ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्राकृतिक विपत्तिको मारमा राउटे

News Desk by News Desk
११:३० बिहान, जेष्ठ २७, २०८१
प्राकृतिक विपत्तिको मारमा राउटे
382
सेयर
381
VIEWS
ShareTweetSendShare

दैलेख जेठ २७ गते ।
चिसो महिनामा औल (बेसी) बस्ने र गर्मी महिनामा लेकमा बस्ने राउटेका विशेषता हुन् । तर राउटेलाई अहिले लेक र बेसीमा बस्न कुनै भिन्नता छैन । जहाँ बसे पनि गर्मी हुने, पानी नपाइने समस्याले राउटे समुदाय खोलाका किनारमा बस्दै आएका छन् ।

गुराँस गाउँपालिका–१ महिन खोलामा भेटिएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले भने, ‘‘गाउँ–गाउँमा सडक पुगे, सडककै कारण पानीका मुहान सुके, वनजङ्गलमा आगलागी भएका कारण हामी जङ्गलका राजालाई जङ्गलमै बस्न कठिन भएको छ ।’’ राउटे मुखिया शाहीको यो भनाइले जङ्गलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको सङ्केत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् ।

उनले भने, ‘‘पहिला जस्तो काठका सामग्रीसँग अन्न साटफेर हुँदैन, जङ्गलमा पर्याप्त मात्रमा पानी पाइँदैन, जङ्गल छोडेर अन्य समुदायको नजिक बस्न थालेपछि झन् ठुलो समस्यामा छौँ ।’’ कर्णाली प्रदेश तथा सुदूरपश्चिमका पहाडी जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे पछिल्लो समय वातावरण परिवर्तनमा आएको परिवर्तन प्रति दङ्ग छन् ।

विशुद्ध प्राकृतिक जीवन बिताउने घुमन्ते यो समुदाय अहिले जलवायु परिवर्तनको मारमा परेको छ । जलवायु परिवर्तनबारे शब्द ज्ञान नभए पनि राउटे समुदाय यसका असरसँग भने राम्ररी जानकार छ । राउटेका स्पष्ट तीन मान्यता छन् खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने, एकै ठाउँ नबस्ने । पर्यावरणीय प्रभावले आहारमा कमी हुनु, बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले राउटे समुदाय अहिले सङ्कटमा छ ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

मुखिया शाहीले अहिले आफूहरूलाई जङ्गलमा बस्न गाह्रो भइरहेको बताउँछन्। ‘‘जङ्गलमै लामखुट्टे भेटिन थाले, पानीका मूल सुक्न थाले, कन्दमूल र बाँदर पनि पाइँदैनन् ।’’ उनले भने, ‘‘यिनै समस्याले चाँडो चाँडो बस्ती सर्न थालेका छौँ । समुदायका सदस्य बिमार पनि धेरै लाग्न थालेको छ ।’’ आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्छ । तापक्रम वृद्धि र वनजङ्गल विनाशले पानीका मुहान सुक्दै जानु तथा कन्दमूल र बाँदर लोप हुँदै जानुले उनीहरू सङ्कटमा मात्र परेका छैनन् परनिर्भर पनि बन्दै गएका छन् ।

कन्दमूल र बाँदरको सट्टा अहिले उनीहरू बजारको खाद्यान्न र खसी बाख्रामा भर पर्न थालेका छन् । राउटे समुदायका सदस्य पहिलेको तुलनामा बिरामी भएर थलिन पनि थालेका छन् । ‘‘पहिले जङ्गलमै औषधीमूलक गथ्र्यौं, सन्चो हुन्थ्यो’’, मुखिया शाहीले भने, ‘‘अहिले धेरै बिरामी हुन्छौँ, जङ्गली औषधीले पनि काम गर्न छोड्यो ।’’ बदलिँदो खानपिन, लामखुट्टेको टोकाइलगायत कारणले उनीहरू समस्यामा छन् । ‘‘अस्पताल त हाम्रा लागि होइनन्, अरूका लागि बनाइएका अस्पतालमा हामी जानु हुँदैन’’, मुखिया शाहीले भने, ‘‘हामीलाई जडीबुटीले निको हुन्थ्यो, अब त औषधी गर्ने जडीबुटी पनि जङ्गलमा पाइन छाड्यो ।’’

राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण राउटेमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेको बताए । ‘‘पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय गाउँमा आएर आफूले तयार गरेका काठका भाँडाकुँडासँग धान र अन्य खाद्यान्न साटेर लैजान्थे । राउटे बस्तीमा महिलाले काठको ओखलमा धान कुट्थे । तर अहिलेको पुस्ताले परम्परागत काठका भाँडा बनाउन जान्दैन ।,’’ सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले भने, ‘‘पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले पैसाका लागि मरिहत्ते गर्छ ।

ADVERTISEMENT

अहिले सरकारले दिने मासिक भत्ता, काठका सामग्री बिक्रीबाट भएको आम्दानी र मागेको पैसाले उनीहरू मदिरा र सुर्तीजन्य पदार्थहरू सेवन गर्छन् । यसै कारण उनीहरूमा अहिले रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गएको छ ।’’ फिरन्ते जीवन बिताइरहेको राउटे समुदायको सङ्ख्या अहिले १३७ मात्रै छ ।

दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई स्थायी परिचयपत्र दिएको छ । स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवाआमाको नाम र पतिपत्नीको नाम उल्लेख छ । यसै कारण गुराँस गाउँपालिकाले राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । सरकारले राउटेका लागि उमेर हद नतोकी बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मासिक दुई हजार रुपियाँका दरले भत्ता दिँदै आएको छ ।

Share153Tweet95SendShare
Previous Post

रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै

Next Post

राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?