ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

News Desk by News Desk
१०:१९ बिहान, असार १३, २०८१
ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’
396
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असार १३ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१२ मा रहेका ज्येष्ठ नागरिकहरुलाई मन भुलाउनका लागि ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’ निर्माण गरिने भएको छ। वडाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी कामकाजबाट रिटायर्ड भएका जीवनको उत्तरार्धमा रहेका ज्येष्ठ नागरिकहरुलाई एकीकृत गराई विभिन्न क्रियाकलापमार्फत मन भुलाउनका लागि ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’को निर्माण थालिएको हो ।

ज्येष्ठ नागरिकहरुलाई मनोरन्जनका साथै विभिन्न क्रियाकलापमार्फत उनीहरुको दैनिक जीवनयापनका लागि सहज होस् भनेर दिवा सेवा प्रदान गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’ निर्माण गर्न लागिएको १२ नं. वडाका वडाध्यक्ष तरुण बज्राचार्यले बताए । गत आर्थिक वर्षबाट निर्माण सुरु गरिएको उक्त भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उनका अनुसार स्थानीय सरकारले प्रदान गरेको डेढ कट्ठा जमिनमा ८ कोठे, एकतले पक्की भवनको ढलान कार्य सम्पन्न भएको छ ।

“वडाभित्र रहेका रिटायर्ड जीवन बिताइरहेका ज्येष्ठ नागरिकको सम्मानमा उहाँहरुलाई मनोरन्जनका साथै विभिन्न क्रियाकलापमा संलग्न बनाएर उहाँहरुको बाँकी जीवन खुसीका साथ बितोस् भन्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको हो, भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ,” वडाध्यक्ष बज्राचार्यले भने, “स्थानीय सरकारले प्रदान गरेको जमिनमा ८ कोठे, एकतले पक्की भवनको ढलान कार्य सम्पन्न भइसक्यो ।” आर्थिक वर्ष ०७९–८० मा तत्कालीन लुम्बिनी प्रदेश सरकारका वनमन्त्री सुरेन्द्रबहादुर हमालको पहलमा बिनियोजन गरिएको २० लाख रुपियाँ र चालु आर्थिक वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको ५ लाख र वडा कार्यालयको १० लाख रुपियाँ तथा विभिन्न समाजसेवी चन्दादाताबाट सङ्कलन भएको करिब ११ लाख रुपियाँको बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष बज्राचार्यले जानकारी दिए ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अजितकुमार शर्माले भवन निर्माणपश्चात् आगामी आर्थिक वर्षबाट वडाका ज्येष्ठ नागरिकहरुलाई भवनबाट दिवा सेवा प्रदान गरिने बताए । उनले उक्त भवनमा ज्येष्ठ नागरिकलाई जम्मा गराएर विभिन्न मनोरन्जनात्मक गतिविधि गराइने तथा खेलकुद तथा अन्य रचनात्मक क्रियाकलाप गराएर उनीहरुको बाँकी जीवन खुसियालीका साथ बिताउन सहयोग पु¥याइने बताए ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

“रिटायर्ड जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरु दिनभरी घरमा बस्दा वाक्क दिक्क हुने, जीवनप्रति निराशा जाग्ने, चिन्ता लाग्नेलगायतका समस्या हुने र ती समस्याबाट उनीहरुको बाँकी जीवनयापन गर्न अप्ठ्यारो हुन्छ ।” शर्माले भने, “एकै उमेर समूहका ज्येष्ठ नागरिकहरु एकै ठाउँ भेला हुँदा एकआपसमा आफ्ना मनका कुरा साटासाट गर्ने, खुसी हुने, रमाइलो गर्ने, विभिन्न क्रियाकलापमार्फत उनीहरुको निराशा हट्ने, दिनभर मनोरन्जन प्रदान गरेर उनीहरुको निराशा र चिन्ता हटाएर दीर्घ जीवन यापन होस् भन्ने उद्देश्यले भवन निर्माण थालिएको हो ।”

भवन निर्माणपश्चात् ज्येष्ठ नागरिकहरुको मन भुलाउनका लागि पुस्तकालय, टेलिभिजन, भजनकीर्तनका लागि वाद्यवादनका साधन, बगैँचा तथा मन्दिरलगायतका संरचना निर्माण गरिने, विभिन्न खेलकुदलगायतका सामाग्रीको व्यवस्थापन गरेर उहाँहरुको दिन कटाउन र मन बहाउन मद्दत पुग्ने उनले बताए । दैनिक रुपमा ज्येष्ठ नागरिकहरुको सहयोग र सुरक्षाका लागि वडा कार्यालयबाट एक जना कर्मचारीको व्यवस्थापन गरी चिया खाजासमेतको व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार वडाभित्र हाल करिब ७ सय ५० ज्येष्ठ नागरिक छन् । जसमध्ये २ सय ५० जना ज्येष्ठ नागरिक ‘ज्येष्ठ नागरिक क्लब’मा आबद्ध भएका छन् ।

ADVERTISEMENT
Share168Tweet95SendShare
Previous Post

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

Next Post

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

लागूऔषधसहित तीन जना पक्राउ

भाउजूको हत्या अभियोगमा देवर पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?