तस्करलाई सघाउँदै सशस्त्र प्रहरी : अवैध सामान भित्रिने क्रम अझैँ रोकिएन

Next Post

जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

बिमा र उखुको अनुदान बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?